काठमाडौँमा एमालेको अग्रता कायमै...

२०७४ जेष्ठ ४ गते १४:२९ मा प्रकाशित


CPN-UMLकाठमाडौँ, ४ जेठ । काठमाडौँ महानगरपालिकामा बिहीबार दिउँसो बजेसम्मको मतगणनाअनुसार नेकपा ९एमाले०को अग्रता कायमै छ । प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य पाँच हजार २४५ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेपाली काँग्रेसका राजुराज जोशीले तीन हजार २४ मतले पछ्याइरहेका छन् ।

त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले दुई हजार १३७ मत र साझा पार्टीका किशोर थापाले एक हजार ४५२ मत प्राप्त गरे ।यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले तीन हजार ४५१, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले दुई हजार ५३३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

बिहीबार बिहानदेखि ११ स्थानमा मतगणना गर्न थालिएको छ । यता काठमाडौँकै नागार्जुन नगरपालिकाको पाँचवटा वडामध्येचारवटा वडामा नेकपा (एमाले) र एक वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएका हुन् । ।

वडा नं १देखि ४ सम्म क्रमाशः एमालेका रामचन्द्र लामाले ४२४, खुमबहादुर केसीले ७९१, प्रेमलाल श्रेष्ठले ६२२ र करुणकुमार दलामीले ९१६ मत ल्याई विजयी भएका हुन् भने वडा नं ५ बाट राप्रपाका महेश रिमालले ७११ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाको अध्यक्षमा काँग्रेसका मोहनबहादुर बस्नेतले तीन हजार १८८, एमालेका कृष्णहरि खत्रीले दुई हजार हजार ८५६, माओवादी केन्द्रका कुमार तामाङले ९२३ र राप्रपाका उद्धव थापाले एक हजार ६८२ मत प्राप्त गरेका छन् । रासस

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...