मैले देश र देश वासीको हित गर्छु भनेर नै राजनिती गरेको हुँ: पुर्ब पर्यटन मन्त्री कृपासुर शेर्पा

२०७३ भदौ २१ गते २०:०९ मा प्रकाशित


काठमाडौँ । लामोसमय निजामती सेवामा विताएका कृपासुर शेर्पा विभिन्न आरोह अबरोह पार गर्दै ,स्व. शुसिल कोईराला नेतृत्वको सरकारमा नेकपा एमालेको तर्फबाट पर्यटन मन्त्रालय सम्हालेका भेजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका सांसद हुन कृपासुर । उनै पुर्व पर्यटन मन्त्री कृपासुर शेर्पासंग ktmkhabar.com का लागि समसामहिक विषयमा रवि भट्टराईले गरेको कुराकानीको सम्पादित अंश:-

kripa-sur-sherpa

 

स्वागत छ सर 

एकदम आराम छु ।

के मा ब्यस्त हुनुन्छ ?

अब सदन चलिरहेको छ । सदन गयो, सदनका कामकारबाहिमा अध्यन गर्यो र फाट्ट फुट्ट सामाजिक गतिविधिहरु गर्यो यस्तै हो ।

तपाई राजनितीमा कसरी प्रवेश गर्नु भयो ?

वास्तम्मा मानिसमा चेतनाको स्तर विकास भइसकेपछी उसले कुनै न कुनै अइडियोलोजी लिन्छ । र यहि क्रममा म काठमाण्डौ आईसके पछी पछिल्लो चरणमा निजामती सेवामा काम गरी रहदाँ निजामती कर्मचारी संगठनको अर्थ विभाग कमिटीको सदस्य हुदै उपाध्यक्षसम्म काम गरी रहदाँ त्यसैगरी एमालेको सम्पर्क मन्चहरु, जिल्ला तथा अञ्चल सम्पर्क मञ्चहरु खुले त्यसमा आवद्ध हुदै लगभग साढे दश बर्ष जिल्ला कमिटीमा काम गरिसके पछी अहिले यो अवस्थामा आईपुगिएको छ ।

सरकारी जागिर खादा खादै राजनितीले आकर्षण गरेको हो ?

यस्तो छ मुलुकमा एकात्मक केन्द्रिकृत शासन प्रणलीका कारण आफुलाई जातिय रुपमा, धार्मिक रुपमा, सास्कृतिक रुपमा, सामाजिक मुल्यमान्यताको रुपमा ,क्षेत्रिय रुपमा र बर्गिय रुपमा अझ शोषण दमन र उत्पिडन र विभेद र बहिष्करणमा पारेको भन्ने जनगुनाशाहरु संगठित रुपमै आउने गर्यो । त्यसो हुदाखेरी यसरी शोषण दमन र उत्पिडनमा परेकालाई कसरी उनिहरुको नेतृत्व विकास गर्न सकिन्छ र उनिहरुलाई गरी खाने नागरिकको रुपमा कसरी स्थापित गर्न सकिन्छ भन्ने पाटोबाट सोच्दा खेरी मलाई नेकपा एमालेको सम्पुर्ण आदिवासी जनता तथा पीछडिएको जनताको हितको लागि निति योजना तथा कार्यक्रम स्वीकार्य लाग्यो त्यसै भएर म एमाले तर्फ लागे ।

यसै विचमा पर्यटन मन्त्री पनि हुनु भयो, काम चाहिँ के गर्नु भयो त ?

