कृषि विकास बैंकको ५ करोड घोटालाकी योजनाकार दिपिका जेल चलान

२०७४ माघ २५ गते ०८:४६ मा प्रकाशित


regmi

काठमार्डौ माघ २५ । कृषि विकास बैंक, न्यूरोड शाखाको करिब ५ करोड रुपैयाँ हिनामाना काण्डकी योजनाकार बैंककै सहायक टेलर दिपिका रेग्मीलाई जेल चलान गरिएको छ ।

उच्च अदालत, पाटनले बुधबार उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

घटनामा मुछिएका मुख्य प्रबन्धक प्रेमहरि ढुंगेललाई १ करोड, इसीसी प्रमुख गोपाल गिरीलाई ५० लाख, कर्जा प्रमुख महेश्वर मरहट्टा र सरिल रेग्मीलाई २५/२५ लाख र तेह्रथुम घर भइ हाल काठमाडौंको बालाजु बस्दै आएका ज्वलरी पसल सञ्चालक प्रकाश घतानीलाई ५ लाख रुपैयाँ धरौटी मागिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता जीवन श्रेष्ठले अनलाइनखबरलाई बताए ।

त्यस्तै, तारनाथ पाण्डेलाई १ लाख रुपैयाँ धरौटी माग गरिएको छ भने बैंकका सुरक्षागार्ड रमेशकुमार थापालाई साधारण तारेखमा छाडिएको छ ।

यस्तोथियोघटना

मंसिर महिनाको दोस्रो साता सीआईबीले अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर ४ करोड ९१ लाख हिनामिना गरेको भन्दै दिपिकासहित ३ जना कर्मचारीलाई पक्राउ गरेको थियो ।

उनले सेवाग्राहीले जम्मा गरेको चेक ‘इलेक्ट्रोनिक चेक क्लियरेन्स’ -ईसीसी) मार्फत सम्वन्धित सेवाग्राहीको खातामा जम्मा गरेपछि भुक्तानी वापत जेनेरेट गरेको रिपोर्टलाई इडिट गरेर त्यही चेक पुनः प्रयोग गरेको र बैंकमा रहेको आˆनो र आफन्तको खातामा रकम जम्मा गरेको थिइन् । यसरी जम्मा भएको रकम उनले सुनचाँँदी लगायतका सामाग्री खरिदमा प्रयोग गरेको भेटिएको छ ।

त्यसरी पाएको रकम उनले विभिन्न व्यक्तिको खातामा जम्मा गर्ने गरेकी थिइन् । अनुसन्धानका क्रममा बैंकका अन्य कर्मचारी पनि उनको कर्तुतमा संलग्न भएको खुलेको थियो ।

दिपिकाको योजनामा नेपाली सेनाका सहयाकरथी रमेश विष्ट समेत मुछिएका थिए । दिपिकाले बैंकबाट हिनामिना गरेको रकम विष्टको खातामा समेत भेटिएको थियो । हाल उनलाई सैनिक हिरासदमा राखेर अनुसन्धान भइरहेको छ ।

बैंकको करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएपछि दिपिकालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा ३२ लाख रुपैयाँ जर्नेलको खातामा भेटिएको थियो । समाचार अनलाईन खवर डटकम बाट ।

You may also Like this

थप समाचार

दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै

चितवन, वैशाख ७ – चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।  बिहीबार पा ...

तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने
तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने

इन्धन ढुवानीमा संलग्न ट्यांकर व्यवसायीले हडताल गरे नेपाल आयल निगमले सम्झौता खारेज गर्ने भएको छ। यसपालि हड्ताल गरेर खारेजीमा प ...

६२ लाखको कारोवार गर्दै २१औं फ्लोरा एक्स्पो सम्पन्न
६२ लाखको कारोवार गर्दै २१औं फ्लोरा एक्स्पो सम्पन्न

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि  ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय ...

फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा बढिको कारोवार
फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा बढिको कारोवार

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...