मिर्गौला फेर्न नक्कली नाता: डा. कल्पनाको यस्तो छ अनुभव

२०७४ फागुन २० गते १०:०३ मा प्रकाशित


Kidney-mirgaula_4wEXPTSfIn

भक्तपुर - मिर्गौला प्रत्यारोपण गर्न नक्कली नाता प्रमाणपत्र बनाउने प्रवृत्ति बढेको छ । मिर्गौलादाता बिरामीका आफन्त हुनुपर्ने प्रावधान लत्याउँदै नक्कली नाता प्रमाणपत्र बनाउनेको संख्या बढेको हो ।

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नेफ्रोलोजी विभाग प्रमुख मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले बिरामीले नक्कली नाता प्रमाणपत्र ल्याउने गरेको बताइन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

विदेशको तुलनामा नातासम्बन्धमा धेरै फराकिलो व्यवस्था भए पनि बिरामीले नक्कली नाता प्रमाणपत्र बनाउने गरेको उनले बताइन् । ‘नेपालमा नातासम्बन्धमा धेरै फराकिलो व्यवस्था छ’, उनले भनिन्, ‘तर पनि नक्कली नाता प्रमाणपत्रको कागजात ल्याउने गरेका छन् ।’

मिर्गौला फेल भएका बिरामीलाई बचाउन सरकारले दान दिने बिरामीका आफन्तको दायरा फराकिलो बनाएको हो । जसअनुसार मिर्गौला दान दिने व्यक्ति कानुनअनुसार बिरामीको नाता पर्नुपर्छ । कानुनले तोकेबाहेकका व्यक्तिले दिएको मिर्गौला दानभन्दा पनि किनबेच मानिन्छ, जुन गैरकानुनी हो ।

तर, कानुनी कारबाहीबाट बच्न नक्कली कागजात ल्याउने गरेको मिर्गौला रोग विशेषज्ञ डा. श्रेष्ठ बताउँछिन् । उनका अनुसार नक्कली कागजात बनाएर ल्याएको फेला परे प्रहरीको जिम्मा लगाउने चेतावनी दिएपछि भने नाताबाहिरका व्यक्तिहरू मिर्गौला दान गर्न हच्केको उनको अनुभव छ ।

‘नक्कली कागजात बनाएर मिर्गौला दान दिन आउने र मिर्गौला लिने बिरामीलाई प्रहरीको जिम्मा लगाउने भनेपछि केही व्यक्ति पछि हटेका छन्’, उनले भनिन् । केन्द्रमा आएर जाँच गराइसकेका बिरामीले नै नक्कली नाता प्रमाणपत्र लिएर आउने गरेको उनले सुनाइन् । ‘सुरुदेखि हामीले जाँचेका हुन्छौं । जाँचका क्रममा बिरामीका आफन्त को–को हुन्, सबै जानकारी भइसक्छ ।’

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...