कोहलीलाई १२ लाख भारु जरिवाना

२०७५ बैशाख १३ गते १७:५५ मा प्रकाशित


virat kohali

रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीमाथि १२ लाख भारु जरिवाना गरिएको छ । बिहिबार चिन्नस्वामी रंगशालामा भएको चेन्नाई सुपर किङ्ग्सविरुद्ध आइपीएलको खेलमा सुस्त ओभर रेट कायम गरेको भन्दै उनीमाथि सो जरिवाना गरिएको हो ।

जरिवानासँगै कोहलीलाई आधिकारिक चेतावनी पनि दिइएको छ । सो खेलमा चेन्नाई ५ विकेटले विजयी भएको थियो ।

यो सिजन कोहलीले पहिलो पटक आइपीएलको निलम उल्लंघन गरेको कारण १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको आइपीएलले जनाएको छ ।

सो खेलमा कोहलीले १८ रन बनाउँदा चेन्नाईले बैंग्लोरले प्रस्तुत गरेको २ सय ६ रनको लक्ष्य पछ्याउन सफल भएको थियो ।

चेन्नाईको जीतमा कप्तान महेन्द्र सिंह धोनीले नटआउट रहँदै ७० तथा अम्बाती रायडूले ८३ रन बनाएका थिए ।

जीतपछि चेन्नाई तालिकाको शीर्ष स्थानमा रहेको छ भने बैंग्लोर छैटौँ स्थानमा छ ।

You may also Like this

थप समाचार

बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू
बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू

अनुमानका आधारमा या रिसइवीका कारण कसैलाई उजुरी हालेर अदालती झण्झट दिएका घटना धेरै हुन्थे । तर, अब कसैलाई एथेष्ट प्रमाण विना उज ...

जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा
जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा

काठमाण्डौ । पछिल्लो समय थोरै संख्यामै भए पनि युवाहरु नीति–निर्माण तहमा पुगेका छन । तिनै मध्यका एक हुन नेपाली कांग्रेसको ...

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...