कर्णालीमा खडेरीको कहर, नांगा खेत हेर्दै चाउचाउ सुप

२०७५ बैशाख २८ गते ०८:३१ मा प्रकाशित


karnali_jzklnijkz5

बाजुरा - ‘डिलभिटा तीनताउन हुँदोबीच धानबाली,म सम्झिँदा फल्न्याँ दाल अहिले भयो खाली ।’ पाँच दशकअघि आफ्नो जवानीको समयकाल सम्झिँदै बाजुरा त्रिवेणी नगरपालिका–३ पुर्वुताकी ७५ वर्षीया रासकला शाहीले देउडा गीतमार्फत भनिन्, ‘खेतका आलीमा दलन बाली नहुँदा दालसमेत देख्न पाइएन ।’ उनी जवान हुँदा खेतका आलीमा भटमास, गहत, मुसुरी र मास प्रशस्त फल्थे । आजको राजधानीमा खबर छ ।

दक्षिणी क्षेत्रका बूढीगंगा, त्रिवेणी नगरपालिकाका ब्रह्मतोला, तोली, कुल्देवमाडौं, कैलाशमाडौंलगायतका गाउँहरूमा पाँच वर्षदेखि दलहन बाली हुन छाडेको छ । यसैकारण यहाँका बासिन्दाले दालका खान बजारमा निर्भर हुनुपर्छ । बूढीगंगा–३ का बलबहादुर शाही भन्छन्, ‘लामो समय भयो अब पहाडमा बाली हुन छाडे ।’

शाही आफ्नो विवाहको वर्षतिर घोत्लिँदै थप्छन्, ‘ढुंगामा एक मुठो माटो हुन्थ्यो त्यहाँ पनि गहत दाल फल्थे, हामी छाक टाथ्र्यौं ।’ जलवायु परिवर्तनका कारण दलहन बालीका लागि मौसमअनुकूल हुन छाडेको छ । गाउँमा पानीको पनि हाहाकार हुन थालेको छ । बूढीगंगा–१ अम्कोटका लक्ष्मीराज उपाध्याय भन्छन्, ‘गाउँमा खानेपानी छैन, आकाशे पानीको भर हो वर्षा परेको दिन गाउँ नै बगाउला भन्ने त्रास पनि हुन्छ ।’ पाँच वर्षअघि सोही गाउँमा पहिरोले ६ जनाको ज्यान गएको थियो ।

गाउँमा बाली हुन छाडेपछि दैनिक छाकमा समस्या नै हुने गरेको छ । अति विपन्न परिवारले पिठोको फाँडोसँग भात खान्छन् । बूढीगंगा–५ की ५६ वर्षीया कलु देउवा खेततिर देखाउँदै भन्छिन्, ‘आलीभरी भटमास, सिमी, मास, गहत, गुरासलगायतका दालहरू फल्थ्यो र बीचको भागमा धान फल्थ्यो अहिले पैसा हुनेले बजारबाट चाउचाउ, सोयाबिन र देशी दाल किनेर खाने बाध्यता छ ।’

बडिमालिका नगरपालिकाको–२ जुगाडामा केही वर्षदेखि चुकिला जातका फलफूल हुन छाडेका छन् । पछिल्लो समय तापक्रम बढेका कारण यहाँका किसानले लगाउँदै आएका फलफूल हुन छाडेको कृषि विकास कार्यालय बाजुरा प्रमुख युगकिशोर तिवारीले बताए ।

बाजुरा जिल्लाको वाई, जुकोट, साप्पाटा ,रुगीन, बाँधु, गोत्री, जगन्नाथ गाउँमा खाद्य संकट चुलिएको छ । हुम्लाको श्रीनगर, कालिका, मैला, मदना, जइरलगायत गाउँ खाद्य संकटको सूचीमा परेका छन् । लामो खडेरीका कारण मुगु, बाजुरा र हुम्लालगायतका जिल्ला प्रभावित भएका छन् । खडेरीका कारण मुगुको भीई, नाथर्पु, जिमा, कालै, धैनकोट, ह्याङ्लु, सुकाढिक, कोटडाँडा, माग्री, पुलु, किम्री र डोल्फु गाउँ ठूलो खाद्य संकटग्रस्त सूचीमा रहेका छन् ।

मुगुकै श्रीनगर, कार्किवाडा, रोवा, रुगा, पिना, रारा, फोतु, सेरी, श्रीकोट, खमाले, गम्था र कालिकोटको धौलागोह, नानिकोट गाउँ खाद्य संकट उन्मुख देखिएका छन् । यी क्षेत्रमा समयमा बाली नहुने र उत्पादन नहुनुको कारण जलवायु परिवर्तन नै रहेको कृषि अधिकारीहरू बताउँछन् ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...