कुन तह उत्तीर्ण गरेकालाई कति ऋण ?

२०७५ जेष्ठ १८ गते १४:३५ मा प्रकाशित


अर्थमन्त्री डा. खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन सक्ने व्यवस्था गरिएको बताए । बेरोजगार युवाका लागि पक्कै उत्साहपूर्ण खबर हो यो । तर कुन तह उत्तीर्ण गरेकालाई कति ऋण भन्ने कुरो प्रस्ट भएन । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।यो कुरा प्रस्ट पार्न, शैक्षिक तहअनुसार ऋणको सीमा तोक्न छिट्टै विज्ञहरु संलग्न आयोग/कार्यदल गठन गर्ने होला ।

विज्ञहरुले विद्यार्थी, अभिभावक, बैंक अधिकारी र अन्य सरोकारवालासँग छुट्टाछुट्टै गोलमेच त गर्नैपर्छ क्यार, धेरैका तर्फबाट प्राप्त सुझाव र आफूले देखेबुझेका कुरा समेटेर रिपोर्ट बनाउनै प¥यो । यो सबै प्रक्रिया पूरा गरेर अर्थ मन्त्रालयमा रिपोर्ट पुग्न कम्तीमा ६ महिना लाग्ने धरहराको ठहर छ । शैक्षिक ऋणबारे आम बेरोजगारसहित रोजगार अधबैंशे धेरैलाई चासो छ । एसईई उत्तीर्णले मात्रै पनि ऋण पाउने हुन् कि, प्लस टु अनिवार्य हो कि, स्नातक र सो भन्दा माथिल्लो तहकालाई मात्रै पो हो कि ? यो कुरो बुझ्न आयोगको रिपोर्ट कुर्नुपर्ने हो कि ?

मुलुकमा शिक्षित बेरोजगारको संख्या बाक्लै छ, बेरोजगार धेरै जसोले त डबल होइल चौरल विषयका डिग्री पनि हासिल ग¥या छन् । चौरल डिग्रीधारीले ४ वटा बैंकबाट ऋण पाउने हो भने पक्कै पनि प्लस टु र कलेजका ‘टुरिस्ट विद्यार्थी’ लाइनमा आउँथे कि ?

 

You may also Like this

थप समाचार

बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू
बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू

अनुमानका आधारमा या रिसइवीका कारण कसैलाई उजुरी हालेर अदालती झण्झट दिएका घटना धेरै हुन्थे । तर, अब कसैलाई एथेष्ट प्रमाण विना उज ...

जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा
जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा

काठमाण्डौ । पछिल्लो समय थोरै संख्यामै भए पनि युवाहरु नीति–निर्माण तहमा पुगेका छन । तिनै मध्यका एक हुन नेपाली कांग्रेसको ...

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...