ककनीमा ‘माओवादी केन्द्र’ विजयी

२०७४ जेष्ठ ५ गते १३:५४ मा प्रकाशित


५ जेठ, नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । ककनी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षमा मानबहादुर लामाले चार हजार ५३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपेश लामाले तीन हजार ५९१ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा माओवादी केन्द्रकै सीता लामाले चार हजार १३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लजिता लामाले तीन हजार ६९७ मत ल्याउनुभएको छ । ककनीमा ८ वडा रहेकामा चार वडाको वडाध्यक्षमा माओवादी केन्द्र, तीन वडामा एमाले र एकमा काँग्रेस विजयी भएको छ ।

ककनी–१ मा एमालेका चन्द्रबहादुर श्रेष्ठ बलामी, वडा नं २ मा नेकपा (माओवादी केन्द्र) का केदार पौडेल, ३ मा माओवादी केन्द्रका घननाथ बजगाईं, ४ मा माओवादी केन्द्रका दिपेश तामाङ, ५ मा माओवादी केन्द्रका रामबहादुर लामा, ६ मा काँग्रेसका गोपाल लामा, ७ मा एमालेका पुष्कर बोगटी र ८ मा एमालेका शेषमान लामा वडा अध्यक्षमा विजयी हुनुभएको ककनी गाउँपालिकाका कार्यकारी अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

You may also Like this

थप समाचार

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

विश्वप्रकाशले औल्याए चुनावी हारका ६ कारण
विश्वप्रकाशले औल्याए चुनावी हारका ६ कारण

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चुनावी हारको ६ कारण औल्याएका छन् । युवा नेता समेत रहेका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...