एउटै घरमा खिचिएको ‘मन्दिरा’को सस्पेन्स-थ्रीलर शैलीको ट्रेलर सार्वजनिक(भिडियो)

२०७४ बैशाख २६ गते १४:०७ मा प्रकाशित


mandira२६ बैशाख । एउटै घर भित्र सस्पेन्स थ्रीलर चलचित्रको छायांकन गर्न सकिएला ? नव निर्देशक दीपेश सापकोटाले यो कुराको जवाफ चलचित्र ‘मन्दिरा’ मार्फत दिन खोजेका छन् ।

असार २ गतेबाट रिलिज हुन लागेको चलचित्रको सम्पूर्ण छायांकन एउटै घर भित्र खिचिएको हो । चलचित्रको सस्पेन्स(थ्रीलर शैलीको ट्रेलर सार्वजनिक भएको हो ।

ट्रेलरमा एक उपन्यासकार र उनको कथा भित्रका पात्रहरुको शैलीलाई निकै सस्पेन्स शैलीमा प्रस्तुत गरिएको छ । चलचित्रको ट्रेलरमा रोमान्स, धोका, बदलाको कथा देखाइएको छ ।

यो चलचित्रमा नरेन खड्का, जे।वी।डी।सी, प्रभन भुषाल, राजन ढुंगाना, संझना श्रीपाली, राजन सुवेदी, लक्ष्मी बस्नेतको साथमा नव(कलाकार बीनी पोख्रेली, विनिता ओलीको मुख्य भूमिका छ ।

चलचित्रका निर्माता करुणा अर्याल र उज्ज्वल अर्याल हुन् । सन्तोष सेढाई सह-निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता हरि भट्ट हुन् । चलचित्रमा देव राइको संगीत, अष्ट महर्जनको एक्सन, अर्जुन बीसीको कोरियोग्राफी, सुशान्त प्रजापतिको छायांकन, अजित लामिछानेको पटकथा तथा संवाद छ ।

You may also Like this

थप समाचार

राष्ट्रिय नाचघरमा मेट्स कल्चरल शो भोली हुदै
राष्ट्रिय नाचघरमा मेट्स कल्चरल शो भोली हुदै

काठमाडौँ । प्रसुन संगित विद्यालयको आयोजनामा शनिबार मेट्स कल्चरल शो शनिबार(भोली) राष्ट्रिय नाचघर, जमलमा मध्यान्ह बाह्र बजेबाट ...

रविले ल्याए तिता मिठा सम्झनाले
रविले ल्याए तिता मिठा सम्झनाले

काठमाडौँ । गायक रवि बज्रचार्यले पप गीत 'तिता मिठा सम्झनाले' को म्युजिक भिडियो रिलिज गरेका छन् । युटुबबाट रिलिज गरिएको उक्त ग ...

रामगोपालपुर नगरमा माओवादी विजयी
रामगोपालपुर नगरमा माओवादी विजयी

६ असोज । महात्तरीको रामगोपालपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार अशोक कुमार मण्डल २९४४ मत ल्याइ विजयी भएका छन् ...

इशनाथ नगरमा लोकतान्त्रिक फोरमले बाजी मार्यो

५ असोज, काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरमले मेयर र उपमेयर दुवै पदमा विजय हासिल गरेको छ । लोकतान्त्रिक फो ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...