ए बलात्कारी पुरुष !

२०७३ जेष्ठ १४ गते १६:५६ मा प्रकाशित


ए मान्छे ! तिमी साच्चिकै अन्न खान्छौ ? तिमी साच्चिकै कै आमाको इज्जत गर्छौ ? तिमी साच्चिकै सभ्य छौ ? तिमी साच्चिकै मान्छे हौ ? खै ! तिमी त सन्सारको सर्बोत्कृस्ट सृष्टि हौ रे ! तिमी त ज्ञानको समुन्द्र हौ रे ! तिमी त करुणाको सागर हौ रे ! तिमी त दयाका खानी हौ रे ! तिम्रो हृदय त फराकिलो आकाश जत्रै छ रे ! के यो साचो हो ? तिमिले आफुले आफैलाइ किन यति विधि बडाइ चढाइ गरेको ? कस्ले दियो तिमिलाइ आफ्ना बारेमा यति धेरै अपाच्य झूठ बोल्ने अधिकार ? पशु मध्य सबैभन्दा धेरै गिदि तिम्रो माथमा छ भन्दैमा जे मन लाग्यो त्यही गर्ने ? मैले यो लेख लेखीरहदा मलाइ म मानव भएकोमा एक रत्ती पनि गर्व छैन । मलाइ असैह्य पीडा भइरहेको छ ।

तिमी साच्चिकै अन्न खादा हौ त यस्तो निर्घिणी पाप कहिलै गर्ने थिएनौ। यदि आमाको इज्जत गर्दा हौ त अर्काकी दिदी, बहिनी, आमा माथी बलात्कार गर्ने थिएनौ । ए बलात्कारी पुरुष, तिमी कमसेकम पापको त सिमारेखा राख ! जुन दुरीमा आमालाइ राक्छौ तेहि दुरीमा अर्काकी आमालाइ पनि राख ! जुन दुरीमा तिम्रा दिदी, बहिनी छन् तेहि दुरीमा आर्काकी दिदी बहिनिलाइ पनि राख । यो भन्दैमा कसैसंग प्रेमनै गर्न नहुने होइन, आपसी समझदारीमा प्रेम गर, प्रेमको इज्जत गर, सम्मान गर, किनकी प्रेम पूजा हो यसै भनेका होइनन । प्रेम मन्दिरमा चढ्ने फूल हो। त्यसै भनेको होइन ।

यदि प्रेम यति पबित्र छ जो मन्दिरमा, मस्जीदमा, चर्चमा, गुम्बामा अर्पण गरिन्छ भने फेरि तिमी किन बलात्कारजस्ता अक्ष्यम्य काम गर्छौ ? तिमी किन यति क्रुरर भएर हत्या गर्छौ ? कमसेकम सभ्य बन । थोरै भए पनि पापको ख्याल गर । तिमी आफै सन्सारको उत्कृस्ट श्रृटी मानव हो भनेर भन्ने अनि फेरि बलात्कारजस्ता अमानविय काम गर्ने ! अब कस्ले भन्छ तिमिलाइ उत्कृष्ट, अब कस्ले भन्छ तिमिलाइ सभ्य ? थाहा छ तिमी आफै भन्ने छौ । चार जना मान्छे को माझमा आफुलाइ उत्तम पुरुष भन्ने छौ । तिमी जस्ता मूर्खहरुले तिमिलाइ साथ दिने छन । जसमा म पनि पर्न सकुला । तिमी ज्ञानी मानवको पुच्छरमा झुन्डिदै हिडौला । उस्तै परे तिमी महाज्ञानी मानव भनेर तिम्रो लिङ्गको प्रतिमामा आरती बालेर शिर नुहाउला । किनकी म जस्ता मानवको साथले नै तिमी यति धेरै उत्प्रेरित छौ । तिमी साच्चैनै शिखरमा छौ ।

बलात्कारी पुरुष तिमिमा त दया पनि हुन्छ रे त ! तिमी त माया गर्न पनि सिपालु हुन्छौ रे ! तर मलाइ बिस्वास लाग्दैन तिमी दया गर्छौ, तिमी माया पनि गर्छौ भनेर । यदि गर्दा हौ त तिमी बलात्कार गर्दैन थियौ ! किनकि बलात्कार सहमतिमा हुदैन र जब असहमती हुन्छ तब कोलाहल हुन्छ । कमजोर प्राणी पक्कै पनि तिम्रो पैतालामा आफ्नो माथो राखेर रुन्छे । गल्ती हुदैन तर पनि क्षमा माग्छे । त्यो चित्कारले तिमिलाइ तिम्रो आमाको, दिदी, बहिनिको झल्को दिदो हो । तर तिम्रो बौलाहा जनेन्द्रीएको बहकाउमा तिमी बलात्कार गर्छौ । जाबो बहकिने मनलाइ रोक्न सक्दैनौ भने तिमी मानव कसरी ज्ञानी भयौ ? तिमी मानव कसरी उत्कृष्ट भयौ । तिम्रो दिल कसरी सागर जत्रो भयो ? तिम्रो हृदय कसरी आकाश जस्तो फराकिलो भयो ? गफाडी मानव, पापी मानव, छली मानव, ढोङी मानव ! तिम्रो ईतिहास कालो छ भने कालै लेख किन आफैलाइ ढाट्छौ ? आफैलाइ ढाटेर बाच्दा तिमिलाइ पोल्दैन ?

 

 

You may also Like this

थप समाचार

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि
फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौँ । क्रोएसियालाई हराउँदै फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित हात पारेको छ । आइतबार राति भएको खे ...

भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती
भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती

काठमाण्डौ । एक मात्र निर्बाचन क्षेत्र रहेको पुर्वी पहाडि जिल्ला भोजपुरबाट निर्वाचित सांसद तथा नेकपाका युवा नेता हुन् सुदन किर ...

गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग
गण्डकी प्रदेशको नाम खारेज गर्न वैद्यको माग

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले गण्डकी प्रदेशको नाम खारेज गर्न माग गरेको छ । बिहीबार विज्ञप्ति ...

रोशीखोलाको बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार
रोशीखोलाको बाढीमा फसेका दुईजनाको हेलीकोप्टरबाट उद्दार

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका ६ स्थित खाक्सेको रोशीखोलाको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार ग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...