विद्यार्थीको पढाइमा बाधक बन्यो खोलाको पुल

२०७४ साउन १३ गते १२:५८ मा प्रकाशित


pool१३ साउन । साउन ५ गतेदेखि जाजरकोटका सामुदायिक विद्यालयमा पढाइ शुरु भएसँगै समस्या पनि थपिएको छ । जिल्लाका दुर्गम गाउँमा रहेका विद्यालयमा आउन र जान साना बालबालिकालाई खोलानालामा पानी बढेका कारण समस्या भएको हो ।

वर्षायाममा खोलामा पानी बढ्ने तर पुल नभएका कारण विद्यालय आउन र जान समस्या भएको जिकुवास्थित पञ्चभयार माविका शिक्षक दलबहादुर खत्रीले बताउनुभयो । । वर्षायाममा लामो समस्यसम्म विद्यालय बन्द हुँदा विगतका वर्षमा खासै चिन्ता हुँदैनथ्यो तर योपटक साउन ५ गते नै विद्यालय खुल्दा समस्या भएको हो ।
स्थानीय जनप्रतिनिधिले यहाँका विद्यालय नजिक रहेका खोलामा काठेपुलको व्यवस्था गरिदिए ढुक्कका साथ बालबालिकालाई विद्यालयमा पठाउन सकिने त्रिवेणी नलगाड नपा–८ का रामप्रसाद खत्रीले वताउनुभयो ।

हिउँदयाममा खोलामा पानीको मात्रा कम हुने भएकाले त्यसतर्फ ध्यान कसैको नजाने स्थानीयवासीको भनाइ छ । जिल्लाका रग्दा, भगवती, सक्ला, रामीडाँडा, नायकवाडा, रोकायगाउँ, दहलगायतका अधिकांश ठाउँमा यो समस्या छ ।

खोलामा अस्थायी पुल भए पनि तत्काल स्थानीय सरकारले व्यवस्था गर्नुपर्ने चर्को माग उठेको छ । विगतमा विद्यालय आउँदै गर्दा धेरै विद्यार्थीले ज्यान गुमाएको सम्बद्ध शिक्षकको भनाइ छ । अहिले यहाँका स्थानीय तहमा विनियोजन गरिएको बजेटमा खोलामा पुल निर्माण गर्नेतर्फ ध्यान नगएको छैन। रासस

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...