यसकारण भयो जस्टिन बिबरको चर्को आलोचना !

२०७४ बैशाख २९ गते १७:१५ मा प्रकाशित


justin-bibarकाठमाडौं, वैशाख २९ । क्यानेडियन चर्चित गायक जस्टिन बिबरले भारतमा आयोजित कन्र्सटमा दर्शकलाई झुक्काएको भन्दै उनको चर्को आलोचना भएको छ ।

मुम्बईको डिवाइ पाटिल रंगशालामा आयोजित प्रत्यक्ष कन्र्सटमा करिब ५० हजार दर्शककासामु बिबरले पहिल्यै रेकर्ड गरिएको संगीतमा ‘लिपसिङ’मात्र गरेका थिए ।

भारतीय न्यूज एजेन्सी ‘एएनआइ’काअनुसार प्रत्यक्ष भनिएको उनको कन्र्सटमा लिपसिङ अर्थात् पूर्ववत् रेकर्ड गीतमा लय मिलाएर मुखमात्र चलाएपछि अहिले फेसबुक र ट्वीटरमार्फत् उनको आलोचना भएको हो ।

कतिपय दर्शकहरुले यस कन्र्सटलाई ‘फेक’ तथा दर्शक झुक्काएकाले बिबरलाई अब भारत नआउनसमेत अनुरोध गरेका छन् । साथै, दर्शकहरुले बिबरमात्रै नभइ आयोजकसमेत दोषी रहेको उल्लेख गरेका छन् ।

jsutintweet 

गत बुधबार साँझ बिबरले कन्र्सटमा करिब दुई घन्टा प्रस्तुति दिएका थिए । तर, उनले कन्र्सटमा ‘लिपसिङ’ गरेको खबर बिहीबार ९हिजो०मात्र बाहिर आएको हो ।

यस विषयमा बिबरले दर्शकसँग माफीसमेत मागेका छन् । तर, उनका सर्मथकहरुले बिबरको माफीको कुनै अर्थ नभएको प्रतिक्रिया दिएका छन् ।

कन्र्सटमा भारतीय कलाकारहरुकोसमेत उलेख्य सहभागिता रहेको थियो । भारतीय कलाकार सोनाली वेन्द्रेले उक्त कन्र्सट पैसा र समयको बर्बादी भएको प्रतिक्रिया दिएकी छन् । एजेन्सी

You may also Like this

थप समाचार

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न
पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान ७ बजेदेखी १० बजेस ...

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...