भारतको चाहाना नेपालमा अर्को लेण्डुप दोर्जे जन्मियोस !

२०७३ माघ ९ गते १६:०० मा प्रकाशित


  • रवि भट्टराई

Rabi Bhattarai lekha


लेण्डुप दोर्जे अखिर को हुन ?, जो नेपाली राजनीतिमा पटक–पटक नेताहरुले नाम लिइ रहन्छन । लेण्डुप त्यस्ता ब्यक्ति हुन जसले स्वतन्त्र सिक्किम राज्यलाई भारतमा विलय गराउने मुख्य भुमिका खेलेका थिए । त्यसैले लेण्डुपलाई देश द्रोह र गद्धारिको पर्याएको रुपमा चिनिन्छ ।
सानै उमेरमा राजले मनपराएर काजिको पद्विसम्म पाएका लेण्डुप एका–एक भारतिय चक्रव्युहमा फसेर राजा विरोधि भए र परिणामत स्वतन्त्र सिक्किम राज्य भारतले खायो । जब भारतको योजना सफल भयो । उनको पार्टी पनि पत्तासाफ भारतले नै गरायो ।
लेण्डुप त साफ भए तर देश द्रोह र गद्धारिको आरोपले बाचुन्जेल नरकिय जीबन जिउनु पर्यो । मरे पछि मात्र भारतले सम्झियो । मरनोपरान्त भारत भुषण तक्मा पनि दियो । हो यस्तै गद्धारी गर्ने लण्डुप जस्तै पात्र नेपालमा पनि भारतले खोजि गरिरहेको त छैन ?, राजनीतिक खिचातानिका बिचमा यस्ता लेण्डुप नजन्मिएलान भन्न पनि त सकिन्न नि ?
सर्मभौम राष्ट्र नेपाल भनेर रटान रटि रहन्छौ तर यसको ईज्जत र प्रतिष्ठा थामेर बहुदल पछी बनेका प्रधानमन्त्री मध्य कृष्णप्रसाद भट्टराई बाहेक जोसुकै प्रधानमन्त्री भारत भ्रमरणमा गए तर ऊनीहरु नेपालको माटोमा बहुत राष्ट्रवादका कुरा गर्ने तर भारतको माटो टेक्नाशाथ तुमशरणम गर्ने बाहेक माखो मार्ने काम गरेको देखिदैन ।
कृष्ण प्रसाद भट्टराई त्यस्ता प्रधानमन्त्री रहेछन् जसले भारतिय समकक्षिको फोन आउँदा भनेका थिए मलाई अहिले फुर्सद छैन भनेर भन्दिनुहोस, कुन चाँही ठुला मान्छे हुन र ? म पनि सर्मभौम राष्ट्रको प्रधनमन्त्री उनी पनि प्रधानमन्त्री हुन । काम परेको हो भने फेरि गर्छन् । सुन्दै अनौठो लाग्छ अहिले त देश भित्र उग्र क्रान्तिकारी तर भारत टेक्नासाथ उग्र बफादारी देखिदैछन् नेताहरु आखिर किन ? अनि के का लागी ?, हो यहीनेर प्रश्न चिन्ह खडा भएको छ कतै भरतले हाम्रो देशलाई बिलय गराउन त चाहिँ रहेको छैन ? अझ बिलयका लागि उचित ब्यक्तिको खोजि गरि रहेको पो हो कि भन्ने चिन्ता आम सर्वसाधारणको हुने नै भयो । अझ विभिन्न बाहानामा राजनैतिक दलका नेताहरु लुसुक्क भारत दौडने र विभिन्न भारतिय नेताहरुलार्ई भेट्ने र फर्कने कामले त्यो पुष्टि गर्दैछ कि भारतिय प्रभाव नेपाली राजनितिमा ठुलो छ र यसको मक्सद पनि केहि न केहि छ हैन भने एक छिमेकिको हैसियतमा नबसेर विभिन्न बाहानामा हाम्रो आन्तरिक राजनीतिमा हस्तक्षप जस्तो देखिने क्रियाकलाप किन गर्छ भारत ?
नेपालमा आफुलाई पुराना पार्टी ठान्ने अझ लोकतन्त्रको मसिहा ठान्ने कांग्रेस र एमालेका प्रमुखनेताहरु सत्तामा पुग्न कै लागि भारत धाऊने प्रवृति छ भन्ने हल्ला बजारमा छ । त्यो साँचो हो भने भारत धाउदैमा प्रधानमन्त्री भईने चाँही कसरी नि ?, अझ युद्धबाट भर्खरै सत्तामा आउदै गर्दा, बि.पी. संग्राहालय पुगेर कोट सुम्सुम्याउदै वि.पी. संग अफुलाई तुलना गर्ने आशाका किरण प्रचण्ड पनि भावनामा अगाडि र काममा भने पछाडि देखिए अनि भाषणमा उग्र क्रान्तिकारी र काममा भने भारतको आज्ञाकारि जस्तो देखिए ।
