केपी ड्राईभर प्रचण्ड खलासी 

२०७३ जेष्ठ १ गते ०८:२० मा प्रकाशित


हावामा भरिएको बेलुनजस्तो आकार मात्र ठूलो भएर हुदैन, तौल पनि चाहिन्छ । रुक्माङगद नामको छेस्कोले के घोचेको थियो फ्यास्स हावा खुस्कियो । अझ माओवादी छाते च्याउ मात्रै हो, भदौको ठुलो थोप्ला पनीले पनि ठेगान लगाउँछ । प्रचण्डको सरकार ढले लगत्तै तात्तातै यही कटाक्षपूर्ण टुक्का हानेर प्रचण्डको सेखी झार्ने तीनै के पी ओली आज प्रचण्डको भरोसामा देश हाक्ने ड्राईभर बनेका छन् । थोरै तलमाथि भयो की प्रचण्ड एउटा खाली पानामा दुई चार अक्षर लेखेर हस्ताक्षर गरदिन्छन, कठै के पी गुरु चार नम्बरमा भएको गाडीको गियर नै डाउन गर्न नपाई इमरजेन्सी ब्रेक झ्याप्प लगाउन बाध्य हुने स्थिति पैदा हुन्छ । त्यो ब्रेकको झड्का क्या भयानक हुन्छ भने छिनमै राजनीतिक वृतमा हुण्डरी सृजना हुन्छ । खाईरहेको पद प्रतिस्ठा मान सम्मान त्यो ब्रेक संगै निमेषमै त्रिसुलीमा चुर्लुम्म हुनपुग्छ ।

राजनीति साधारणले बुझ्न सक्दैनन् भन्थे वास्तवमै हो जस्तो लाग्छ हिजो सम्म माओवादीलाई कटाक्ष बोल्ने तीनै के पी आज उसैलाई खलासी राखेर आफू डाईभरको सिटमा बसेका छन् । हारेकाहरूले प्रधानमन्त्री, मन्त्री पड्काउछन् जितेकाहरू हेरेका हेरै हुन्छन् । गजबको खेल हेर्न पाईने यो खेलले कुनबेला के मोडलिन्छ कहाँ गएर ठोकिन्छ, कसको स्वार्थमा घुम्छ यो असिमित समयमा निहित स्वार्थ जस्तो देखिने यो अवस्थामा प्रचण्ड खलासी के पी डाईभरको स्थिति सिर्जना भएको छ । हेर्न बाँकी छ यो जोडीले कुन ठाउसम्म पुर्याएर देशलाई छोड्ने हो त्यो समयले बताउने छ ।


के पी ओली र प्रचण्डको सम्बन्धलाई सुक्ष्म विश्लेषण गर्ने हो भने जो कोहीले सजिलै बुझ्न सक्ने भनेको दुबै कम्युनिष्ट सिद्दान्तमा टेकेर राजनीति गर्ने पात्र हुन । यीनिहरू दुबै फरक तरिकाबाट नेपाली राजनितिमा आएका फरक व्यक्ति जसले माक्स र लेलीन लाई आदर्श मान्छन् र यीनिहरु दुबै कम्युनिष्ट जसले देशको बागडोर समाली सकेका छन् । अब अर्को पक्ष कोट्याउने हो भने ओली यसरी आम मानिसमा लोकप्रिय बनेका नेता हुन, जसले माओवादी पार्टी विरुद्ध कटाकक्ष टुक्काहरुद्वारा खनिएर एकाएक आम जनतामा आफ्नु लोकप्रियता कायम राखेको कुरा नकार्न सकिन्न ।

