कमल थापाको सत्तारोहणमा गच्छदार तगारो, अब के गर्लान् ?

२०७४ बैशाख २६ गते ०९:०१ मा प्रकाशित


Kamal-thapa1२६ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्बाट हालै बाहिरिएको राप्रपाका लागि कांग्रेस, माओवादी केन्द्र गठबन्धन सरकार प्रवेशमा फेरि तगारो तेर्सिएको छ ।

सर्वोच्चको एकल इजलासको आदेशका कारण निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले नियमित कार्यभार समालेपछि महाभियोग विवाद सम्बोधन भएको विश्लेषणसहित सरकारमा फेरि सामेल हुन इच्छा व्यक्त गरेको राप्रपालाई अन्तिम समयमा सोमबार दिउँसो सत्ता गठबन्धन नेतृत्वद्वारा नकारात्मक संकेत प्राप्त भएको हो ।


सोमबार मन्त्रिपरिषद् विस्तारमा राप्रपा अध्यक्ष कमल थापा पक्षले समालेका सबै मन्त्रालय नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, जितेन्द्रनारायण देव र गोपाल दहितको जिम्मामा दिएपछि राप्रपा फेरि सरकारमा सामेल हुने सम्भावना समाप्त भएको हो ।

राप्रपाले भने प्रधानमन्त्रीले सरकारमा सामेल हुन आमन्त्रण गरेको तर महाभियोग प्रस्ताव फिर्ता लिने प्रतिबद्धता नजनाएको र आफूले नै मन्त्रिपरिषद् विस्तारमा नजाने निर्णय गरेको दावी गरेको आजको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।

You may also Like this

थप समाचार

वीर अस्पताल दुई वर्षदेखि रेडियोथेरापीविहीन !

काठमाडौं, साउन ८ । वीर अस्पतालमा गत वर्ष क्यान्सर रोगपीडित करिब ६ सय बिरामी भर्ना भए । यीमध्ये ४ सय ५० लाई रेडियोथेरापी गर्नु ...

सिंहदरबारभित्रै आइएनजिओको ९० अर्व !
सिंहदरबारभित्रै आइएनजिओको ९० अर्व !

६ साउन, काठमाडौं । आन्तरिक सुरक्षाका लागि निक्कै संवेदनशील मानिएका मन्त्रालयसहित संबैधानिक आयोगमा समेत अन्तर्राष्ट्रिय गैरसरक ...

श्रीलंका हिँडेका ८ नेपाली युवती एयरपोर्ट बाटै फर्किए
श्रीलंका हिँडेका ८ नेपाली युवती एयरपोर्ट बाटै फर्किए

काठमाडौं, साउन ६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आड ...

नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयी
नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयी

काठमाडौं, साउन ५ । अण्डर-नाईन्टिन विश्वकप क्रिकेटको लागि एसियाली समूहको छनोट खेलमा नेपालले अफ्गानिस्तानसाग लज्जास्पद हार वेहो ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...