भारतीय टीभी सिरियल ‘कुमकुम भाग्य’माथि मुद्दा दायर

२०७४ साउन १० गते १६:१२ मा प्रकाशित


kumkumbhagyaएजेन्सी, साउन १० । सर्वाधिक रुचाइएको भारतीय टीभी सिरीयल ‘कुमकुम भाग्य’को कथाले लामो समयसम्म झुलाएपछि एक दर्शक वाक्क भएर सिरियल विरुद्द मुद्दा दायर गरेका छन्।

जी टीभीमा सोमबारदेखि शुक्रबार नेपाली समय अनुसार राती सवा ९ बजे आउने सिरियल ३ वर्षदेखि टीआरपीमा १ नंबरमा छ।

तर ‘कुमकुम भाग्य’का एक दर्शकले यसको कथाको विरुद्द राष्ट्रिय उपभोक्ता गुनासो फोरममा मुद्दा दर्ता गराएका छन्। उनका अनुसार सीरियलमा कथामा वितेको २ वर्षसम्म अभिकी गर्लफ्रेन्ड तन्नुलाई गर्भवति नै देखाइएको थियो।

दर्शकले यो पनि गुनासो गरेका छन् की सिरियलको कथा ३ वर्षदेखि एउटै ट्र्याकमा गइरहेको छ।

ती दर्शकले धेरै पहिला नै यस्तो गुनासो दर्ता गराएको बुझिएको छ। किनकी बालाजी टेलिफिल्मले हालै यस सिरियलमा नयाँ मोड ल्याउँदै नयाँ कथाबाट सुरु गरेको छ।

सिरियलको कथाकी मुख्य पात्र प्रज्ञाको मृत्यु भईसकेको छ भने अब उनी गाउँको एक केटीको रुपमा देखिएकी छन्।

You may also Like this

थप समाचार

मेलम्चीको पानी आउन ६ महिना लाग्ने
मेलम्चीको पानी आउन ६ महिना लाग्ने

काठमाडौंवासीले वर्षौंदेखि प्रतिक्षा गरिरहेको मेलम्ची यस वर्ष असोजमा आउने भनिएको थियो। सुरूङ खन्ने काम अन्तिम चरणमा पुगे पनि ...

सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?
सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?

गाउँका मतदाता र सहरी मतदाताको मनोविज्ञान अलग हुन्छ । उनीहरू प्रभावित बन्ने मानक बिल्कुल भिन्न हुन्छ । गाउँका मतदात ...

पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने
पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने

हुप्रतीक्षित रक्सौल अमलेखगञ्ज पेट्रोल पाइपलाईन परियोजना निर्माण कार्य अर्को महिनादेखि सुरु हुने भएको छ। भारतबाट पेट्रोलियम पद ...

दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार
दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार

काठमाडौँ । मंसिर २१ गते हुने दोस्रो चरणमा हुने चुनावको लागि नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ १ सय २८ क्षेत्रमध्ये १९ क्षेत ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...