उपन्यास ‘हरिबहादुर’ लोकार्पण

२०७४ बैशाख २४ गते १५:४८ मा प्रकाशित


lokarpanवैशाख २४ । एक समय टीभीमा ‘हरिबहादुर’ पात्रको ‘त्यसो गरे कसो होला ?’ भन्ने डाइलग चर्चित बन्यो । टेलिफिल्म ‘मदनबहादुर हरिबहादुर’ मा नकारात्मक भूमिकामा देखिएको हरिबहादुर पात्रलाई दर्शकले खुबै रुचाएका पनि थिए । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा उनै ‘हरिबहादुर’ पात्रमाथि वरिष्ठ कलाकार हरिवंश आचार्यले लेखेको उपन्यास ‘हरिबहादुर’ लोकार्पण गरियो । मह जोडीको रूपमा लामो समयदेखि सहकार्यमा रहेका उनकै अर्का सहकर्मी एवं वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उपन्यासको लोकार्पण गरेका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा हरिवंश हरिबहादुरको वेशमा उत्रिएका थिए । उनले हरिबहादुरको वेश र शैलीमा प्रहसन गर्दै पुस्तकको प्रचार पनि गर्न भ्याए । यो क्रममा उनले वर्तमान राजनीतिसँगै नेपाल र भारतबीच भएको असमान सन्धिहरूको समेतलाई व्यंग्यको विषय बनाए । कार्यक्रममा मदनकृष्णले ‘टोल, समुदाय, गाउँमा मात्रै नभई राजनीतिमा समेत केही हरिबहादुरहरू रहेको’ भन्दै व्यंग्य हाने ।

हरिवंशले उपन्यासका दुस्खद घटनालाई समेत हास्य रसयुक्त रुपमा प्रस्तुत गरेको उपन्यासकार बुद्धिसागरले बताए । ‘साहित्यमा हसाउँन गाह्रो छ । हामीले लेख्ने आख्यान रुन्चे भयो भन्ने आरोप लाग्ने गरेको छ,’ उनले भने, ‘चार दशकदेखि हास्य क्षेत्रको स्क्रिप्ट लेखेकोले हरिवंशको लेखनमा हास्यरस आएको हुन सक्छ ।’ ‘चिना हराएको मान्छे’ आत्मकथा र अहिलेको उपन्यासमा भाषिक अन्तर रहेको पनि उनले टिप्पणी गरे ।

पहिलो आत्मकथामा लेख्न छुटेको कुराहरूलाई यसमा समेटेको हरिवंशले बताए । ‘आत्मकथा लेख्दा सही कुरा नै लेख्नुपर्छ,’ उनले भने, ‘उपन्यासमा काल्पनिक कुराहरू हुन्छन् । मलाई कल्पनामा लेख्नै सजिलो लाग्यो ।’ उनले पुस्तकमा टेलिफिल्मको हरिबहादुर पात्रको १५ प्रतिशत र अन्य सबै नयाँ सन्दर्भ रहेको बताए ।

You may also Like this

थप समाचार

राष्ट्रिय खेल ‘भलिबल’ भएपछि ‘गैंडा’ तनावमा
राष्ट्रिय खेल ‘भलिबल’ भएपछि ‘गैंडा’ तनावमा

९ जेठ । डण्डीबियो खेलको विषयमा ‘डण्डीबियो’ नाम राखेर चलचित्र बनाउने तयारीमा रहेका निर्माता तथा निर्देशक निर्मल शर ...

नवराजलाई कपन बनाउने चुनौति
  नवराजलाई कपन बनाउने चुनौति

९ जेठ, काठमाडौं । संविधानसभाको दोस्रो निर्वाचन ०७० मा एमालेले पाएको ९ हजार २८ मतका विरुद्ध एक्लैले २२ हजार ३ सय ३६ को कीर्तिम ...

गर्मीे बढेसँगै झाडापखालाका बिरामी बढे

बैतडी, ७ जेठ । गर्मी बढेसँगै बैतडीमा झाडापखालाका बिरामी बढेका छन् । जिल्लाभरिका स्वास्थ्य संस्थामा झाडापखालाका बिरामी बढी आउन ...

सामाजिक संस्थाका नाममा यातायात सञ्चालन गर्दै राजस्व छली

काठमाडौँ, ७ जेठ । सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात समिति कम्पनी अन्तर्गत नभइ सङ्घ संस्था ऐनअनुसार दर्ता गरिएर राजस्व छ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...