२७ मेट्रिक टन मह उत्पादन

२०७४ भदौ २८ गते १५:२८ मा प्रकाशित


maha_1स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी तिलक डिसीकाअनुसार हरेक वर्ष मौरीका घार ९गोलासहित० वितरण र मौरीपालन सम्बन्धी तालिम दिएका कारण कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् ।

कार्यालयले युवा लक्षित मौरीपालन कार्यक्रम सञ्चालन गर्न एक लाख ८० हजार रुपैयाँ अनुदान दिएसँगै मौरीपालन गर्ने कृषकको संख्यामा वृद्धि भएको हो । कार्यालयले गत आवमा तीन सय आधुनिक घार तथा ५० वटा मौरीसहितका घार वितरण गरेका सूचना अधिकारी डिसीले बताए। अहिले जिल्लाका विभिन्न स्थानमा चार हजार पाँच सय आधुनिक घार तथा करीब एक हजार मुढे घारमा मह उत्पादन हुँदै आएको छ ।

उत्पादन भएको कुल २७ मेट्रिक टन महमध्ये २२ मेट्रिक टन आधुनिक घारबाट र पाँच मेट्रिक टन मुढे घारबाट उत्पादन भएको हो । बीस मेट्रिक टन मह विक्रीबाट दुई करोड रुपैयाँ आम्दानी भएको डिसीले बताए ।

जिल्लाका किसानले सेरेना जातको मौरीपालनलाई व्यावसायिक रुपमा अगाडि बढाएका छन् । यहाँ उत्पादित मह पोखरा, बुटवल, भैरहवा, काठमाडौंमा विक्री हुने गरेको छ । रासस

You may also Like this

थप समाचार

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...