परिवर्तनका निमित्त टियर ग्यास खायौँ, अब देश बनाउछौँ: तरुणदल काठमाण्डौ जिल्ला अध्यक्ष खड्का

२०७३ पुस १२ गते १८:०३ मा प्रकाशित


काठमाडौँ । नेपाली कांग्रेस निकट भातृ संगठन तरुणदलका काठमाण्डौ जिल्ला अध्यक्ष हुन कृष्णजी खड्का । युवाहरुको भावना अनुसार संगठनलाई गती दिनुपर्छ भन्ने उद्देश्य राखेर राजनितीमा होमिएका खड्कासंग केटिएम खबरका लागी रवि भट्टराईले विशेष भिडियो सम्वाद गरेका छन् । प्रस्तुत छ सोही सम्वादको सम्पादित अंशः

krishna jee khadka
आरामै हुनुहुन्छ ?
आरामै छु ।
केमा ब्यस्त हुनुहुन्छ ?
तरुणदल कठमाण्डौको अध्यक्ष भएपछी समसामयिक राजनितीक क्रियाकलापमा र जनताका समस्या तथा अन्य सामाजिक गतिविधिमा अझ युवाहरुको भावना अनुसार संगठन चलाउनु पर्छ र युवाको भावना समेट्न सकियो भने मात्र संगठनले गति लिन सक्छ भन्ने किसिमका आवाज उठाउन मै ब्यस्त छु ।
तरुणको भुमिका पार्टीमा कस्तो छ ?
तरुणको भुमिका भन्नु भन्दा पहिला अलिकती पृष्ठभुमी भन्न जरुरी ठान्छु, २०१० सालमा बिपी कोईरालाले तरुण दल भनेको भत्री संगठन मात्र हैन साथी संगठन हो । यसले पार्टीले कही कतै गल्ती कमीकमजोरी गरेको खण्डमा औला उठाउने काम पनि गर्छ । यो विद्यार्थी जीबन सकेर बसेका जागरुक युवाहरुको संगठन हो भनेर भन्नु भएको थियो । तरुणदलले २०१५ सालको आम निर्वाचनमा पनि अहम भुमिका खेल्यो । त्यसपछी २०१७ सालमा एक किसिमको कु भई सकेपछी पार्टीका नेताहरुलाई महेन्द्रले जेल चलान गरेपछी तरुणदलको सक्रियता कम भएको थियो तर फेरी २०५४ सालमा तत्कालिन सभापती गिरिजा प्रसाद कोईरालाले तरुणहरुलाई जगाउनु पर्छ र तरुणदललाई शसक्त बनाउनु पर्छ भन्ने लागेर बालकृष्ण खाणको नेतृत्वमा फेरी तरुण दल शसक्त भएर आयो । विचमा केही कारण अधिवेशन निरन्तर हुन सकेन तर अहिले फेरी शसक्त रुपमा हामी प्रस्तुत भएका छौ । ४५ वर्ष भन्दा माथिका तरुण हुन सक्दैन भन्ने विधान छ त्यही विधान अनुसार ओडा देखि केन्द्रसम्म सँरचना तयार भएर युवा लक्षित काम गर्ने उद्देश्य लिएर हामी हिड्दै छौ ।
तपाई जुन जिल्लको अध्यक्ष हुनुहुन्छ, तपाईलाई अन्य जिल्लाबाट हेर्ने दृष्टिकोण फरक रहन सक्छ, केही विबादहरु पनि छन, अव तपाईको भुमिका के रहन्छ ?
अव तरुणदलको विबादित कुराको पनि उठान गर्नु भयो ।वास्तबमा अधिवेशन भईसकेको छ र केही कुराहरु मिलाउन बाकि छ त्यो मिल्छ भन्ने मेरो विश्वास हो किनभने म अफै पनि ५४ साल देखि नै तरुणदलमा आवद्ध भएको नाताले मलाई विश्वास छ, समस्याहरु समाधान हुदै जाने छन् । अव तपाईले भने जस्तै सम्पुर्ण जिल्लाले म काठमाण्डौको अध्यक्ष भएको हिसाबले हेर्ने नै भए, अहिले देश ब्यापि रुपमा युवाहरुको समस्या के छ भने कुनै पनि आन्दोल कुनैै पनि राजनितीक एजेन्डा युवाहरु सडकमा ननिस्किकन पुरा भएको ईतिहास छैन । हजारौ तरुणहरु सडकमा निस्किएर ब्यवस्थाहरु परिवर्तन भएका छन् तर युवाका समस्या जस्ताको त्यस्तै छन् । अहिलेको समस्या भनेको युवा बेरोजगारी छन् । देशको आमुल परिवर्तनमा लड्ने युवाहरुलाई यही देश मै राखेर रोजगार दिने ब्यवस्था राज्यले गर्न सकेको छैन । अन्त हेर्नै पर्दैन काठमाण्डौ मै यस्ता ठाउ छन जहा बिरामीलाई वोकेर सडकसम्म ल्याउन १ घण्टा भन्दा बढी समय लाग्छ भने अन्य ठाउको हालत भन्नै पर्दैन । त्यसैले यो बिडम्वना हो । यसलाई परिवर्तन गर्न राज्य तथा तपाई हामी आम तरुण साथीहरु लाग्नु पर्छ ।
अहिले राजनितिक वितृष्णाको स्थिती छ , तपाई युवाको नेता कसरी अगाडि बढाउँनु हुन्छ ?
राजनितीलाई यसरी वुझ्न हुदैन, राजनितीक पार्टीको विकल्प हुन सक्दैन आखिर परिवतका संवाहक भनेका राजनितिक पार्टी नै हुन तर केही असन्तुष्टी आवाजहरु उठेका हुन । यसलाई चिर्दै राजनितीक पार्टीहरु अगाडी बढ्ने छन् र पढ्नु पर्छ । यसको पक्षमा भनौ या राजनीतिक दललाई घचघच्याउने र आवाज उठाउने काम हामी युवाले गर्नु पर्छ । हिजो परिवर्तनका निमित्त टियर ग्यास खायौ अब हामी देश बनाउनका निमित्त दिलो ज्यान दिएर लाग्नुपर्छ र तरुणदलको कर्यक्षेत्र र भुमिका पनि देश निर्माण गर्न मै हुनेछ । तरुण विना देशको उन्नती संभव छैन ।
समय र सम्वादको लागि धेरै धेरै धन्यवाद ।
मलाई आफ्नाकुराहरु राख्ने अवसर दिनु भएकोमा तपाईहरुलाई पनि धन्यवाद, ।

