‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

२०७५ साउन २४ गते १९:१८ मा प्रकाशित


संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भएको छ । गीतमा तीन जोडीको फिचर्ड देखाइएको छ । ड्रग एडिक्सनमा फसेका प्रमोदसँग प्रियंकाको घनिष्टतासँगै अभिनेता आयुष्मान देशराज जोशीको अभिनेत्री प्रेक्षा अधिकारी र अभिनेता संजोग कोइरालाको अभिनेत्री सन्ध्या केसीसँग एकोहोरो प्रेम गीतको भिडियोमा देखाइएको छ । यस गीतमा सुगम पोखरेलको स्वर रहेको रहेको छ भने दिपेश सुब्बाको संगीत र इशान सुब्बाको शब्द रहेको छ ।

असोज १२ गते देशभर प्रदर्शनमा आउने फिल्म ‘कथा काठमाण्डू’को कथा संगीता श्रेष्ठले नै लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुजा सिंहको छायांकन छ । ‘कथा काठमाण्डू’ तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो । अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मका गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् । उक्त फिल्ममा सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् ।

You may also Like this

थप समाचार

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ
७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ

विभिन्न उद्योगी ब्यवासायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प् ...

वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन
वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन

काठमाडौँ । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गएराति आफ्नै निवास ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...