सामसुङ कम्पनीका मालिक ५ वर्षका लागि जेल चलान !

२०७४ भदौ ९ गते १३:१९ मा प्रकाशित


owner९ भाद्र । सामसुङ कम्पनीका कार्यबाहक प्रमुख ली जेइ-यङलाई दक्षिण कोरियाली अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ।

घुस खुवाएको ठहर गर्दै कम्पनीका अध्यक्ष ली कुन हीका एकमात्र छोरा ली जेइ-यङलाई शुक्रबार यो सजाय सुनाइएको हो।

सोल जिल्ला अदालतले लीले पूर्वराष्ट्रपति पार्क गुन हेकी एकजना नजिकको साथीलाई घुस दिएको ठहर गरेको हो।

सरकारी लाभ लिनका लागि लीले घुस खुवाएको आरोप लागेको थियो।

अदालतले लीले ५० लाख डलर अनियमितता गरेको ठहर गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्।

सरकारी अभियोजनकर्ताहरुले लीलाई १२ वर्ष जेल सजाय हुनुपर्ने माग गरेका थिए। लीले आफूले पैसा दिएको स्वीकार गरिसकेका छन् तर त्यसको बदलामा सरकारी लाभ खोजेको आरोप अस्वीकार गर्दै आएका छन्।

अदालतले सामसुङका अरु दुईजना कार्यकारीलाई चार वर्षको जेल सजाय सुनाएको छ।

यही घुसकाण्डलाई लिएर पूर्व राष्ट्रपति हेमाथि महाभियोग लगाइएको थियो।

You may also Like this

थप समाचार

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । चैत पहिलो साता लि ...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...