अरुका छोराछोरी मार्न लगाएर आफ्ना छोराछोरी मेयर बनाउँदैछन्ः केपी ओली

२०७४ बैशाख २८ गते १६:५६ मा प्रकाशित


kp---२८ बैशाख, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीका अघिल्तिर लम्पसार पर्दा-पर्दा सत्ताधारी दलका नेताहरुको घुँडाभरि घाउ नै घाउ भएको टिप्पणी गरेका छन् ।

भरतपुर महानगरपालिकामा एमाले चितवनले गरेको वृहत चुनावी सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले भने- ‘राष्ट्रिय एकता र अखण्डतालाई कमजोर बनाउन परिएको लम्पसारले उनीहरुका घुँडामा टाटैटाटा परेका छन् ।’


माओवादी-कांग्रेस गठवन्धनतर्फ संकेत गर्दै पूर्वप्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले नाम्लो लगाएर माओवादी बोकेको आरोप लगाए ।

ओलीले भने- ‘चितवनकै बाँदरमुढे घटनाका घाइते अझै पनि यहीँ छन्, हजुरआमा भेट्न आउँदा टाँडीमा ढलाइएका कृष्ण अधिकारीकी आमा अझै अस्पतालमै छिन्, माओवादीको भाटा खाएका कांग्रेस कार्यकर्ताका ढाडमा अझै सुम्लाका डाम छन् ।’

एमाले अध्यक्ष ओलीले कांग्रेस कार्यकर्तालाई अब झोक्राएर नबस्नसमेत आग्रह गरे ।

माओवादीले युद्धका नाममा युवाहरुको भविश्य र समय बर्बाद बनाएको बताउँदै ओलीले भने- ‘अरुका छोराछोरी मार्न लगाएर आफ्ना छोराछोरी मेयर बनाउँदैछन्, त्यो पनि देउवाको विवेकलाई बन्धकी बनाएर ।’

एमालेको चुनावी सभामा एमाले महासचिव ईश्वर पोखरेल, स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डे, भरतपुर महानगरका एमाले उम्मेदवार देवी ज्ञवाली, उपमेयरकी उम्मेदवार दिव्या शर्मा, जिल्ला सचिव पार्वती रावल लगायतले बोलेका थिए ।

एमाले अध्यक्ष ओली भरतपुरबाट आजै पूर्वी चितवनको रत्ननगर, खैरहनी, र राप्तीमा हुने जनसभामा सहभागी हुने कार्यक्रम छ ।

एमाले अध्यक्ष केपी ओली सत्तापक्षका नेताहरुविरुद्ध कडा रुपमा प्रस्तुत भइरहँदा आजै महानगरमा शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डले संयुक्त चुनावी सभालाई सम्वोधन गरेका थिए ।

 

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...