कुत बुझाउन पनि सास्ती

२०७४ भदौ २५ गते १४:२८ मा प्रकाशित


kutबनेपा, भदौ २५ । अर्काको जमिन जोतभोग गरेर जीविकोपार्जन गरेका भूम्लु गाउँपालिकाको भूम्लुटार र फँलाटेका बासिन्दाले जमिन्दारलाई कुत बुझाउन पनि सास्ती खेप्नुपरेको छ ।


जग्गा उपभोग गरेबापत जग्गा धनीलाई अन्नबाली वा नगद बुझाउनुलाई कुत भनिन्छ ।

‘जग्गाधनी काठमाडौं र अमेरिकामा बस्छन्, त्यसैले समयमा नै कुत लिएर काठमाडौं जानुपर्छ,’ भूम्लु– ८ की सीता थपलियाले भनिन् ।

भूम्लु– ८ का रञ्जन श्रीभक्तीले जग्गा धनीले अन्नबाली आधा लिने गरेको गुनासो गरे । उनले कुत नबुझाए कमाइरहेको जग्गा पनि नपाउने भएकाले जग्गाधनीले जहाँ भन्छन्, त्यही कुत पु¥याउने गरेको बताए ।

सोही स्थानका ७४ वर्षीय अम्मरबहादुर सिंहले भने, ‘बुबाले कति वर्ष कमाउनुभयो मलाई थाहा छैन तर मैले २०२७ सालदेखि कुत बुझाउँदै आएको छु ।’

भूम्लु– ८ का वडाध्यक्ष मोतिलाल तामाङले मौखिक कबोलका आधारमा जग्गाधनीलाई मकै, धानलगायतका बाली बुझाउने गरेको जानकारी दिँदै कुत बुझाउन नपुगे बाहिर श्रम गरेर पनि मोहीले नगद बुझाउने गरेको सुनाए ।

उनले भने, ‘यसरी कुत बुझाउँदा पनि पीडितले बुझाएको कुनै निस्सा वा प्रमाण पाउदैनन् ।’

फँलाटेका ध्रुवराज खरेलले जग्गा आफ्नो स्वामित्वमा नभएका कारण पुनःनिर्माण गर्नसक्ने अवस्था नभएकाले जग्गाको नयाँ नापी र अद्यावधिक गर्न आवश्यक रहेको बताए ।

सो स्थानमा २०३२ सालमा जग्गाको नापी भएको थियो । फँलाटे र भूम्लुटारको सीमा विवादले उक्त क्षेत्रमा स्थानीयवासीले जग्गाको लालपुर्जा पाउन नसकेका हुन् । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले लालपुर्जा नभए पनि लाभग्रहीसँग सम्झौता गरेर उनीहरुको निस्साका आधारमा पुनःनिर्माण गरिने बताए ।

उनले भने, ‘भूम्लुटार र फँलाटेमा तेस्रो किस्ता पनि वितरण भइरहेको छ ।’ रासस

You may also Like this

थप समाचार

प्रधानमन्त्रीमा भागवण्डाः ओली तीन वर्ष, प्रचण्ड दुई वर्ष !
प्रधानमन्त्रीमा भागवण्डाः ओली तीन वर्ष, प्रचण्ड दुई वर्ष !

२ फागुन, काठमाडौं । एकता प्रक्रियामा रहेका एमाले र माओवादीबीच पार्टी र सरकारको नेतृत्व भागवण्डामा चलाउने सहमति जुटेको छ । यस ...

क्यानडामाथि एक विकेटको जितसंगै नेपालले विश्वकप खेल्ने पक्का, करण बने हिरो
क्यानडामाथि एक विकेटको जितसंगै नेपालले विश्वकप खेल्ने पक्का, करण बने हिरो

काठमाडौँ । नामिबियामा भएको डिभिजन टुको समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै विश्वकप छनोट खेल्ने भएको छ। क्यानडाले दिएक ...

भारतीय विदेशमन्त्री स्वराजको पहिलो भेट ओलीसँग
भारतीय विदेशमन्त्री स्वराजको पहिलो भेट ओलीसँग

काठमाडौं, १८ माघ । भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुई दिने भ्रमणका लागि केही बेरअघि काठमाडौं आइपुगेकी छन् । बिहीव ...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

१८ माघ ०७४/ आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँ बढाइ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine