नेपालमा कलेजोरोगको समस्या बढ्दो

२०७४ माघ २६ गते ०८:३५ मा प्रकाशित


कलेजोरोगको समस्या नेपालमा डरलाग्दोरुपले बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।

 काठमाण्डौँ माघ २६ । खानपान र जीवनशैलीका कारण बढेको कलेजोरोगको समस्या मद्यपान र लागुपदार्थ सेवन गर्नेमा बढी मात्रामा देखिएको छ ।

हातगोडा सुन्निनु, बान्ता हुनु, अस्वाभाविकरुपमा तौल घट्दै जानु, कमजोर महसुस गर्नु, आँखा र शरीर पहेंलो हुँदै जानुजस्ता लक्षण देखिन थालेको छ भने तपाइँलाई कलेजोरोगको समस्या रहेको हुनसक्छ ।

हाल नेपालमा कलेजोरोगको समस्या वर्षेनि डरलाग्दो तवरले बढ्दै गएको कलेजोरोग विशेषज्ञहरु बताउँछन् । हेपाटाइटिस ‘ए’, ‘बी’ र ‘सी’को कारण पनि कलेजोरोगको जोखिम निकै बढेको छ ।

बढी मद्यपानको प्रयोग, खानपान र जीवनशैलीका कारण कलेजोरोगको जोखिम बढ्ने कलेजोरोग विशेषज्ञ डा. अनिल मिश्रले बताए ।

कलेजो मानिसको शरीरको महत्वपूर्ण अंग हो, जसले खाएको खाना पचाएर शरीरमा पोषण दिन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यदि कलेजो बिग्रियो भने कब्जियत र अपचको समस्या देखिन थाल्छ ।

फोहोर पानीको प्रयोगबाट हुने रोगहरु तथा जन्डिसको समस्या देखिन थालेको छ भने पनि त्यसले कलेजोलाई असर गरिरहेको हुन्छ । सिरिन्जबाट लागुपदार्थ लिने व्यक्तिमा कलेजो बिग्रने सम्भावना उच्च हुन्छ ।

डा. मिश्रकाअनुसार कलेजोरोगका लागि विश्वभरिका चिकित्सकहरुलाई चुनौतीकोरुपमा हाल देखिएको नै सिरिन्जबाट लागुपदार्थ प्रयोग गर्नेमा हुने कलेजोको समस्या हो ।

शरीरमा आइरनको उत्पादन बढ्दै गयो भने पनि त्यसले कलेजोलाई असर गर्छ । शरीरलाई आवश्यक हेमोग्लोबिन उत्पादन गर्न आइरनको आवश्यकता पर्छ । त्यही आइरनको मात्रा बढ्दै गयो भने त्यसले कलेजोलाई फाइदा गर्दैन । त्यसकारण शरीरमा आइरनको मात्रा कति छ भनी समय–समयमा परीक्षण गर्न चिकित्सकहरु सुझाउँछन् ।

‘ओभरडोज’ औषधिको प्रयोग गर्नु पनि कलेजो बिगार्ने एउटा प्रमुख कारण हो । कलेजोमा समस्या देखिन थाल्यो भने चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्ने र खानपान तथा जीवनशैलीमा विशेष ध्यान पुर्‍याउन सकियो भने पनि कलेजोरोग पूर्णरुपमा निको हुन्छ । 

कलेजो पूर्णरुपमा बिग्रियो भने कलेजो ‘ट्रान्सप्लान्ट’ नै गर्नुपर्ने हुन्छ । हाल भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रले कलेजोको ट्रान्सप्लान्ट सुरु गरिसकेको छ भने नेपालमा कलेजोसम्बन्धी सम्पूर्ण उपचार सम्भवसमेत भएको चिकित्सकहरु बताउँछन् । सभारः प्रज्ञा तिमल्सिना/नवीन स्थापित इमेज खवर डटकम बाट

You may also Like this

थप समाचार

दिल्लीको पहिलो जित, सन्दीपले अझै मौका पाएनन्
दिल्लीको पहिलो जित, सन्दीपले अझै मौका पाएनन्

मुम्बई इन्डियन्सलाई हराउँदै दिल्ली डेयरडेभिल्सले आइपिएलमा पहिलो जित निकालेको छ। लगातार दुई खेलमा पराजित दिल्लीका लागि जेसन रो ...

आइपीएलः आजको खेलमा सन्दीप लामिछाने टिममा परे
आइपीएलः आजको खेलमा सन्दीप लामिछाने टिममा परे

काठमाडौं । इण्डियन प्रिमियर लिग ९आइपीएल०को आजको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने मैदानमा उत्रदै छन् । दिल्ली डेयरडेभिल्सब ...

घूस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट
घूस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट

धनगढी - हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित् ...

नेपालमा कलेजोरोगको समस्या बढ्दो
नेपालमा कलेजोरोगको समस्या बढ्दो

कलेजोरोगको समस्या नेपालमा डरलाग्दोरुपले बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।  काठमाण्डौँ माघ २६ । खानपान र जीवनशैलीका क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...