यहा केपी ओलीलाई अहिले खुब राष्ट्रवादी भनेका छन् तर उनि चलाख र सफल राजनितिज्ञ हुन । उनि न राष्ट्रवादि हुन न अन्य केहि बादि हुन उनी आफुवादी हुन आफु अनुकुल कुरा गर्छन । हैन भने तमाम नेता कार्यकर्ता आन्दोलनको मैदानमा उत्रेका बेला यो आन्दोलनले गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु भनेको के हो नि ?
हो उनि पनि अब्बल राष्ट्रप्रेमि हैनन उनी पनि पदका निमित्त सम्झौता गर्न पछि पर्छन जस्तो मलाई लाग्दैन तर उनको सकारात्मक पक्ष भनेको जानि नजानी देशका निमित्त १४ वर्ष जेल जीबन बिताए प्रतिफल देशको प्रधानमन्त्री पनि बने तर ऊनले पनि भारत र नेपाल बिच उचित कुटनितिक सम्बन्ध बनाउन सफल भएनन् या उनि पनि भारतको योजना मै अलमलिए वा गर्नै चाहेनन् ।
भरतिय तत्कालिन प्रधानमन्त्री नेहरुले नेपाल भारतसंग गाभौ भन्ने प्रस्ताव गर्दा हाम्रा राजाले भनेक थिए देशको नाम चाँहि नेपाल राखौ । त्यो दुरदर्शिता अहिले सान्दर्भिक देखिन्छ । त्यो बेला देखि नै भारतले हाम्रो देशमा गिद्धे नजर राखैकै हो र ऊ अहिले पनि विभिन्न बाहानामा हामिलाई दुःख दिईनै रहेको छ । आफ्नु अनुकल भनेजस्तो संविधान अएन भनेर महिनौ नाकामा अवरोध गर्छ । हाम्रा नेता नाकाबन्दिसम्म भन्न सक्दैनन । ऊ अनुकुल मान्छे शक्तिमा पुर्याऊन उसले सधै भुमिका खेले जस्तो देखिन्छ तर हाम्रा नेता मुखदर्शक हुन्छन किन ?, हो यस्ता सवालहरु खड्किएका छन् कतै सिक्किममा जस्तै नेपालमा पनि भारतिय प्रभाव जमाऊन त खोजिएको हैन ?, तत्कालिन सिक्मिका मुख्यमन्त्री लेण्डुप दोर्जेलाई जस्तै उपयोग गरेर नेपाल हत्याउन खोजेको त हैन भारतले ?, त्यसैले मेरो अनुरोध छ नेताहरुलाई लेण्डुपको ईतिहास पढ्नुहोस कतै तपाईहरु पनि गद्धार हुनु भएको त छैन ?, कमसेकम जनताले गर्भ गर्ने काम त गर्नुहोस दुई छिमेकिसंग असल र सार्भभौम सम्पन्न राष्ट्रको हैसियतमा कुटनीति अगाडि बढोस ताकि यहा नेपाल भित्र क्रन्तिकारी भारतको भुमिमा अज्ञाकारि भन्ने कुराको अन्त्य होस ।
यहा त यस्तो देखिन्छ धर्मात्मा पण्डितहरु टोलै पिच्छे भए तर धर्मपालनकर्ताहरु भेटिएनन । नेताहरु धेरै भए राजनेताहरु शुन्य सरह भए बिपी, गणेशमान, कृष्णप्रसाद, मनोमोहनका नाममा राजनीति गर्ने धेरै भए तर उनिहरुकको पथ समाउने शुन्य सो सरह भए । भारतको चर्को विरोधगर्ने धेरै भए तर लम्पसार परेर भारतिय नेतालाई देवत्वकरण गर्ने र उसकै योजनामा चल्ने धेरै भए । त्यसैले आजको आवश्यकता सार्भभौम राष्ट्रको हैसियतमा कुटनितिक सम्बन्ध अगाडि बढाउने अरुको एक ईन्च जमिन चाहिदैन तर मेरो राष्ट्रको एक ईन्चमाटो कसैले गिद्धे नजर लगाउछ भने त्यलाई नेपाली भुमिमा घुडा टेकाउछु भन्ने राजनेता चाहियो ।

 

You may also Like this

थप समाचार

पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)
पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)

काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले आफ्नो १२औँ खेलकुद सप्ताह सम्पन्न गरेको छ । पुस २४ गतेबाट सुरु भएको उक्त खे ...

पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई
पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले दक्षिण कोरियाको गांरुङ्जु युनिभर्सिटिबाट आएका स्वयंसेवकहरुको पुस २८ गते विशेष ...

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...