रियल मड्रिड भर्सेस म्यानचेस्टर युनाइटेड

२०७४ साउन २४ गते १२:१२ मा प्रकाशित


r-un२४ साउन । युइएफए सुपर कपको उपाधिका लागि मंगलबार राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियल मड्रिडबिच प्रतिस्पर्धा हुँदैछ । खेल मेसेडोनियाको फिलिप द्वितिय एरिनामा नेपाली समय अनुसार राति साढे १२ बजे हुनेछ । युरोपा लिग विजेता म्यानचेस्टर युनाइटेड र च्याम्पियन्स लिग विजेता रियल मड्रिड नयाँ सिजनको सुरुवात उपाधिका साथ गर्ने लक्ष्यका साथ मैदान जाँदैछन् । रियल मड्रिड क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, करिम बेन्जिमासहितका खेलाडी सहित प्रतिस्पर्धामा उत्रँदै छ ।

यस्तै जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड पउल पोग्बा, रामेलु लुकाकु, मार्कश राफोर्ड, क्रिस स्मोलिङसहितका खेलाडीका साथ मैदानमा उत्रने छ । दुवै टिमले प्रतिस्पर्धाका लागि आफूहरुको तयारी राम्रो रहेको बताएका छन् । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफूहरु जितका लागि आएको तर त्यो सजिलो भने नरहेको बताएका छन् । यस्तै म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोरिन्होले युरोपको च्याम्पियनसँग खेल्न पाउनु उत्साहको विषय रहेको बताएका छन् । रियल मड्रिड गएको वर्षको विजेता हो ।

रियल मड्रिड लगातार दोस्रोपटक युइएफए सुपर कपको उपाधि जित्ने लक्ष्याका साथ खेल्दैछ । यसअघि सन् १९८९ र सन् १९९० मा इटालियन क्लब एसी मिलानले लगातार दुईपटक उपाधि जितेको थियो । म्यानचेस्टर युनाइटेडले भने पछिल्लो पटक सन् १९९१ मा सुपर कपको उपाधि जितेको थियो । रियल मड्रिड यसअघि पाँचपटक सुपर कपमा सहभागी भएकोमा तीनपटक विजयी भएको छ । यसअघि तीनपटक सहभागी भएको म्यानचेस्टर युनाइटेडले एकपटक मात्रै जितेको छ ।

पछिल्लो अवस्था
पछिल्लो पटक गएको महिना अमेरिकामा भएको मैत्रीपूर्ण खेलमा रियल मड्रिड म्यानचेस्टर युनाइटेडसँग २–१ ले पराजित भएको थियो । प्रि–सिजनमा भएको चार खेलमा रियल मड्रिड एक खेलमा मात्रै विजयी भएको छ । यस्तै म्यानचेस्टर युनाइटेडले प्रिसिजनमा भएका सात खेलमा पाँच खेलमा विजयी भयो भने एक खेलमा बराबरीमा रोकियो । -एजेन्सी

You may also Like this

थप समाचार

फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा बढिको कारोवार
फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा बढिको कारोवार

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ ...

रमेश खरेलले दिए राजीनामा
रमेश खरेलले दिए राजीनामा

काठमाडौँ – डिआइजी रमेश खरेलले राजीनामा दिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नवनियुक्त आइजिपी सर्वे ...

सगरमाथा आरोहनका लागि WVAN को टोलि सोलुखुम्बु प्रस्थान
सगरमाथा आरोहनका लागि WVAN को टोलि सोलुखुम्बु प्रस्थान

काठमाडौँ । सगरमाथा आरोहनका लागि welfare volunteers association of Nepal (WVAN) का प्रदेश नम्वर ३ की सह–सचिव सर्मिला स् ...

आइपिएलः दिल्ली र पञ्जाब भिड्दै, यस्तो छ सन्दिपको खेल्ने सम्भावना !
आइपिएलः दिल्ली र पञ्जाब भिड्दै, यस्तो छ सन्दिपको खेल्ने सम्भावना !

काठमाडाै‌ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा डिल्ली डेयर डेभिल्स र  किंग्स इला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...