भिडियो संवादको लागी तलको लिंकमा जानुहोसः

 

You may also Like this

थप समाचार

तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? २ मिनेटमै जान्नुस्
तपाईको फेसबुक प्रोफाइल कसले हेर्यो ? २ मिनेटमै जान्नुस्

काठमाडौं । तपाईलाई तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर जानकारी चाहिएको छ भने अब गुगल क्रोमको बाउजरबाट संम्भव भएको बत ...

यी ११ कुराहरु तपाईको फेसबुक प्रोफाईलमा छ भने तत्काल हटाइदिनुस् , नत्र पछुताउनु पर्ला !
यी ११ कुराहरु तपाईको फेसबुक प्रोफाईलमा छ भने तत्काल हटाइदिनुस् , नत्र पछुताउनु पर्ला !

१२ जेठ । सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ ...

संघीय गठवन्धनद्धारा आन्दोलनको घोषणा, चुनाव प्रभावित हुने सक्ने
संघीय गठवन्धनद्धारा आन्दोलनको घोषणा, चुनाव प्रभावित हुने सक्ने

१२ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठवन्धनले दोस्रो चरणको चुनावमा अवरोध गर्ने गरी आन्दोलनको कार्यक्र ...

फेसबुक निर्माता जुकरवर्गले १२ वर्षपछि पाए हार्वर्ड डिग्री
फेसबुक निर्माता जुकरवर्गले १२ वर्षपछि पाए हार्वर्ड डिग्री

एजेन्सी, जेठ १२ । फेसबुक संस्थापक मार्क जुकरवर्गले हार्वर्ड विश्वविद्यालयको छात्रावास कोठाबाट आफ्नो चर्चित सामाजिक सञ्जाल फेस ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...