खास गरेर जब म मन्त्री भई रहदाँ मुलुकमा विनाशकारी भुकम्प आयो र त्यस क्रममा जनतालाई भनेको समयमा राहत पुर्याउनु पर्ने त नी थियो त्यसको अतिरिक्त हाम्रो जे हेर्न पर्यटक आउछन धार्मिक सास्कृतिक, तथा पर्यटकिय धरोहरहर पनि भत्किएको अवस्थामा थियो । त्यसलार्ई कसरी पुरानै अवस्थामा पुनरनिर्माण गर्न सकिन्छ भनेर पुनरनिर्र्माण गर्ने, अध्यन गर्ने, कस्ट ईस्टिमेट गर्ने जस्ता केहि न केहि राम्रा काम भएका छन् । केहि ठाउ विशेष रोजेर बाहिरी लगानीहरु पनि आउन खोजेका हुन तर यसमा हाम्रो धार्मिक महत्व बोकेका धरोहरहरु बाहिरी आवरण नबिगारी जस्ताको त्यस्तै हुनु पर्छ भन्ने केही राम्रा कामहरु भएका छन् यो निरन्तर चलिरहने प्रकृया पनि हो ।

kripa-sur-sherpa-with-rabi-bhattarai

भोजपुर क्षेत्रनम्वर १ को निवाचित सांसद पनि हो, भोजपुरमा चाहिँ के गर्दै हुनुन्छ नि ?

हैन, खाश गरेर समग्र हामी अभावै अभावमा खड्किएको अबस्थामा छौँ । लोकतन्त्र आएपछी मान्छेको चाहाना पनि बृद्धि भएको छ । समग्रमा हाम्रो जिल्लाको धरातलिए भु बनोट पनि त्यस्तै छ । त्यसैले स्थानिय तहका नागरिकको चाहानालाई मध्यनजर गरेर अध्यन गरेर त्यसमा जोड दिएका छौँ र यो निरन्तर चलिरहने प्रकृया पनि हो र आफ्नु पालामा कति सकिन्छ गर्ने र सबैले रम्रो गर्ने हो भने सबैले विकासको स्वाद चाख्न सक्छन् । यो कुरालाई म राम्रोसंग हेक्का राख्छु पनि, म पनि त्यही माटोमा कुटो कोदालो गरेको मान्छेको हैसियतले त्यो क्षेत्रका जनताको हक र हितमा लागि नै रहेको छु ।

चुनाव जितिसके पछि सांसदहरु राजधानी केन्द्रित हुन्छन् जिल्ला जादैनन् भन्ने गरिन्छ, यसलाई कसरी लिनुहुन्छ नी ?

कतिपय हद सम्म ठिकै होला तर कस्तो छ भने जिम्मेवारी दिईसके पछी जिल्लामै आएनन् भन्ने गुनासोबाट चाहि मुक्त हुनुपर्छ किनभने गाउमै मात्र बसेर त सदनमा कुरा उठाउन सकिदैन नि शहर केद्रित नै भए पनि हामी आफ्नै मटोको आवाज उठाई रहेका हुन्छौ त्यो बुझिदिनु पर्यो । फेरि जुन म्यान्डेडबाट हामी आएका छौ, त्यो पनि हामीले भुल्न भएन । त्यो नभुलेको खण्डमा पक्कै पनि त्यस्ता समस्या आउदैनन् ।

तपाईको क्षेत्रमा पटक पटक एमालेले जितेको छ तर विकासको स्तर त दैखिदैन नी ?

भौगोलिक हिसाबले पनि अलि जटिलै छ तर कुरा के भने विकास हुनको लागि छिमेकि जिल्लाहरुको पहिले विकास हुनुपर्ने रहेछ एकै चोटि विकास पस्ने हैन रहेछ । त्यसैले हाम्रो विकास हुन धनकुटाको विकास हुनुपर्ने र अहिले चाहिँ आशा लाग्दो विकास देखिएको छ । सडकको हिसाबमा अब धमाधम काम भईरहेको छ । ठेक्काहरु भईसकेको छ अब हम्रो उत्पादनहरु ठुला शहरमा बेच्चे र त्यहाको जनताको अर्थिक सम्बृद्धि कसरी गर्न सकिन्छ भन्ने तर्फ सोचिरहेको छु र अवका दिनमा यस्ता कुराहरुले ठुलै फड्को मार्छ जस्तो लाग्छ ।

विकासको हिसाबले भोजपुरलाई पुर्बको कर्णालीको रुपमा हिजो अस्तिसम्म चिनिदै थियो नि ?

