पत्रकार सम्मेलनमै किन रोए कुलमान ?

२०७४ बैशाख २६ गते १५:२६ मा प्रकाशित


kulman२६ बैशाख, काठमाडौं । एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आफ्ना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् ।

आफूले इमान्दार भएर काम गरेको भन्दै गर्दा उनी निकै भावुक भए । एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरी आँसु पार्दै भने, ‘नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने २र४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्थेँ ।’

चरित्र हत्या गर्ने प्रयास भएको भन्दै उनले आफूलाई दुःख लागेको बताए । उनले भने, ‘यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ । अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला ।’

लगतै सम्हालिएका कुलमानले आफूहरुमाथि लागेको आरोपले गम्भीर बनाएको बताए । यसले काम गर्ने वातावरण विग्रन सक्ने उनले बताए ।
भारत सरकारसँग सहमति गरेर १३५र१४० रुपैयाँमा बल्ब ल्याउन लागेको भन्दै घिसिङले यदि कसैले सक्छ भने १५० रुपैयाँमा ल्याउन चुनौती दिए । कुनै व्यापारीले १५० रुपैयाँमै गुणस्तरीय बल्ब ल्याएमा विद्युत प्राधिकरणका २ सय वटै ग्राहक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउने घिसिङले बताए ।

You may also Like this

थप समाचार

कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते
कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते

कैलाली, कात्तिक २६ । कैलालीमा शनिबार राती भएका छुट्टाछुट्टै चार वटा दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छ ...

काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश
काठमाडौँ क्षेत्र नम्वर ४ का १५० युवाहरु नेपाली कांग्रेसमा प्रवेश

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्वर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व&ndash ...

इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास
इटलीयन मिडफिल्डर पिर्लोले लिए फुटबलबाट सन्यास

२१ कात्तिक, काठमाडौं । इटलीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले न्यूयोर्क सिटीका लागि यस सिजनको आफ्नो अन्तिम खेलपछि फुटबलबाट स ...

बुनपा मेयर खरेललाई पितृशोक
बुनपा मेयर खरेललाई पितृशोक

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) का मेयर उद्धब प्रसाद खरेललाई पितृशोक परेको छ । पिता विष्णुप्रसाद खरेलको ८४ बर्ष को ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...