यस्तो रह्यो जुगलको Kids Merry Making Day (भिडियो)

२०७४ चैत्र ४ गते ०८:५३ मा प्रकाशित


Jugal kids merry making day (6)

काठमाडौँ । कपन चौकीसंगै रहेको जुगल इंग्लिस मिडियम स्कुलले प्ले ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुका लागि समर्पित कार्यक्रम 'Kids Merry Making Day' यहि फाल्गुन २३ गते बुधबार सम्पन्न गरेको छ ।

Jugal kids merry making day (2)
निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) केन्द्रिय उपाध्यक्ष दिपिका रिमालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० का वडाअध्यक्ष नवराज भट्टराई, बुढानिलकण्ठ नगरपालिकाका शिक्षा अधिकृत नवराज नेपाल, अभिभावक, विद्यार्थी, शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Jugal kids merry making day (9)
कार्यक्रममा स–साना नानी–बाबुहरुको आत्मविश्वास, प्रतिभा तथा प्रसन्नता अभिवृद्धिका निम्ति ३०० भन्दा बढी विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । प्ले ग्रुपदेखी कक्षा ३ सम्मका विद्यार्थीहरुलाई कुनै पनि हिसाबले श्रेणी छुट्याउन नहुने । जसका लागि जुगलले एकसाथ सम्पुर्ण विद्यार्थीहरुलाई सम्मान गर्दै सबैमा समानता प्रदान गरेको थियो ।

Jugal kids merry making day (3)
कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य एवं गायनमा आफ्नो प्रस्तुति दिएका थिए ।

Jugal kids merry making day (8)
अभिभावकको साथ भए बच्चाले जे पनि गर्न सक्छ । यसको उदाहरण हो राष्ट्रिय बाल कलाकार अनुभव रेग्मी । उनै अनुभव रेग्मिलाई सोही कार्यक्रममा विशेष सम्मान गरिएको थियो । सम्मान पश्चात कार्यक्रम बारे बोल्दै उनी भन्छन्– अभिभावकको साथबाट नै म यहाँसम्म आउन सके ।
अनुभवले ५ वर्षको उमेरदेखी नै फिल्म खेलेका थिए । उनले हालसम्म चर्चित १ दर्जन फिल्ममा आफ्नो अभिनय प्रस्तुत गरिसकेका छन् ।

Jugal kids merry making day (5)
कार्यक्रममा बोल्दै जुगल इंग्लिस मिडियम स्कुलका प्रिन्सिपल विवेक विनयीले प्ले ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुले खासै यस्तो अवसर पाइरहेको हुदैन त्यही भएर पनि यस्तो कार्यक्रम गर्नु परेको हो । भाषण गर्ने, नाच्ने, गाउँने, उद्घोषण गर्ने, नाटक गर्ने, कविता भन्ने लगायत थरी–थरीका कार्यक्रम गरेर विद्यार्थीहरुले आफु सधै अब्बल रहेको र त्यसको लागि स्कूल र अभिभावकको साथ चाहिएको सन्देश यस कार्यक्रमले दिएको छ । अन्य स्कुलहरुमा पनि यि र यस्ता कार्यक्रमहरु गर्न आवश्यक रहेको विनयीले बताए ।

Jugal kids merry making day (4)
त्यस्तै जुगलले ४ वटा कुरामा ध्यान दिन्छ । संस्कार, स्वास्थ्य, सुरक्षा र शिक्षा । त्यसको लागि अभिभावकको पनि महत्वपूर्ण भूमिका हुनु पर्ने प्रिन्सिपल विनयीले बताए ।

Jugal kids merry making day (1)
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले जुगल इंग्लिस मिडियम स्कुलका फाउण्डर, प्रिन्सिपल विवेक विनयीसंग स्थलगत कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ । कपनमा रहेको कपन स्पोट्र्स क्लब र बुढानिलकण्ठ नगरपालिका (बुनपा)–१२ ले आयोजना गरेको विद्यालय स्तरिय खेलकुद प्र ...

काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ
काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।परिसर ...

यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’
यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले शनिबार ‘बृहत रक्तदान कार्यक्रम&r ...

लोकतान्त्रिक प्रणालीबाट सम्पन्न भयो ‘पायोनियर चिल्ड्रेन क्रियटिभ ग्रुप’को चुनाब
लोकतान्त्रिक प्रणालीबाट सम्पन्न भयो ‘पायोनियर चिल्ड्रेन क्रियटिभ ग्रुप’को चुनाब

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२ कपनमा रहेको पायोनियर पब्लिक स्कुलमा अध्यनरत विद्यार्थीहरुको समुह पायोनियर चिल् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...