त्यस्तो गुनासो भएकै हो ,भोजपुरको नगरिकता बोकेकाहरु पटक पटक मन्त्री मण्डलमा आएका छन । सासद मन्त्री भएका छन् तर हेरेका छैनन् भन्ने जनगुनाशो राख्नु स्वभाविक हो । हुन पनि त्यस्तै छ ।

अव भोजपुर विकासको लागि तपाईको योजना के छ ?

वास्तम्मा एउटा गुरु योजना जिल्ला विकास समितीमा एमालेको बर्चस्व भएको वेलामा एउटा जिल्लाको समग्र विकासको गुरुयोजना छ । सडक योजना कहाँ कसरी बनाउने भन्ने योजना छ । बजेटको अभावले लागु गर्न सकिएको छैन र त्यसमा केही परिमार्जित गरेर लाग ुगर्ने हो कि भनेर पनि कुराहरु भईरहेको छ । अझ मेरो भनाई के छ भने जो जुन ठाउमा छ त्यसले आफुले सकेको सहयोग गरेको खण्डमा जस्तै राजनितीज्ञले आफ्नो तर्फबाट,पत्रकारले अफ्नो ठाउबाट, अन्य साथीहरुले पनि आफुले सकेको ठाउबाट आफु अनुसारको काम गर्ने हो भने पुर्वको कर्णली हैन कि पुर्वको नमुना जिल्ला बन्ने छ ।

तपाईको पार्टीमा गुट छ ?

छ, हुन्छ पनि जिवन्त पार्टीमा गुट हुन्छ । बैचारिक संघर्ष हुन्छन् तर बहुमतको निर्र्णय गर्ने र अल्पमतको कदर गर्ने पार्टी हो नेकपा एमाले ।
तपाई एमालेको नेता, सासद तपाईले देशका लागि तपाईको क्षेत्रका जनताका लागी के गर्छु भन्ने लाग्छ ?
सबैले मुलक र मुलुक वासिको हित गर्न भनेर नै राजनिती गरेर आएको हुन्छ र मैले पनि त्यसै गर्छु । रास्टिय योजना आयोग छ त्यसले विभिन्न योजनाहरु ल्याएका हुन्छन र त्यो मेरो क्षेत्रमा पर्यो परेन भन्ने सवालहरुमा जिल्लामा मात्र हैन देशमै केहीन केहि कुराहरु उठाई रहन्छौ र उठाई रहने छु ।

हामिलाई समय दिनुभयो तपाईलाई धन्यवाद

मेरो बिचार राख्ने मौका दिनुभयो यसका लागि तपाई लगायत तपाईको टिमलाई धन्यबाद छ ।

पुर्व पर्यटन मन्त्री कृपासुर शेर्पासंगको भिडियो कुराकानी हेर्न तल क्लिक गर्नुहोस्:-

 

You may also Like this

थप समाचार

जिराभवानी गाउँपालिकामा एमालेले बाजी मार्यो

७ असोज । पर्साको जिराभवानी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेका उम्मेदवार विजयी भएका हु ...

दुई पूर्व सभासदलाई हराउँदै २८ वर्षे युवक बने पोखरीयाको मेयर
दुई पूर्व सभासदलाई हराउँदै २८ वर्षे युवक बने पोखरीयाको मेयर

७ असोज, पर्सा । पर्साको दोस्रो सदरमुकामको रूपमा चिनिने पोखरीया नगरपालिकाको मेयरमा दुईजना पूर्व सभासदलार्इ पराजित गर्दै जनता द ...

एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिन्छः अध्यक्ष दाहाल
एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिन्छः अध्यक्ष दाहाल

काठमाडौं, असोज ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीको जितलाई अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् । श ...

कांग्रेसको गढमा फोरमले बाजी मार्यो
कांग्रेसको गढमा फोरमले बाजी मार्यो

७ असोज । कांग्रेसको गढ मानिएको पर्साको सखुवा प्रसौनी गाउँपालिकामा फोरम नेपाल विजयी भएको छ । फोरम नेपाल प्रदिप कुमार जयसवाल १० ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...