लोकप्रिय बन्दैछ अनौठो कुकुर बसयात्रा (भिडियो सहित)

२०७३ माघ १८ गते १७:५० मा प्रकाशित


dog-in-busदुनियाँमा केवल मानिसलाई मात्र बोक्ने सार्वजनिक सवारी साधन छैनन् । यस्ता बसहरु पनि छन् जसले मानिस होइन कुकुरलाई बोकेर सहर डुलाउँछन् । हो, बेलायतको लण्डनमा गत जनवरी १७ देखि कुकुरका लागि विशेष बसयात्रा सुरु गरिएको छ । मेल अनलाइनको खबरअनुसार उक्त कुकुर बसयात्राको नाम के नाइन हो । यो बस यात्राको माध्यमबाट कुकुर मालिकले आफ्नो कुकुरसँग समय बिताउने नयाँ अनुभव हासिल गर्न सक्नेछन् । अझ रोचक कुरा त के भने यो बसयात्रा पूर्णरुपमा निशुल्क छ । यो बसयात्राका दौरान यस्ता ९ वटा ठाउँमा लगिन्छ जो खास रुपमा कुकुरकै लागि लक्षित छन् । बाटोभर कुकुरका लागि लाइभ कमेन्ट्री गरिन्छ । कुकुर मालिकहरुलाई आफ्नो कुकुरसँग रमाइलो गरी समय बिताउनका लागि यात्राको बेला एक नक्सा पनि उपलब्ध गराइन्छ जसमा कुकुरमैत्री पव, बार तथा रेष्टुरेन्ट भएका इलाकाहरुको बारेमा जानकारी समेत हुन्छ । बसमा कुकुर बस्नका लागि आरामदायक सिट हुन्छन् । सोमबारदेखि बिहीबारसम्म यो बसयात्रा हुन्छ र दिनमा यसले तीन चक्कर लगाउँछ । बिहान १० बजे, मध्यान्ह १२ बजे र अपरान्ह २ बजे गरी ३ पटक यो यात्रा हुन्छ । मिलबैंकबाट सुरु भएको कुकुर यात्रा विभिन्न ९ ठाउँमा पुगेर सोही स्थानमा फर्किइ सकिन्छ । यो कुकुर बसयात्रा निकै लोकप्रिय बनिरहेको छ । एजेन्सी

You may also Like this

थप समाचार

‘केरुङ–काठमाडौं रेलमार्ग प्रमुख प्राथमिकतामा’
‘केरुङ–काठमाडौं रेलमार्ग प्रमुख प्राथमिकतामा’

काठमाडौं, वैशाख १० । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टा ...

स्थापनाकै दिन फुट्यो राजपा
स्थापनाकै दिन फुट्यो राजपा

काठमाडौँ – स्थापना भएको एक वर्ष पुगेकै दिन राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ। राजपा नेपालका असन्तुष्ट समूहले  श ...

दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै

चितवन, वैशाख ७ – चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।  बिहीबार पा ...

तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने
तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने

इन्धन ढुवानीमा संलग्न ट्यांकर व्यवसायीले हडताल गरे नेपाल आयल निगमले सम्झौता खारेज गर्ने भएको छ। यसपालि हड्ताल गरेर खारेजीमा प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...