कोरियाबाट बर्खा सम्झदा

२०७३ साउन ७ गते १३:३९ मा प्रकाशित


  • कुमार शर्मा

असारलाई मानो छरेर मुरी फलाउने बेला भनिन्छ । हामी नेपालीका लागि यो महिना वर्षभरीको लागि खानाको जोहो गर्ने मूख्य बेला पनि हो । ८० प्रतिशत भन्दा बढी नेपाली कृषि पेशामा लागेको हाम्रो देशमा परम्परागत कृषि पेशालाई जीविकोपार्जन को मुख्य स्रोतको रुपमा लिइन्छ । आज काम गर्न सक्ने उमेरका ४० लाख भन्दा बढी युवा विदेशी भूमिमा पसिना बगाइरहेका छन् । भन्न त भनिन्छ हाम्रो देशलाई कृषि प्रधान देश अब त रेमिटेन्स प्रधान देश भन्दा पनि फरक पर्र्दैन होला । नेपाल सरकारसँग गाउँका कति खेत बारी बाँझै छन त्यसको रेकर्ड छैन, कति नेपाली विदेश गए भन्ने रेकर्ड राख्न धम्य–धम्य छ । देशमा कामको लागि आवश्यम पर्ने जनशक्तिको चरम अभाव देखिन थालेको छ । गाउँ घर सुनसान हुन थालेका छन । आज महिला ताथा वृद्ध वद्धाहरुले मात्रा कृषि पेशालाई धानिरहेको देखिन्छ ।
 kumar-sharma
नेपालमा युवा पुस्ता कृषि पेशामा किन लागेनन्, यो पेशालाई किन अगाल्न नसकेको होला यस प्रश्नको जवाफ कसले दिन सक्छ । सैदान्तिक कुराहरुलाई हेरेर अनुमानको भरमा यसको उत्तर नखोजियोस यसको व्यवहारिक पक्षलाई हेरियोस । नेपालमा कृषि क्षेत्रको विकाश गर्न यसलाई अधुनिकीकरण तर्फ उन्मुख गर्न स्थानीय, नीजि तथा सरकारी क्षेत्रबाट के कस्ता पहल कदमी भएका छन् । जुन प्रयाप्त छन् या छैनन्, यसको मापन कसले गर्ने हो सहकारी मार्फत जनतालाई सहुलियत दरमा ऋण दिने, कृषिमा अधुनिक औजारको वितरण तथा विस्तार गर्ने भनिए पनि त्यस्तो हुन सकेन युवाको हितमा भनिएका युवा स्वरोजगार जस्ता कार्यक्रमहरुको राजनीतिको आडमा दुरुपयोग गरियो । यी प्रश्न यसको परिणम आज त्रिभुवन विमानस्थलबाट दैनिक रुपमा हजाराँै को सँख्यामा विदेशिन बाध्य नेपालीको अनुहारले बताउँछ । भूकम्पले क्षत विक्षत पारेर छाडेको नेपाली आमाको मुटुमा ठुलो घाउ लागेको छ । मलम लागउन सक्ने सबै युवा आज विदेशी धर्तिलाई सिँगार्दै छन् । पुनः निर्माण गर्नका लागि लाखौँ जनशक्तिको आवश्यता पर्ने बेलामा देश भित्र नै भएका मानिस पनि विदेशिने क्रम झन बढिरहेको देखिन्छ ।
देशको विकाश गर्न भनि जनताले चुनेर पठाएका नेताहरुले आज आफ्नो सवै जसो समय सरकारमा कसरी जाने र सरकारमा पुगेकोलाई कसरी ढाल्ने भन्ने कुरामा वर्षाै बिताइदिन्छन् । र्आिथक वर्षको सुरुमा बजेट प्रस्तुत हुन्छ । युवा शक्ति विदेशिनु हुदैन युवाहरुलाई स्वरोजगार बनाउँछौँ बेरोजगारलाई भता दिन्छाँै एक घर एक रोजगार भन्ने जस्ता शब्दले के नेपालीको भोको पेट भरिने वाला छ त । के त्यही शव्दको आधारमा हामी अब रोजगारी पाउन सकिएता त यि सबै राजनीतिक शव्दजाल मात्र हुन यथार्थ नाङगो छ ।
मेरो जन्म जिल्ला पर्वत जिल्लामा जम्मा ३६ हजार घर धुरी भएको जिल्लाबाट भारत बाहेकको देशमा रोजगारीमा जाने लगभग पुरुष २० हजार र महिला ४ हजारको संख्यामा रहेको एउटा सर्वेक्षणले देशएको छ । म आफू पनि विदेशी भूमि सिंगार्न न अएको पनि २ वर्ष पुग्न लाग्यो । प्रत्येक घरमा वैदेशिक रोजगारमा नगएको त घर नै छैन भन्दा पनि हुन्छ । यस्तो अवस्था आउनु समयको माग हो की रहर हो या मानिसको बाध्यात्मक परिस्थिति हो ? यसको फरक फरक व्याख्या हुने गरेको पाइन्छ । वैदेशिक रोजगारले मानिसहरुको जीवनशैलीमा धेरै परिवर्तनहरु ल्याएको छ । दैनिक ज्यालादारी गरेर एक छाक टार्ने परिवारले आज वैदेिशक रोजगारबाट पैसा भित्राएर सम्पन्नताका साथ राम्रो जीवनशैली अपनाएको पनि प्रशस्त उदाहरण छन् । विकृतीका लहरहरु पनि हामी दैनिक सामाजिक सञ्जालबाट हेरीरका हुन्छौँ ।