अर्को तर्फ ०६२/०६३ को आन्दोलनमा, यो आन्दोलनले गणतन्त्र ल्याउनु र बयलगाढा चढेर अमेरिका पुग्नु उस्तै उस्तै हो भन्दै हिड्ने ऊनी आज त्यही गणतन्त्रको जगमा प्रधानमन्त्री बने तसर्थ उनको सामर्थलाई कम आक्न भने सकिन्न । अझ अर्को कुरा धेरै वर्ष एमालेमा एकछत्र आफ्नो पक्कड जमाएका माधवकुमार नेपाललाई पछि पार्दै नेकपा एमालेको अध्यक्ष पदमा निर्वाचित हुनु पनि सामान्य कुरो थिएन । तर उनि अध्यक्षमा निर्वाचित भए । स्वास्थ्यको हिसाबमा उनि मृगौलाका बिरामी हुन तर कमजोर स्वास्थ स्थितिका बाबजुद उनि आफ्नो राजनैतिक फट्को यसरी मार्दै गए आज देशको प्रधानमन्त्री पदमा आसिन छन् तर मान्छेले टुक्के प्रधानमन्त्री यसले केही गर्न सक्दैन टुक्काले देश बन्दैन भन्दैगर्दा मलाई सोध्न मन छ जो व्यक्ति १४ वर्ष देश र जनताको लागि भन्दै जेल बस्छ भने के त्यो व्यक्ति देशको प्रधानमन्त्री हुन लायक छैन त ? यही नेर हो ओली प्रति मेरो विश्वास जसले देश र जनताका लागि चौध–चौध वर्ष जेलमा आफूलाई सडाउन तयार हुन्छ भने त्यो व्यक्ति सामान्य हैन । जो कोहीसँग सिद्धान्त पार्टी विचार फरक हुन सक्ला तर यस्ता व्यक्तिहरु बिरलै पाईन्छन यस्ता व्यक्तिहरुले देश हक्न नसक्ने भन्ने कुरै हुदैन । तर यसो भन्दैमा सबै आफू मात्र ठिक ,अन्यका विचारहरु गलत भन्ने मानसिकताले छोप्यो भने सबै उसका त्याग र तपस्या खोलामा बगेर तीनै स्वार्थी कुराहरू झोलामा भरिएर एकदिन ओलीको झोला च्यतिने संभावना नरहला भन्न सकिन्न अहिलेको अवस्था पनि कतै तेतैतिर त उन्मुख छैन भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।
अर्को तर्फ द्वन्दबाट शान्तिप्रक्रिया मा आएको एमाओवादी र त्यसका अध्यक्षको कुरा गर्ने हो भने, उनि यस्ता पात्र हुन जो दश वर्षसम्म जङ्गलमा बसेर हतियारद्वारा राज्यसत्ता कब्जा गर्न सकिन्छ भन्ने मानसिकता बोकेका तर हार खाएर बाह्र बुँदे सहमतिमार्फत शान्तिप्रक्रियामा आएर पहिलो संविधानसभाबाट देशकै ठूलो पार्टी बन्न सफल हुँदै पछिल्लो चुनावबाट तेस्रो स्थानमा आएको पार्टीका अध्यक्ष तथा पूर्व प्रम साथै अहिले ओली सरकारको मुल पिलर हुन प्रचण्ड । धेरै आश र भरोसा थियो जनतालाई प्रचण्डसँग तर अपसोच त्यो पुरा हुन सकेन, अझै आस बाँकी छ अझै उनले प्रतिभा देखाउने ठाउँहरु छन् देखाउलान् यो पनि समयले बताउला ।


