जीवित ‘देवता’हरूकै उठिबास

२०७४ पुस २३ गते ०९:५२ मा प्रकाशित


jibit-debata

भूकम्पमा परेर देवताहरूकै उठिबास लागेको खबर सुन्दा अचम्म लाग्ला तर, ललितपुरको खोकनामा १७ जना जिवित देवताको उठिबास भएको छ। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

खोकनामा ४६ जना जीवित देवीदेवताको बासोबास रहेको दाबी यहाँका स्थानीय बासिन्दाको छ। भूकम्पले बास उठेका दर्जनौं जीवित देवीदेवतामध्येका एक हुन्, ७६ वर्षीय मानभक्त महर्जन।

नेवारी संस्कृतिअनुसार २०७१ सालमै उनी ‘देवता’ बनेका हुन्। रकम अभावका कारण घर बनाउन नसकेर टहरामा बस्नुपरेको गुनासो गर्छन् महर्जन। डेढ आना जग्गामा बनेको घर भत्किएपछि अमेरिकी गैरसरकारी संस्थाले दिएको जस्ता हालेर टहरो बनाउने सोचमा छन्, उनी। तर उनले अहिलेसम्म घरको भग्नावशेष पन्छाउन सकेका छैनन्।

महर्जनका अनुसार ४६ जना देवताको छुट्टाछुट्टै कार्यविभाजन गरिएको छ। उनको काम भने पंगा बाजा बजाउने हो। उनी खोकनाका जात्रा, पर्वमा पोंगा बाजा बजाउँछन्। अरु देवताहरू मुकुण्डो लगाएर नाच्ने गर्छन्। पहिला देवता बनेकोमा खुशी लागे पनि उनलाई अहिले खासै रुचि छैन।

उमेर ढल्किएका कारण देवताको भूमिकामा रहन उत्साह नजागेको हो। परिवारमा एक्लो बनेका उनी दमले थलिएको शरीर लिएर टहरामै दिन कटाउँछन्। उनलाई यतिबेला सहाराको खाँचो छ। खोकनामा देवता खलकमा घरको जेठो छोरा देवता बन्ने चलन छ। बुबाको मृत्युपछि जेठो सन्तानलाई त्यो अधिकार दिइन्५। ‘यो चलन राजाको मुकुट हस्तान्तरण गरेजस्तै हो, भैरव देवता ७१ वर्षीय बृलाल महर्जनले भने। बुबाको निधनपछि ३६  सालदेखि उनी भैरव देवताको भूमिकामा छन्।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...