काठमाडौंका १० नगरपालिकाः ६ मा कांग्रेस र ४ मा एमाले अगाडि

२०७४ जेष्ठ ३ गते ११:५५ मा प्रकाशित


congress-amaleकाठमाडौं, जेठ ३ । निर्वाचन भएको चार दिन भइसक्दा पनि काठमाडौं जिल्लाका १० नगरपालिकामा अहिलेसम्म अन्तिम परिणाम आउन सकेको छैन। मतगणना अत्यन्त सुस्त गतिमा अगाडि बढिरहँदा काठमाडौं महानगरबाहेकका १० नगरपालिकाहरुमा पनि मतगणना जारी रहेको छ।

अद्यावधिक मतपरिणाम अनुसार काठमाडौंका १० नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले ६ र नेकपा एमालले ४ नगरपालिकामा अग्रता लिएका छन्।
जसअनुसार काठमाडौंको टोखा नगरपालिकाको मेयर तथा उपमेयरमा नेपाली काँग्रेसले अग्रता लिएको छ। जहाँ काँग्रेसले मेयरमा ४ हजार ५२ र उपमेयरमा ३ हजार ८ सय ९२ मत ल्याएको छ र एमालेले मेयरमा ३ हजार ६ सय ५६ र उपमेयरमा ३ हजार ७ सय ९० मत ल्याएको छ।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकामा काँग्रेसले मेयरमा १०८६ र उपमेयरमा १०८२ मतका साथ अग्रता कायम गरेको छ। यहाँ पनि एमालेले नै पछ्याइरहेको छ। जहाँ मेयरमा ९८७ र उपमेयरमा १०४२ मत ल्याएको छ।

काठमाडौंकै अर्को नगर चन्द्रागिरिमा पनि काँग्रेसकै उम्मेदवार अगाडि छन्। ताजा परिणामअनुसार चन्द्रागिरिको मेयरमा काँग्रेसको ४ हजार ६ मत, एमालेको १ हजार पाँच सय १२ मत र माओवादी केन्द्रको १ हजार ३ सय ६६ मत रहेको छ।

अर्को नगर तार्केश्वरमा पनि नेपाली काँग्रेसले अग्रता लिएको छ। निर्वाचन आयोगले दिएको जानकारीअनुसार मेयरमा काँग्रेसले २०२७ मत ल्याएको छ भने एमालेले १७७८ मत ल्याएको छ।

काठमाडौंको नागार्जुन नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले अग्रता लिएको छ। जहाँ काँग्रेसले १५२० र एमालेले १४५८ मत ल्याएको छ।
अर्को नगर गाकर्णेश्वरमा पनि नेपाली काँग्रेसको मेयरमा अग्रता रहेको छ। जहाँ काँग्रेसले २७७२ छ भने एमालेको १९५९ मत रहेको छ।

त्यस्तै शंखरापुरमा नेकपा एमालेले अग्रता लिएको छ। जहाँ एमालेले मेयरमा ३३८४ मत ल्याएको छ। त्यस्तै कांग्रेसले २१५९, राप्रपाले २१५९ र माओवादी केन्द्रले मेयरमा २०३० मत ल्याएको छ।

अर्को नगर बुढानिलकण्ठमा एमालेले अग्रता कायम गरेको छ। जहाँ एमालेले ३१०८ र काँग्रेसले २३०८ मत ल्याएको छ।
दक्षिणकाली नगरपालिकामा पनि एमालेले २३८७ मतका साथ मेयरमा लिड गरेको छ भने काँग्रेसले १९३८ मतका साथ पछ्याइरहेको छ।
त्यस्तै कीर्तिपुरमा पनि एमालेले नै लिड गरेको छ। एमाले रमेश महर्जनले ६१४ मत पाएका छन् भने कांग्रेसका राजकुमार नकर्मीले ६०७ मत पाएका छन्।

You may also Like this

थप समाचार

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

विश्वप्रकाशले औल्याए चुनावी हारका ६ कारण
विश्वप्रकाशले औल्याए चुनावी हारका ६ कारण

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चुनावी हारको ६ कारण औल्याएका छन् । युवा नेता समेत रहेका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...