नेविसंघ र अखिल क्रान्तिकारीबीच पद्मकन्या क्याम्पसमा कुटाकुट

२०७३ पुस २५ गते १७:२८ मा प्रकाशित


२५ पुस, काठमाडौं । स्ववियु निर्वाचनको मिति घोषणालगत्तै चुनाव प्रचारमा सक्रिय नेविसंघ र अखिल क्रान्तिकारीबीच पद्मकन्या क्याम्पसमा कुटाकुट भएको छ । दुबै पक्षले आक्रमणमा एकअर्कालाई दोष लगाएका छन् । अखिल क्रान्तिकारीले आइतबार र सोमबार लगातार दुई दिन नेविसंघ महामन्त्री साजना अधिकारी नेतृत्वको टोलीले आफ्ना नेता-कार्यकर्ताहरुमाथि आक्रमण गरेर घाइते बनाएको बताएको छ ।

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतका अनुसार नेविसंघको आक्रमणबाट अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा पद्मकन्या क्याम्पस अध्यक्ष बसन्ता भण्डारी, केन्द्रीय सदस्यहरु गंगा दाहाल, दर्शना नेपाली, दिपा जोशी र देविका मिजार घाइते भएका छन् । प्रवक्ता बस्नेतले सोमबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्ववियु निर्वाचन नजिकिदै जाँदा कलेजमा अखिल क्रान्तिकारीको लोकप्रियता र माहौल बढ्दै जान थालेपछि अत्तालिएर नेविसंघका नेता कार्यकर्ताले देखाएको यसप्रकारको अराजनीतिक र निकृष्ट हर्कतको घोर निन्दा र भ्रत्सना गर्दछौं ।

यस घटनामा अविलम्ब सार्वजनिक रुपमा क्षमा माग्न र दोषी उपर कडा कार्वाही गर्न सम्वन्धित पक्षलाई माग गर्दछौं ।’ यता नेविसंघले भने अखिल क्रान्तिकारीको टोलीले आफ्ना कार्यकर्ताहरुलाई आक्रमण गरेर घाइते बनाएको बताएको छ । नेविसंघकी नेतृ सीता मिजारमाथि चक्कु प्रहार भएको र उनको मोडेल अस्पतालमा उपचार भइरहेको नेविसंघ इकाइ अध्यक्ष साधना घिमिरेले जानकारी दिइन् ।

You may also Like this

थप समाचार

चैत २७ बाट सिटिजन्स बैंकको हकप्रद

९ चैत, काठमाडौं । सिटिजन्स बैंकको चैत २७ गतेदेखि बैशाख २७ गतेसम्म हकप्रद सेयर बिक्री खुला हुने भएको छ । बैंकले १० बराबर २।५ क ...

शिक्षकमाथि गोली प्रहार, अबस्था गम्भीर
शिक्षकमाथि  गोली प्रहार, अबस्था गम्भीर

 रौतहटको विश्रामपुरमा शिक्षकमाथि गोली प्रहार भएको छ । मंगलबार राति घरमा सुतिरहेका विश्रामपुरका शिक्षक राम एकवाल प्रसाद य ...

चीनबाटल्याउन लागेको इन्टरनेट पर्‍यो बाधामा

चीनबाट ल्याउन लागिएको इन्टरनेटको लागि हिउँ अवरोध बनेको छ । नेपाल टेलिकमले रसुवा नाका भएर ल्याउन लागेको इन्टरनेटलाई हिउँले अवर ...

उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण असफल
उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण असफल

काठमाडौं, चैत ९ । उत्तर कोरियाले गरेको मिसायल( क्षेप्यास्त्र) परीक्षण असफल भएको छ । दक्षिण कोरियाली रक्षा अधिकारीहरुका अनुसा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

यस कारण नेशनल प्याब्सन काठमाडौँको अध्यक्षका लागि मेरो उम्मेदवारी हो !

नारायण कुमार कार्की- नेशनल प्याब्सन एक विशुद्ध व्यवसायिक संगठन हो । यसले आफ्ना सदस्य विद्यालयहरुको हक–हित, संरक्षण, सम्बद्ध ...


भोजपुर कांग्रेसका पुराना नेता कार्कीको दुखेसो निष्ठावानलाई माथि उठ्न गाह्रो रहेछ

रवि भट्टराई काठमाडौँ । पुर्वी पहाडी जिल्ला भोजपुरमा जन्मिएका गजेन्द्र बहादुर कार्की नेपाली कांग्रेस भोजपुरका पुराना कांग्रेस नेता ...