कालीकोटमा कफ्र्यु दुई दर्जन घाइते

२०७४ पुस ८ गते २०:५१ मा प्रकाशित


कालीकोट – म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ ।

धर्नामा बसेका नागरिक समाज र स्थानीयवासीमाथि प्रहरीले बल प्रयोग गरेपछि भएको झडपमा २० जनाभन्दा बढी स्थानीयवासी र एकजना प्रहरी घाइते भएका छन् ।

स्थिति तनाबग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नहुन्जेलसम्मका लागि जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी गरेको छ ।

घटनाका विषयमा जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, राजनीतिक दल नागरिक समाज र प्रशासनबीच छलफल भए पनि कुनै सहमति नभएको नागरिक समाजका अगुवा एवं सञ्चारकर्मी रत्न कार्कीले जानकारी दिए ।

पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्तिको व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् ।

प्रशासनले सबै माग आफूहरूले पूरा गर्न नसक्ने र कतिपय निर्णय मन्त्रालयले गर्नुपर्ने भएकाले मागका बारेमा आइतबार बिहानसम्म पर्खन आग्रह गरेबोजिम आजको छलफल सकिएको उनले जानकारी दिए ।

छलफलका लागि सुर्खेतबाट क्षेत्रीय प्रशासक सुरेश प्रधान, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सूर्यविक्रम शाह, अनुसन्धानका प्रहरी नायब महानिरीक्षक टेकेन्द्र शाक्यसमेत कालिकोट पुगेका थिए ।

क्षेत्रीय प्रहरी प्रमुख बोहोराले स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि भएपनि प्रतिरक्षाका लागि अश्रुग्यास प्रयोग गरिएको बताए ।

शुक्रबार तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का ऐडीको मृत्यु भएको थियो ।

You may also Like this

थप समाचार

‘राजा मामा’को निधन
‘राजा मामा’को निधन

काठमाडौं । लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’को निधन भएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँम ...

सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति
सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति

मुम्बई– बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाल आउने अनुमति पाएका छन्। कृष्णसार शिकार मामिलामा ५ वर्षको सजाय पाएका सल ...

५२ वर्ष सम्ममा यति बदलिए सलमान, हेर्नुहोस् बाल्यकालदेखिका यि १० तस्विरहरु

मुम्बइ। बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । कालो हरिणको शिकार गरेको अभियोगमा घटनाको २० ...

नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा (भिडियो)
नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा (भिडियो)

काठमाडौँ । केशब पौडेलको प्रस्तुतीमा नयाँ लोक दोहोरी गीत गुन्द्रुक मीठो सागको बजारमा आएको छ । गायिका देबी घर्ति र गायक बिक्रम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...