अस्ति मात्र बाबाले फोन भनेको कुरा सम्झीदै छु कान्छा काम गर्ने मान्छे पाएको छैन एउटा ठाँउको खेत त रोपे अरु बाँकी नै छ बारी बाँझो नै छाडिदिएँ भनेर भन्दा मन गह्रौ भएर आउँछ । मैले सोधे पनि हाम्रो मात्रा कि सबैको उस्तै हो भन्ने प्रश्नमा बाबाले सबैको उस्तो भन्दै जवाफ दिनुभाथ्यो । यो समस्या वर्षको मात्र होइन अबको लामो समयसम्म यो समस्या रहन्छ । के गर्ने त काईला बाबाको छोरो पनि त विदेश गायो रे नि त अब त्यो पल्लो बारी ठूलो खेत कसले जोतिदिन्छ, हलो बनाउने दले बाबा को पनि उमेर ८२ नाग्यो अब नयाँ हलो कसले बनाइदिन्छ ? यो विदेशी भूमिमा मलाई यही चिन्ताले झन सताउँछ । गाउँ फेरी पनि खाली नै हुन्छ होला । गाउँघरमा तिनै बुढा बुढी , महिला केटाकेटी मात्र हुने त होला नि । गाउँमा अप्ठेयारो काम पर्दा सघाउने मान्छेको कति अभाव छ त्यो मैले यही बसेर पनि विचार गरिरहेको छु । गाउँमा मान्छे मर्दा पनि उठाउने मानिसको अभाव छ ।
वर्षा यामको सुरुवात सँगै खेतिपातीको चटारोले सबैलाई एकैपटक समाउँछ । यही वर्षाले खेति गर्ने मेलो त खोलिदिन्छ । यो हामी सबैलाई खुसीको कुरा हुन्छ के गर्नु वर्षा लागे लगत्तै विपत्तीको पनि सुरु हुन्छ । दैनिक कतै बाढी पहिरो त कतै डुवानको समाचारले मान खिन्न हुन्छ । कतै सडक अवरुद्ध कतै पहिरोमा पुरिएर मृत्युको खवर कतै घरबार विहीनको खवर समाचार सुन्दा लाग्छ किन आउँछ यो बर्खायाम यसले पनि केही खुसी सँगै केही दुख दिएर जान्छ । प्रकृति माथि हाम्रो त केही लाग्दैन तर पनि त्यसले पर्ने विपत्तिलाई त हामी सचेत हुने हो र सर्तकता अपनाउने हो भने कम गर्न त सकिन्छ । सबै जसो देशहरुमा यस्तो नहुने होइन सबै देशहरुमा यस्ता विपत्तिहरु आउँछन यस्ता विपत्तीहरुलाई समना गर्न ति देशहरुले पूर्व तयारी गरेका हुन्छन । विपत्ति न्यूनिकरण उपायहरु अपनाइरहेका हुन्छन् र उच्च प्रविधि हुने हुँदा ति देशहरुमा प्राकृतिक विपत्तीको पनि पूर्व सुचना हुन्छ । जसले गर्दा विपत्तिबाट बच्न विपत्तिबाट हुने क्षतिलाई कम गर्न सहयोग पुगेको हुन्छ ।

नेपालीलाई देशमै रोजगारी पाउने देशमै परिवारसँग बसेर आफ्नो कम गरेर एक छाक मिठो मसिनो खाने त्यो दिन छिटै आओस । आज विदेशी भूमिबाट नेपालको बारेमा सोच्न नपरोस । नेपालमा रहेर नेपालको बारेमा सोच्न पाइयोस । गाउँ घरका बाँझा खेत बारीलाई हरीयाली बनाउँदै नेपालको विकासमा इट्टा थप्न पाईयोस नेपालको विपत्तीमा सँगै सामना गर्ने खुसियालीमा सँगै रमाउने दिन आओस । विदेशी भूमिमा बगाउने पसिना नेपाली माटोमा बगाउन पाइयोस आफैँ नेपाली आमालाई सिर्गरेर खुसी साथ आफ्नो ठाउँमा रमाउने दिन आओस । विदेशी भूमिमा सिकेका सीपलाई कमाएको पैसालाई आफ्नो माटोमा उपयोग गर्न पाईयोेस । यही हामी विदेशिएका नेपालीहरुको चाहाना छ ।

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...