माओवादी केन्द्रमा विवाद सुरू- सरकारको नेतृत्व कसले गर्दैछ?

२०७४ माघ २८ गते १०:२६ मा प्रकाशित


moust

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर जाने भन्ने विषयमा बहस सुरु भएको छ। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।

माओवादी केन्द्रभित्र उपप्रधानमन्त्री भइसकेका कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, पूर्व अर्थमन्त्री भइसकेका बर्षमान पुन, गृहमन्त्री भइसकेका जनार्दन शर्माले सरकारको नेतृत्व गरेर जाने चाहनाअनुसार लबिङ गरिरहेको माओवादी केन्द्रका एक नेताले बताए।

पार्टीभित्र सरकारको नेतृत्व गर्ने विषयमा विवाद शुरु भएको छ। यदि सरकारमा जाने अवस्था आएमा पार्टी भित्रको आन्तरिक तयारी गरेर सरकारको नेतृत्व गर्ने व्यक्तिको टुंगो लगाउने गृहकार्यमा माओवादी केन्द्र जुटेको छ।

पार्टीभित्र शीर्ष तहमा रहेका नारायणकाजी श्रेष्ठले निर्वाचनमा पराजित भएपछि अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै वरियता क्रममा रामबहादुर थापा बादल रहेका छन्।

प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभा सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था रहे पनि राष्ट्रियसभाको सदस्य पनि मन्त्री बन्न पाउनेछन्।

प्रदेश ३ बाटा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थापाले नै माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्ने विषयमा मोटामोटी शीर्ष तहमा सहमति जुटेको माओवादी एक नेताले बताए।

You may also Like this

थप समाचार

संसद् भवनको वार्षिक भाडा १५ करोड
संसद् भवनको वार्षिक भाडा १५ करोड

नयाँ बानेश्वरस्थित सरकारी स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संघीय संसद् सचिवालयले वार्षिक १५ करोड भाडा ति ...

नक्कली फैसलाको बिगबिगी
नक्कली फैसलाको बिगबिगी

डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रय ...

अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य
अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य

बहुप्रतीक्षित मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ । गत २३ फागुनदेखि ...

छ वटै चिनियाँ जहाज आए, तर चलेनन्
छ वटै चिनियाँ जहाज आए, तर चलेनन्

नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिब ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...