काठमाडौंः ८ वटा क्षेत्रमा वाम गठबन्धन अगाडि, २ वटामा कांग्रेस

२०७४ मंसिर २२ गते १९:०० मा प्रकाशित


bam-lokatantri gatabandan

काठमाडौं । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ८ वटामा वाम गठबन्धन र २ वटामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

कांग्रेसले काठमाडौं क्षेत्र नं. १ र १० मा अग्रता कायम गरेको छ भने वाम गठबन्धनका लागि नेकपा एमालेले काठमाडौं क्षेत्र नं. २, ३, ४, ५, ७, ८ र ९ र माओवादी केन्द्रले क्षेत्र नं. ६ मा अग्रता कायम गरेको हो ।

मतगणनास्थलमा रहेका अनलाइनखबरकर्मीहरुद्वारा प्राप्त पछिल्लो अपडेटअनुसार क्षेत्र नं. १ मा ३ हजार ५ सय ९० मत ल्याउँदै कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले अग्रता कायम गरेका छन् ।

उनलाई पछ्याउँदै विवेकशील साझा पार्टीका रविन्द्र मिश्रले २ हजार ९ सय १६ मत ल्याएका छन् । त्यस्तै, अर्का प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार अनिलकुमार शर्माले १ हजार ५ सय ३४ मत ल्याएका छन् ।

क्षेत्र नं. २ मा एमाले उम्मेदवार माधवकुमार नेपाल २ हजार ८ सय ४० ल्याउँदै अगाडि छन् । उनलाई पछ्याउँदै कांग्रेसका उम्मेदवार दीपक कुइँकेलले १ हजार ४ सय ५४ र विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले १ हजार २ सय ६५ मत ल्याएका छन् ।

क्षेत्र नं. ३ मा एमाले उम्मेदवार कृष्णबहादुर राई २ हजार ६ सय २५ मत ल्याउँदै अगाडि छन् भने कांग्रेस उम्मेदवार अम्बिका बस्नेतले २ हजार ५ सय ५१ मत ल्याएकी छिन् ।

काठमाडौं क्षेत्र नं. ४ मा एमाले उम्मेदवार राजन भट्टराईले ५ हजार ६३ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार गगनकुमार थापाले ५ हजार २७ मत ल्याएका छन् ।

क्षेत्र नं. ५ मा एमाले उम्मेदवार ईश्वर पोखरेलले अग्रता कायम गरेका छन् । उनले १४ सय ल्याएका छन् भने कांग्रेस उम्मेदवार प्रकाशशरण महतले ३ सय १३ मत ल्याएका छन् । यद्यपि, त्यहाँ अहिले मतगणना स्थगित छ ।

खसेको मतभन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो । बुढानिलकण्ठ नगरपालिकाको विष्णुपादुका ‘क’ र नारायणथान सतल ‘क’ बुथको मत संख्या मुचुल्चा गरिएको भन्दा १२ मत बढी भेटिएपछि विवाद भएको थियो ।

क्षेत्र नं. ६ मा माओवादी केन्द्रका उम्मेदवार झक्कु सुवेदीले अग्रता कायम गरेका छन् । उनले १ हजार ७ सय २५ मत ल्याउँदा कांग्रेस उम्मेदवार भीमसेन दास प्रधानले १ हजार ४ सय ६१ मत प्राप्त गरको छन् ।

काठमाडौं क्षेत्र नं. ७ मा एमाले उम्मेदवार रामवीर मानन्धरले अग्रता कायम गरेका छन् । मानन्धरले ३ हजार ३ सय ६७ मत ल्याउँदा लोकतान्त्रिक गठबन्धनका राप्रपा उम्मेदवार विक्रमबहादुर थापाले १ हजार ८ सय ८२ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझा पार्टीले १ हजार १ सय ५५ मत ल्याएको छ ।

काठमाडौं क्षेत्र नं. ८ मा कांग्रेस उम्मेदवार नविन्द्रराज जोशीलाई एमालेका जीवनराम श्रेष्ठले पछि पारेका छन् । एमालेका उम्मेदवार जीवनराम श्रेष्ठले ५ हजार ९ सय ८८ मत ल्याएका छन् भने जोशीले ५ हजार ८ सय ७८ मत ल्याएका छन् ।

क्षेत्र नं. ९ मा एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता कायम गरेका छन् । उनले ४ हजार २ सय ३३ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेस उम्मेदवार ध्यानगोविन्द रञ्जितले २ हजार ८ सय ७८ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझा पार्टीका मिलन पाण्डेले ९ सय ४३ मत ल्याएका छन् ।

काठमाडौं क्षेत्र नं. १० मा कांग्रेस उम्मेदवार राजनकुमार केसी अगाडि छन् । उनले ४ हजार ७३ मत ल्याउँदा बाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यले २ हजार ७ सय ७४ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझा पार्टीका उम्मेदवार प्रदीप ढकालले २ सय ४३ मत ल्याएका छन् । अनलाईनखबरबाट 

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...