पाँच सेकेन्डमा फोन नलागे लाइसेन्स खारेज

२०७४ बैशाख ८ गते ११:०६ मा प्रकाशित


foon८ वैशाख, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा इन्टरनेटको गुणस्तर कायम नगर्ने सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्राधिकरणले ‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७३’ जारी गर्दै गुणस्तर कायम नगर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिवानादेखि लाइसेन्स खारेजसम्मको कारबाही गर्ने व्यवस्था गरेको हो ।


प्राधिकरणले विनियमावली ल्याएर आधारभूत फोन (ल्यान्डलाइन), मोबाइल र इन्टरनेट (डाटा) सेवाको गुणस्तर निर्धारण गरेको छ । प्राधिकरणले मापदण्डअनुसारको गुणस्तर कायम गर्न सेवाप्रदायकलाई निश्चित म्याद दिनेछ । तोकिएको समयमा पनि गुणस्तर नसुधार्ने कम्पनीलाई ५० हजार रुपैयाँ नगद जरिवाना गरिनेछ । जरिवानापछि पनि गुणस्तर नसुध्रिए कम्पनीको लाइसेन्स नै खारेज गरिने विनियमावलीमा उल्लेख छ ।

अब मोबाइलमा कुरा गर्दागर्दै फोन काटिए सेवाप्रदायकले क्षतिपूर्ति दिनुपर्ने भएको छ । विनियमावलीबमोजिम सेवाको गुणस्तर कायम नगरेका कारण मोबाइलमा कुरा गर्दागर्दै आफैँ फोनकल काटिने (कल ड्रप) भएमा सो कुरा गरेको समयावधि (पल्स) बराबरको शुल्क वा फोनकल दरबराबरको रकम सेवाप्रदायकले क्षतिपूर्तिका रूपमा ग्राहकलाई उपलब्ध गराउनुपर्नेछ । सोबमोजिमको क्षतिपूर्ति सेवाप्रदायकले स्वचालित रूपमा ग्राहकले सेवा लिएको खातामा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ । यसरी क्षतिपूर्तिबराबरको रकम प्रदान गरेको बारेमा सम्बन्धित ग्राहकलाई जानकारीसमेत गराउनुपर्ने विनियमावलीमा उल्लेख छ ।

प्राधिकरणले कल स्थापित (फोन लागिसक्नुपर्ने) समय ५ सेकेन्ड तोकेको छ । जसअनुसार एउटा मोबाइलबाट अर्को कुनै मोबाइलमा फोन गर्दा पाँच सेकेन्डमा फोनकल स्थापित ९कल कनेक्सन० हुनुपर्नेछ । तोकिएको समयमा कल स्थापित नभए सेवा गुणस्तरहीन भएको ठहरिनेछ ।

You may also Like this

थप समाचार

११हजार २२ उम्मेदवार मैदानमा
११हजार २२ उम्मेदवार मैदानमा

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार मैदानमा छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत् ...

पहिलो चरणको चुनाव : मौन अवधि सुरु
पहिलो चरणको चुनाव : मौन अवधि सुरु

पहिलो चरणमा मङ्सिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारले प्रसारप्रसार गर्ने अवधि बिहीबा ...

कान्ति बाल अस्पताल : दुई नर्सको भरमा ५२ बिरामी
कान्ति बाल अस्पताल : दुई नर्सको भरमा ५२ बिरामी

मुलुककै एकमात्र केन्द्रीय बाल अस्पतालमा राम्रो सेवा पाइएला र रोग निको होला भन्ने धेरैको आशा हुन्छ । तर कान्ति बाल अस्पतालको ...

कसरी गर्ने मतदान ?
कसरी गर्ने मतदान ?

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तीनवटै मतपत्र फरक–फरक छन् । मतदाताले यी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...