काठमाडौँ महानगरः वडा नं २ मा एमालेले प्यानल सहित बाजी मार्यो

२०७४ जेष्ठ ५ गते ११:३५ मा प्रकाशित


uml_5५ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं २ को वडाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठसहितको प्यानल नै विजयी भएको छ ।

केही बेरअगाडि सम्पन्न मतपरिणाममा श्रेष्ठले एक हजार ८४० मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार प्रमोदराज शर्माले ६८४ मत प्राप्त गरेका थिए ।

यस्तै, महिला सदस्यमा पूर्णलक्ष्मी रजक, महिला दलित सदस्यमा ईश्वरी परियार, खुला सदस्यमा पदमकाजी महर्जन र विमल गुरुङ विजयी भएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाको वडा नं २ मा तीन हजार ४५१ मत खसेको थियो ।

चन्द्रागिरि–८ मा एमाले विजयी

यसैबीच, चन्द्रागिरि नगरपालिका वडा नं ८ मा नेकपा ९एमाले० का वडाध्यक्षका उम्मेदवार सन्तोष खडकाले ७५५ मत प्राप्त गरी विजयी भएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सरोजकुमार थापाले ६८८ मत प्राप्त गरेका छन् । तीन सदस्यमा एमालेका सबिता राउत, कृष्णमाया पुर्कोटी र कमल खत्री निर्वाचित भएका छन् भने काँग्रेसका पुरुषोत्तम रिजाल विजयी भएका छन् ।

प्रमुखको मतगणनामा हालसम्म काँग्रेसका घनश्याम गिरीले आठ हजार १७१ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने एमालेका प्रह्लाद कार्कीले पाँच हजार ९३७ मत प्राप्त गरेका छन् ।

हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले छ हजार ७४६ र एमालेका लीसा नकर्मीले छ हजार ६०२ मत प्राप्त गरेको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिए।

कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । नगरपालिकामा १५ वडा रहेकामा अहिले १० र ११ वडाको मतगणना जारी छ । रासस

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...