अजको मुल आवश्यकता के भन्ने प्रश्न खड्किन्छ, दश वर्ष सम्म तत्कालिन माओवादीले गरेको युद्धका डोबहरु पुरिएका छैनन्, एक बर्ष अघि भूकम्पले लगएको घाउ निको भएको छैन, अलि अगाडि भारतले लागाएको नाकाबन्दीका कारण आजसम्म ग्यास र तेल सहज छैन महङ्गी भ्रष्टाचारीहरू दिनानुदिन बढ्दै छन् ,मनपरितन्त्र छ जसलाई जे गर्न पनि छुट जस्तो । न्याय पाउनेले पएका छैनन् सजाय पाउनेहरू छाति फुलाएर हिडेका छन् । कानुन कुन दुलामा छ भनेर खोज्ने अवस्था छ । आखिर यसको मुख्यकारण के ? र समाधान के ? के गर्दा न्यायको शासन स्थापित हुन्छ ? भन्ने प्रश्नहरु वरिपरी घुमिरहन्छन् जुन जोगी आएपनि कानै चिरिएका भन्ने ऊखानको चरितार्थ भएको छ । जुनै नेता आएपनि सहजताको महसुस पटक्कै छैन । राजनीतिक वृतमा अराजकता मडारिएको महसुस हुन्छ, पूर्णकालिन सरकार बन्न सकेका छैनन् खाली म्यादी सरकार मात्र बनेका छन् । जो नौ/दश महिना नपुग्दै विकल्प खोजिन्छ जसले गर्दा एउटा सरकारले ल्याएका नीति तथा कार्यक्रम अर्कोले कार्यन्वयन नगर्ने र आफू पनि केही नगर्नाले लथालिङ्ग स्थिति पैदा भएको छ तर गर्ने त नेपालकै राजनैतिक पार्टिले हो यीनै काँगे्रस, एमाले, माओवादी, मधेसवादी र अरु-अरु यसमा कुनै दुईमत छैन् । तर हाम्रा देशका नेताहरु नै देशको हितका मुद्दाहरुमा एक हुन नसक्नु बिडम्बना हो, आफू शक्त्तिमा पुग्न पाएपछि देश, जनता र पार्टीका सिद्धान्तहरू खोलामा बगाई आफू कुुर्सिमा झुण्डिनु नै देशले गति लिन नसक्नुको कारक तत्व हो ।


यसअर्थ यदी म हैन हामी आफू हैन जनतालाई मध्यनजर गर्दै देश र जनताका हित हुने मुद्दालाई एउटै टेवुलमा बसेर मुख्य पार्टीका लिडरहरू एकमत भएको खण्डमा जो सुकै प्रधानमन्त्री, मन्त्री भए पनि फरक पर्दैन । अब प्रधानमन्त्री केपी ओली सामु त्यही जटिलता अगाडि छ उनले कमसेकम मुख्य दलको मन जित्न सक्छन कि सक्तैन उनीहरुलाई मिलएर लान सक्छन भने उनको सत्ता टिक्ला हैन भने उनि पनि म्यादी सरकारका ३८ औँ प्रधानमन्त्री मात्र हुनेछन ।

 

You may also Like this

थप समाचार

ओलीलाई किन भेटिनन् भारतीय विदेशमन्त्री स्वराजले ?
ओलीलाई किन भेटिनन् भारतीय विदेशमन्त्री स्वराजले ?

काठमाडौं, साउन २८ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नभेटी स्वदेश फर्क ...

५ दिनमा २ पटक सगरमाथा आरोहण गरी यी महिलाको राखिन् नयाँ कीर्तिमान !
५ दिनमा २ पटक सगरमाथा आरोहण गरी यी महिलाको राखिन् नयाँ कीर्तिमान !

१० जेठ, सोलुखुम्बु । एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गरेकिछन् । उ ...

विदेशी मुद्राको विनिमय दर
विदेशी मुद्राको विनिमय दर

काठमाडौं, वैशाख १५ – नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २८ पैसा र ...

डेब्यु फिल्ममा यस्ता थिए बलिउडका स्टारहरु
डेब्यु फिल्ममा यस्ता थिए बलिउडका स्टारहरु

सलमान खानः डेब्यु- बीबी हो तो ऐसी (१९८८) सलमान खानबाट सुरु गरौं । हुन त उनी सालिम खानका छोरा हुन्, जसले आफ्नो जमानामा &l ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...