काठमाडौँ मलले गर्यो उत्कृष्ठ ब्यापारीलाई सम्मान

२०७५ बैशाख १० गते ०९:३१ मा प्रकाशित


Kathmandu-Mall

काठमाडौँ सुन्धारा स्थित काठमाडौँ मलले नया वर्षको अवसर पारेर मल भित्र संचालित व्यबसायीको मनोबल उच्च बनाउने अभिप्राय स्वरुप उत्कृस्ट व्यबसायीलाई सम्मान गरेको छ l  बैसाख १ गतेको दिन सम्पन्न भब्य समारोहका बीच सम्मान कार्यक्रम गरिएको थियो l

बिगत लामो समयदेखि काठमाडौँ मलमा आफ्नो व्यबसाय गर्दै आउनुभएका रुरु फेन्सी स्टोरका संचालक बिष्णु प्रसाद ढकाल सम्मानित हुनुभएको हो l व्यबसायी ढकाललाई  नगद रु.१०,०००/- सहित कदरपत्र र खादाद्वारा सम्मान गरिएको थियो l

काठमाडौँ मल ब्यबस्थापन समुहको मन जितेर उत्कृस्ट व्यापार संचालन गरेको र अन्य व्यबसायीका लागि पनि उदाहरण पेश गर्न सफल भएकोमा उक्त सम्मान कार्यक्रम गरिएको र प्रत्येक वर्ष उक्त सम्मान कार्यक्रमलाई निरन्तरता दिइने काठमाडौँ मलका व्यवस्थापक देबेन्द्र के.सी.ले हामीलाई जानकारी गराउनु भयो l

सम्मान कर्यक्रमको साथ-साथै सांगीतिक कार्यक्रम समेत रहेको उक्त दिन ख्यातिप्राप्त कलाकार कमल खत्री,मिलन अमात्य .सुरज शाही ठकुरी,द एरियल्स नेपाल विथ देवेन्द्र के.सी. र द एक्सत्रिंग ब्यान्डको धमाकेदार प्रस्तुति रहेको थियो l

थेगी नसकिने दर्शकको भिड रहेको उक्त कार्यक्रमबाट हौसिएका व्यवस्थापक के.सी ले अब प्रत्येक दुई महिनामा त्यस्तै सांगीतिक कार्यक्रम लाई निरन्तरता दिने समेत उद्घोस गर्नुभयो l

 

You may also Like this

थप समाचार

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...