टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी जेल चलान

२०७४ फागुन १४ गते २१:४१ मा प्रकाशित


धनगढी । अदालतसामू आत्मसमर्पण टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी पूर्पक्षका लागि जेल चलान भएका छन् । उनलाई धनगढी कारागारमा राखिएको छ ।

resham chaudhari

टीकापुर घटनापछि फरार चौधरीले सोमबार विहान अदालतसामू आत्मसमर्पण गरेका थिए । लगतै न्यायाधीश परशुराम भट्टराईको इजलासले भएको बयानमा चौधरीले आफूमाथि लागेको अभियोग अस्वीकार गरेका छन् ।

 

बहसका क्रममा उनका वकिलले सांसदको चुनाव जितेका उनलाई तारेखमा छाड्नुपर्ने तर्क गरेका थिए ।

तर, अदालतले चौधरीले अभियोग इन्कार गरे पनि लक्ष्मण थारु, लाहुराम चौधरी लगायतका अभियुक्तहरुले उनकै नेतृत्व र योजनामा घटना भएको हो भनी बयान दिएको तथा सरकारी वकिलले पेश गरेको प्रतिवेदनका ‘हृदयविदारक तथ्य’ आधारमा चौधरी कसुरदार छैनन् भन्न नसकिने भन्दै थुनामा राख्न आदेश दिएको छ ।

अर्को पेशी फागुन १६ लाई तोकिएको छ । सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारी, सहन्याधिवक्ता भानदेश जोशी, नवीन भट्टले बहस गरेका थिए ।

जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता राजेन्द्र बहादुर साउदले बहस गरे । चौधरीको तर्फबाट अधिवक्ता गंगाराम पाध्यय, मिलनकुमार राई, गजेन्द्रबहादुर केसी र नाथीराम महतोले बहस गरेका थिए ।

जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण हुन सक्दैन

उसो त चौधरीका वकिलहरुले जनमत पाएको भन्दै तारेखमा छाड्नु पर्ने तर्क गरेका थिए । तर, अदालतले जनमतको सम्मान गर्ने तर, जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण हुन नसक्ने भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

आदेशमा भनिएको छ, ‘जनमत प्राप्त गर्नुपूर्वको फौजदारी क्रियाकलापलाई पनि उत्तिकै हेक्का राख्नुपर्छ । साथै प्रतिवादीले प्राप्त गरेको जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण बन्न सक्दैन ।’

फरार रहेकै अवस्थामा चुनाव लडेका चौधरी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । राजपाबाट उम्मेदवार बनेका उनी झण्डै २१ हजार मतान्तरले विजयी बनेका थिए । चौधरी ३४ हजार ३४१ मत पाउँदा निकटतम प्रतिस्पर्धी वाम गठबन्धकी गरिमा शाहले १३ हजार ४०६ र कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत पाएकी थिइन् ।

अदालतले सांसदलाई अविश्वास गर्‍यो

जेल जानुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै चौधरीले अदालतले सांसदलाई अविश्वास गरे जस्तो देखिएको प्रतिक्रिया दिएका छन् । ‘अदालतले जुन फैसला गर्‍यो, त्यसलाई पूर्वाग्रह त मान्दिनँ । तर, जनताबाट विजयी भइसकेको सांसदलाई अविश्वास गरे जस्तो देखियो’ उनले भने, म भागिहाल्ने थिएन । भाग्ने भए म यहाँ आउने थिइनँ ।’

आफू कानुनको पूर्णसम्मान गरेर अदालतसमक्ष आएको र आगामी दिनमा न्याय दिने विश्वास रहेको बताए ।

७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ८ सुरक्षाकर्मीको हत्या भएको छ । घटनाको भोलिपल्ट चौधरीको रेडियो तथा रेष्टुराँका साथै थारु बस्तीहरुमा तोडफोड तथा आगजनी पनि भएको थियो ।

घटनाको मुख्य योजनाकार भएको दाबी गर्दै चौधरीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दा परेको छ । चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

फरार रहेकै बेला भारत भ्रमणमा रहेका तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि उनी चर्चामा आए । पछिल्लो पटक सरकारबाट उनले डेढ करोड बढी क्षतिपूर्ति पनि पाएका छन् ।

You may also Like this

थप समाचार

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...