कैलालीमा चार वटा दुर्घटनाः ६ जनाको मृत्यु, २४ घाइते

२०७४ कार्त्तिक २६ गते १०:२३ मा प्रकाशित


durghatana

कैलाली, कात्तिक २६ । कैलालीमा शनिबार राती भएका छुट्टाछुट्टै चार वटा दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।


कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने स्थानमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् ।

बैतडीको मेलौलीबाट कन्चनपुरको भीमदत्तनगर जाँदै गरेको पवनदूत यातायातको ना। ७ ख २७२३ नम्बरको बस सडकबाट तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका २७ जनामध्ये तीन जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीडाँडाका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए ।

घाईते मध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिकामा से १ प १७०२ नम्बरको जिपले से ४ प ७५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी हवल्दार गजेन्द्रसिंह ठगुन्नाको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

यसैगरी कैलालीकै गोदावरी नगरपालिको गोदावरी भन्ने स्थानमा मोटरसाइकल दुर्घटनामा परी बाजुराकी ३५ वर्षीया ललिता जोशीको मृत्यु भएको छ ।

यस्तै जानकी गाउँपालिकाको वडा नं. ५ पथरैयामा से १ त ९२५३ नम्बरको ट्याक्टर पल्टिँदा चालक प्रदीप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

You may also Like this

थप समाचार

रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?
रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?

रक्सी पिएपछि कहिल्यै अंग्रेजी नबोलेका मानिसले पनि फरर यो भाषा बोल्न थाल्छन् । अरू बेला फिटिक्कै नबोल्नेले एक्कासी अंग्रेजी ब ...

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...