‘काले दाइ’ गीतको युटुबमा १ करोड भिउज (भिडियो)

२०७४ बैशाख २३ गते ११:०७ मा प्रकाशित


kaledai२३ बैशाख । नेपाली चलचित्रका गीतहरुले अहिले युटुबमा निकै राम्रो भ्यू पाउन थालेका छन् । दर्शकले मन पराएका गीतहरुले अब १ करोड पटक भ्यू पाउनु नौलो कुरा हुन छाडेको छ । बिहे, पार्टीदेखि विभिन्न समारोहहरुमा चलचित्रका गीत हाबी भैरहेका छन् । यो चलचित्र क्षेत्रका लागि खुशीको कुरा हो ।

जेठ १२ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको प्रतिक्षित चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीत पनि अब १ करोड भ्यू पाउने गीतको सूचीमा जोडिएको छ । सार्वजनिक भएको ५ महिनामा यो गीतको भिडियो युटुबमा १ करोड भन्दा बढी पल्ट हेरिएको छ । चलचित्रको यो गीतका कारणले पनि चलचित्रको व्यापारमा फाइदा पुग्ने पक्का छ ।

मिना निरौला र निश्चल बस्नेतको स्वर, कोशिश क्षेत्रीको संगीत र दिनेश राउतको शब्द रहेको यो गीतलाई दर्शकले निकै मन पनि पराइरहेका छन् । भिडियोमा माला लिम्बु र निश्चल बस्नेतले नृत्य गरेका छन् । कविराज गहतराजले यो भिडियोको कोरियोग्राफी गरेका हुन् भने राजेश श्रेष्ठले खिचेका हुन् ।

सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीको मुख्य भूमिका छ । चलचित्रको सस्पेन्स–थ्रिलर ट्रेलर पनि सार्वजनिक भैसकेको छ, जसलाई दर्शकले निकै रुचाएका छन्

 

You may also Like this

थप समाचार

सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?
सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?

गाउँका मतदाता र सहरी मतदाताको मनोविज्ञान अलग हुन्छ । उनीहरू प्रभावित बन्ने मानक बिल्कुल भिन्न हुन्छ । गाउँका मतदात ...

पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने
पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने

हुप्रतीक्षित रक्सौल अमलेखगञ्ज पेट्रोल पाइपलाईन परियोजना निर्माण कार्य अर्को महिनादेखि सुरु हुने भएको छ। भारतबाट पेट्रोलियम पद ...

दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार
दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार

काठमाडौँ । मंसिर २१ गते हुने दोस्रो चरणमा हुने चुनावको लागि नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ १ सय २८ क्षेत्रमध्ये १९ क्षेत ...

कुन पार्टीले कहाँ, कति सिट जिते ?
कुन पार्टीले कहाँ, कति सिट जिते ?

५ असोज, काठमाडौं । प्रदेश नं. २ स्थानिय चुुृुनावको नतिजा आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म १३६ मध्ये अहिलेसम्म २१ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...