छ दिन पछि जोन तामाङ भेटिए

२०७४ माघ १८ गते ०१:५४ मा प्रकाशित


John Tamang (2)

१७ माघ, काठमाडौं । स्कुलबाट हाइकिङका लागि फूलचोकी गएर फर्किने क्रममा जंगलमा बेपत्ता भएका १७ वर्षीय जोन तामाङ ६ दिनपछि बुधबार जिवितै उद्दार गरिएको छ । अहिले उनको काठमाडौंको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

उनी घनाजंगलमा भेटिएका थिए । उद्धारकर्ता चन्द्र आलेका अनुसार उनी बाटो विराएर हिड्दै जाने क्रममा त्यहाँ पुगेको जस्तो देखिएको छ । माथिबाट लडेको उनी झाडीमा अड्किएका रहेछन् उनी भन्छन् ।

John Tamang (1)

मंगलबारदेखि नै जोनको खोजी सुरू भएको थियो । तर, नभेटिएपछि उद्धारकर्ताहरुको टोली बुधबार पनि विहान ११ बजेदेखि नै खटिएका थिए ।

फुल्चोकी डाँडाबाट समूह बाँडेर झर्ने क्रममा ओलेको टोलीले सुरुमा एउटा झोला भेट्टाएको थियो । सुरूमा त जंगलको बीचमा भेटिएको झोलामा के के छ भन्ने लाग्यो । तर, खोलेर हेर्दा एउटा पेन र चच्चा भेट्टियो ।

नजिकै केही धसारिएको जस्तो देखिन्थ्यो । छेउमा टिफिनबक्स पनि थियो । उद्धारकर्ता चन्द्र आलेले भने, ‘अलि तल मानिस लडेको जस्तो लाग्यो । फोटोको टोपी हेर्दा हन्ड्रेड पर्सेन्ट जोन हो भन्ने लाग्यो ।’

उनका अनुसार जोन झाडीमा अड्एिका थिए । सुरुमा भेट्दा अचेत जस्तो देखिएका जोनलाई उद्दारकर्ताहरुले बोलाए । उनले आँखा खोले र बेस्सरी रोए । ‘तिम्रो नाम जोन हो भन्दा टाउको हल्लायो । अनि हामीले पानी र विस्कुट दियौं’ उद्दारकर्ता आलेले भने ।

झाडीभित्र भेटिएका उनलाई निकै मुस्किलले सडकसम्म ल्याइएको थियो ।

अहिले उनको बी एण्ड बी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ र सामान्य बोल्न सक्छन् । जोन भेटिएको खबर पाएपछि आमाबुबा र परिवारका सदस्यहरु अस्पताल पुगेका थिए । छोरालाई देख्दा उनीहरु भावुक बने । अनलाईन खबर
फोटोः प्रकृति अधिकारी

You may also Like this

थप समाचार

प्रधानमन्त्रीमा भागवण्डाः ओली तीन वर्ष, प्रचण्ड दुई वर्ष !
प्रधानमन्त्रीमा भागवण्डाः ओली तीन वर्ष, प्रचण्ड दुई वर्ष !

२ फागुन, काठमाडौं । एकता प्रक्रियामा रहेका एमाले र माओवादीबीच पार्टी र सरकारको नेतृत्व भागवण्डामा चलाउने सहमति जुटेको छ । यस ...

क्यानडामाथि एक विकेटको जितसंगै नेपालले विश्वकप खेल्ने पक्का, करण बने हिरो
क्यानडामाथि एक विकेटको जितसंगै नेपालले विश्वकप खेल्ने पक्का, करण बने हिरो

काठमाडौँ । नामिबियामा भएको डिभिजन टुको समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै विश्वकप छनोट खेल्ने भएको छ। क्यानडाले दिएक ...

भारतीय विदेशमन्त्री स्वराजको पहिलो भेट ओलीसँग
भारतीय विदेशमन्त्री स्वराजको पहिलो भेट ओलीसँग

काठमाडौं, १८ माघ । भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुई दिने भ्रमणका लागि केही बेरअघि काठमाडौं आइपुगेकी छन् । बिहीव ...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

१८ माघ ०७४/ आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँ बढाइ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine