माधव नेपालले भने, देउवा र प्रचण्ड लम्पसारवादी

२०७४ भदौ २५ गते १०:५६ मा प्रकाशित


madhav-nepal---बर्दिवास, भदौ २५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारतसामू लम्पसार परेको आरोप लगाएका छन् ।

आइतबार महोत्तरीको बर्दिवासमा आयोजित विशेष साक्षात्कारमा बोल्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘देउवा र प्रचण्ड दुवै भारतसामू लम्पसार परेका छन्, यो कुरा सारा नेपाली जनताहरूलाई राम्रोसँग थाहा छ।’

साक्षात्कारमा नेता नेपालले आफ्नो पार्टी संघीयता पक्षधर भएको बताउँदै भने,‘हामी संघीयता पक्षधर हौं, हाम्रो पार्टी कुनैपनि हालतमा मधेस विरोधी होइन, हेर्दै जानुहोला २ नम्बर प्रदेशमा पनि एमाले एक नम्बर पार्टीे बन्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले मधेसमा एमालेलाई निषेध गर्न कोही अहिलेसम्म नजन्मेको समेत दाबी गरे । उनले भने,‘कुनै शक्तिले वा तागतले पनि मधेसमा एमालेलाई निषेध गर्न सक्दैन, र जन्मिएको छैन । म नै हुँ मधेसका असली धर्तीपुत्र, मधेसको विकास र समृद्धिको लागि एमालेले जति अरु कुनै पार्टीले काम गरेको भए हामीलाई देखाईदिए हुन्छ।’

You may also Like this

थप समाचार

दिल्लीको पहिलो जित, सन्दीपले अझै मौका पाएनन्
दिल्लीको पहिलो जित, सन्दीपले अझै मौका पाएनन्

मुम्बई इन्डियन्सलाई हराउँदै दिल्ली डेयरडेभिल्सले आइपिएलमा पहिलो जित निकालेको छ। लगातार दुई खेलमा पराजित दिल्लीका लागि जेसन रो ...

आइपीएलः आजको खेलमा सन्दीप लामिछाने टिममा परे
आइपीएलः आजको खेलमा सन्दीप लामिछाने टिममा परे

काठमाडौं । इण्डियन प्रिमियर लिग ९आइपीएल०को आजको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने मैदानमा उत्रदै छन् । दिल्ली डेयरडेभिल्सब ...

घूस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट
घूस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट

धनगढी - हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित् ...

नेपालमा कलेजोरोगको समस्या बढ्दो
नेपालमा कलेजोरोगको समस्या बढ्दो

कलेजोरोगको समस्या नेपालमा डरलाग्दोरुपले बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।  काठमाण्डौँ माघ २६ । खानपान र जीवनशैलीका क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...