राज्यले नचिनेको ज्युँदा शहीद, जो ११ वर्षदेखि अचेत

२०७४ बैशाख ११ गते ११:५४ मा प्रकाशित


mukeshबनेपा, वैशाख ११ । जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकतमासले हेर्छिन्। उनले मुकेशलाई यसरी हेर्न थालेको ११ वर्ष बितिसक्यो।

मुकेशजस्ता दुई दर्जनभन्दा बढी युवायुवतीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लािग ज्यान दिए। कोही अशक्त बने, कोही जीवन–मरणसँग संघर्ष गर्दागर्दै धर्तीबाट अस्ताए, कोही जीवन–मरणकै संघर्षमा छन्। यो खबर आजको राजधानीमा केशवराज पौडेलले लेखेका छन्।

बनेपा नगरपालिका–६ का मुकेश जीवन–मरणसँग जुधिरहेका होनाहार पात्र हुन् जनआन्दोलन–२ का। मुकेशमा घरमा उनका बुबाआमा छन् तर उनीहरूसँग खुसी छैन। एकोहोरो हेरेर बस्ने छोरालाई आफूले पनि एकोहोरो हेरर बस्नुबाहेक परिवारसँग विकल्प नै छैन।

मुकेशको जीवनको पीडा गणतन्त्रपछिका कुनै पनि सरकारले बुझ्न सकेन, जति उनको परिवारले खेपिरहेको छ। प्रधानमन्त्री र मन्त्रीहरू झन्डा फहराउँदै उनको घरमा अर्धचेत अवस्थामा ओछ्यानमा सुतिरहने मुकेशलाई पटक–पटक भेट्न आए, आश्वासन दिएर फर्किए। कोही मन्त्री ‘बाटो परेको’ ले बाध्य भएर मुकेशलाई भेट्न बाटोमा सुरक्षाकर्मी उभ्याएर उनको घर गए। तर, उनको परिवारको अन्तरमनलाई जाँच्ने प्रयास कसैले गरेन।

देश आन्दोलनमा होमिँदा मुकेश १५ वर्षका थिए। उनी १२ वर्षदेखि ओछ्यानमा सुतिरहेका छन्। ‘२७ वर्षे छोरा बोलचाल, हिँड्डुल गर्न नसक्दा उनकी आमाको मन कति कँुडिएको होला, कसैले अन्दाज नै गर्न सक्दैन,’ मुकेशकी आमा भन्छिन्। चाडबाड आउँदा नयाँ लुगा लगाइदिएर सँगै आफन्तकहाँ धाउँदा उनका आमाबाबु खुसी हुन्थे। त्यो खुसी चुँडिएको ११ वर्षसम्म जोडिन नसक्दा पीडा हुने गरेको मुकुशकापरिवार बताउँछन्।

छिमेकी र मुकेशका साथीको घर झिलीमिली हुँदा र नयाँ लुगामा सजिएर हिँड्दारडुल्दा कायस्थ परिवारमा १२ वर्षअघि बिझेको काँडाले झनै घोच्ने गर्छ। स्कुल जाँदा ‘बाई ममी, बाई ड्याडी’ भनेर मुकेश विद्यासागर स्कुल दौडिएको झ–झल्को बुवा कृष्णमान र आमा मीरालाई ताजै छ। ‘हरेक बिहान मुकेशलाई बोलाउँदा हजुर भन्छ जस्तै लाग्छ, तर मुकेश अझै बोलेको छैन,’ बुवा कृष्णमान भन्छन्।

मुकेश अहिले पनि बोल्न, हिँड्न, खानेकुरा चपाएर खान सक्दैनन्। आमा, बुवा र आफन्त आउँदा हाँस्छन मात्र। कुनै प्रतिक्रिया जनाउन सक्दैनन्। १२ वर्षदेखि अर्धचेत अवस्थामा ओछ्यानमा सुतिरहेको छोरालाई हेरेर मुकेश कायस्थका बाबुआमा उनको भविष्यबारे निकै चिन्तित छन्।
देबे्र हात र टाउको मात्रै हल्लाउने छोराको चेत खुल्ने आशा गर्दै उनको हेरचाहमा दिनरात बितेको पनि पत्तो हुँदैन उनीहरूलाई। मुलुकले ११औं लोकतन्त्र स्थापना दिवस मनाइरहँदा मुकेशकी आमा घरका भित्तामा भुन्डिएको क्यालेण्डर हेर्र्दै भन्छिन्, ‘१२ वर्षदेखि अचेत अवस्थामा छोरो लडिरहेको छ, तैपनि बोल्छ कि भन्ने आस हराएको छैन।’ उनी आँसु झार्दै बिस्तारै प्रश्न गर्छिन्, ‘मैले छोरा हाँसेको, बोलेको र हिँडेको कहिले देख्न पाउँछु रु’ राज्यले मुकेशका लागि उपलब्ध गराएको केही राहतबाहेक उनीहरूले अरू आस पनि गर्न छाडिसके। आन्दोलनमा गएका उनको छोरा मुकेशलाई २७ चैत २०६२ मा बनेपाकै तीनदोबाटोमा प्रहरीले गोली हान्यो। त्यसदिन अपराह्न टाउकोमा गोली लागेदेखि मुकेशको होस गुम्यो। त्यसयता उनी अचेत छन्।

You may also Like this

थप समाचार

घुस खाने नासु पक्राउ
घुस खाने नासु पक्राउ

खोटाङ, वैशाख २० – अहेवको करार पदमा जागिर लगाइदिने नाममा परीक्षार्थीबाट रकम लिएको आरोपमा जिल्ला अस्पताल खोटाङका नासु केद ...

तलब नपाएको भन्दै शिक्षकले परीक्षानै रोकेपछि...
तलब नपाएको भन्दै शिक्षकले परीक्षानै रोकेपछि...

कञ्चनपुर, वैशाख १४ । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा कम्युटर विज्ञान तथा प्रविधि अन्र्तगत भइरहेको तेस्रोे सेमेस्टरकोे अन्तिम ...

घरभेटीको साटो अब सरकारलाई कोठाभाडा तिर्नुपर्ने
घरभेटीको साटो अब सरकारलाई कोठाभाडा तिर्नुपर्ने

१३ बैशाख, काठमाडौं । काठमाडौंका डेरावालहरुले अब घरबेटीलाई होइन, सरकारलाई कोठाभाडा तिर्नुपर्ने अवस्था आउन लागेको छ । यसबारे नी ...

विश्व औलो दिवसको नाराः ‘सदाका लागि औलोको अन्त्य गरौं’
विश्व औलो दिवसको नाराः ‘सदाका लागि औलोको अन्त्य गरौं’

काठमाडौं, वैशाख १२ । ‘सदाका लागि औलोको अन्त्य गरौं’ भन्ने नाराका साथ मंगलबार ९आज० विश्व औलो दिवस नेपालमा पनि विभि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...