निर्वाचनका कारण रगत अभाव

२०७४ जेष्ठ ५ गते १४:३२ मा प्रकाशित


bloddभरतपुर, ५ जेठ । निर्वाचनको कारण दुई सातायता कुनै पनि संस्थाले रक्तदानको कार्यक्रम नगर्दा जिल्लामा रगतको अभाव भएको छ । रगत आवश्यकपर्ने बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्ने बाध्यता आइपरेको छ ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार निर्वाचनको मनोनयन दर्तासँगै सबै निर्वाचनमा जुटेपछि रक्तदान कार्यक्रमको आयोजना नहुँदा रगतको अभाव भएको हो ।

अस्पतालका बिरामीले रगत नपाएपछि भरतपुरको मनकामना अस्पतालले आज आफैले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । अस्पतालका सञ्चालक ध्रुव काफ्लेले आफ्नो अस्पतालमा रगत चाहिएका बिरामीले रगत नपाएपछि अस्पतालले नै रक्तदान कार्यक्रम गर्न लागेको बताए । उनलेभने, “बिरामीले रगत पाउन छोडे, मानवीय सेवा र कर्तव्य दुबै हुने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरेका हौंँ ।”

सो अस्पतालले सबैलाई रक्तदान गर्न आह्वान समेत गरेको छ । आज बिहान ७ बजेदेखि १० बजेसम्म रक्तदान कार्यक्रम गरिएको थियो । सो क्रममा ४१ जनाले रक्तदान गरेको अस्पतालका अध्यक्ष प्राडा अर्जुन श्रेष्ठले बताए ।

रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख पौडेलका अनुसार जिल्लामा दैनिक एक सयदेखि १५० युनिटसम्म रगत आवश्यक पर्छ । गत वर्ष ३५ हजार युनिट रगत प्रयोग भएको थियो । भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीका लागि बढी रगत आवश्यक पर्छ ।

जिल्लामा युवाद्वारा गठित “युथ फर ब्लड” समूहले रक्तदाता खोजेर रगत उपलब्ध समेत गराउँदै आएको छ । अन्य समयमा अरु जिल्लाबाट रगत ल्याएर परिपूर्ति गर्ने गरेको भए पनि यस पटक यस क्षेत्रका सबै जिल्लामा निर्वाचन भएकाले अन्यत्रबाट रगत ल्याउन नपाएको पौडेलले बताए ।

यसैबीच भरतपुरको मनकामना अस्पतालले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा तीन दिनयता निःशुल्क ओपिडि सेवासमेत सञ्चालन गर्दै आएको छ । रासस

You may also Like this

थप समाचार

आगामी निर्वाचनको पर्यवेक्षण गर्न चाहनेसँग आवेदन माग
आगामी निर्वाचनको पर्यवेक्षण गर्न चाहनेसँग आवेदन माग

काठमाडौं, असोज ६ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न अनुमति चाहने संघसंस ...

पर्सागढी नगरमा नेपाली काँग्रेस विजयी
पर्सागढी नगरमा नेपाली काँग्रेस विजयी

पर्सा, ६ असोज । पर्साको पर्सागढी नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।प्रमुखमा लोकनारा ...

स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा राष्ट्रसंघ महासचिवद्धारा नेपाली जनतालाई बधाई
स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा राष्ट्रसंघ महासचिवद्धारा नेपाली जनतालाई बधाई

६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाललाई बधाई दिएको छ । राष्ट्र संघ ...

चिकित्सकद्वारा आकस्मिकबाहेक सबै सेवा ठप्प, बिरामीको कन्तबिजोग
चिकित्सकद्वारा आकस्मिकबाहेक सबै सेवा ठप्प, बिरामीको कन्तबिजोग

६ असोज, काठमाडौं । चिकित्सकहरुले शुक्रबारदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । उपचारका क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...