सडक भनेको विकासको खुड्किलो होः एमाले नेतृ जयन्ती राई

२०७३ असोज ८ गते १०:३२ मा प्रकाशित


पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मिएर सानै उमेर देखि नै कम्युनिस्ट आन्दोलनमा होमिएकी जयन्ती राई अहिले नेकपा एमालेकी केन्द्रीय सदस्य हुन् । यतिमात्र उनको परिचय काफी छैन, उनि अहिले भोजपुरबाट एमालेको तर्फबाट समानुपातिक सभासद हुन् । तीन दशक भन्दा बढी समय कम्युनिस्ट आन्दोनमा होमिएकी एमाले नेतृ जयन्ति राईसंग ktmkhabar.com का लागि रबि भट्टराईले गरेको कुराकानिको संपादित अंश :-

jayenti rai

स्वागत छ तपाईलाई ।

धन्यवाद ।

आरामै हुनुन्छ नि ?

एकदम ठिक छु अहिले ।

के मा व्यस्त हुनुन्छ नि ?

अहिले हाम्रो प्रदेश कमिटी भेलाहरु भैरहेको छ, गठन भैरहेको छ त्यही सन्दर्भमा र त्यसकाृे साथसाथै अखिल नेपाल महिला संघको पनि प्रदेश कमिटीहरु बनाई रहेका छौँ, प्रशिक्षण कार्यक्रमहरु गरिरहेका छौँ त्यसैको कार्यक्रमहरू भर्खरै सकाएर काठमाडौँ फर्केको छु ।

तमाईले राजनीति गरेको कति भयो नि ?

अहिले करिब करिब पैतिस छत्तिस वर्ष भैसक्यो होला, मैले स्कूलदेखि नै राजनीति सुरु गरेको हुँ । लगभग उमेरको हिसावले पनि अनि सानै उमेरदेखि राजनीतिमा होमिएकोले पनि ३५/३६ वर्ष भैसक्यो ।

भोजपुर पहाडी जिल्ला विकासको हिसावले पूर्वको कर्णाली भनेर चिनिन्थ्यो, अहिलेको अवस्था कस्तो छ ?

म त्यस्तो भन्ने पक्षमा छैन, तर हामी विकासको हिसावले पछाडि परेको कुरा सत्य हो । पूर्वको कर्णाली नै भन्न चैँ म रुचाउन्न किनकी म कर्णालीका पनि धेरै ठाउँहरू घुमेको छु त्यहाँका जिल्लाहरु भन्दा हाम्रो ठाउँ धेरै सम्भावना भएको मध्य नै हो । शिक्षाको हिसावले पनि, चेतनाको हिसावले र हरेका परिवर्तनमा भोजपुरे जनताले भूमिका निभाएको सुन्दा हेर्दा हामी पछि छैनौँ भन्ने गौरव लाग्छ तर विकासको हिसावले भर्खरै ढोकाहरु खुल्दैछन् ।

मैले फेरी जोडे त्यो समयमा कसरी राजनीति गर्ने आँट गर्नुभयो ?

त्यतिबेला पञ्चायत व्यवस्था थियो, एकदमै जनताले लागेका कुराहरुपनि स्वतन्त्र ढङ्गले बोल्न पनि नपाउने स्थिति थियो । पढ्नपनि नपाउने स्थिति थियो निरङ्कुस राजतन्त्र थियो । मलाई के लाग्थ्यो भने, यो व्यवस्थाको अन्त्यपछि सबै जनताले सबै किसिमको अधिकार पाउँछन् भन्ने किसिमको चेतना मलाई भयो त्यसैले म कम्युनिस्ट आन्दोलनमा होमिए, त्यसैले सबै किसिमको अधिकार जनताले पाउँछन् भने किन आन्दोलन नगर्ने भनेर नै पञ्चायति व्यवस्थाका विरुद्धमा लागियो ।

jayenti rai ktmkhabar rabi

तपाई महिला, त्यो पनि त्यति खेरको समाज, राजनीति गर्दै हिड्दा परिवारले साथ दिन्थ्यो ?

पहिला पहिला त धेरै ढाँटे, त्यतिखेर कस्तो थियो भने हामीले वल्लो–पल्लो गाउँ, वल्लोघर–पल्लोघर पनि ढाँटेरै हिड्नुपर्ने, त्यतिबेला राजनीति गर्नु धेरै कठिन थियो अफ्नै घर परिवारमा पनि राजाको जयजयकार गर्नुपर्ने, विरोध गर्न हुन्न भन्ने परिवार त्यो भन्दापनि कम्युनिस्ट हुन भनेको त्योबेला अराजक अराष्ट्रिय तत्व भनेर टाउकोको मूल्य तोकिन्थ्यो त्यो अवस्थामा परिवारले त्यस्तो बाटो जाओस त पक्कै भन्दैन थिए । त्यो कारणले गाह्रो थियो । तर म आफू परिवर्तनका लागि लड्ने कुरामा कन्भिन्स भैसकेपछि ढाँटेर होस या घरका सम्पूर्ण कामहरु चाँडै सकाएर बैठकहरुमा सामेल हुन्थे जे कुराले आमा बा खुशी हुनुहुन्छ त्यो काम चाँडै गरेर मिटिङहरुमा सामेल हुन्थे । छ सात घण्टाको बाटो थियो सदरमुकाम आउन शनिबार बजार लाग्थ्यो बजार आउने वाहनामा पार्टीका मिटिङहरु बसिन्थ्यो र फेरी बेलुका घर फर्किन्थ्यौँ ।

तपाई अहिले एमालेको सांसद हुनुहुन्छ त्यहाँदेखि यहाँसम्मको यात्रा गर्दा के गरेँ भन्ने लाग्छ ?

मैले गरेको काममा पछुतो छैन तर जसरी हामीमा जनताले आशा अपेक्षा राखेका थिए त्यो सबै पुरा भएका छैनन् तर केही थालनी भएका छन् र केही पुराहुने क्रममा होलान् र जति परिवर्तन भएका छन् त्यसमा गर्व गर्नुपर्छ तर साँच्चै अझै जनतालाई समुन्नत बनाउन सकिएको छैन त्यस कुरामा कुनै कुनै बेला पश्चाताम लाग्छ तर हामी लागिरहेका छौँ ।

भोजपुरको विकासमा अबको तपाईको भूमिका के ?

धेरै अगाडि विकास गर्न सकिने ठउँ हो तर बिडम्बना नै भन्नुपर्छ हुन सकेन पहिलेका जनताका प्रतिनिधि जो हुनुहुन्थ्थो त्यतिबेला समन्वय हुन सकेन जिल्ला बनाउनुपर्छ भन्ने खालको मत थियो तर एकखालको खिचातानि देखिन्थ्यो ।

jayenti rai uml netri

जिल्ला बनाउने भन्दा पनि आफू बन्नुपर्छ भनेर नेताहरु हिँडे भन्ने आरोप हो ?

त्यस्तो पनि हैन, तपाईहरु नै हेर्नुस् न मैले आफू त्यत्रो प्रगति गरेको देख्दिन । अन्य पार्टीमा पनि त्यस्तो आफ्नो प्रगति गर्ने मैले देख्दिन तर पार्टीगत स्वार्थ रहेर बिकास हुन नसकेको हो कि भन्ने लाग्छ । एउटाले कुरा उठायो भने अर्कोले काट्ने जस्ता प्रवृति, राम्रोकुरा छ भने पनि सहमत नहुने त्यो कमजोरी चाँही हिजोका लिडरहरुमा भयो तर आज त्यस्तो छैन सबै राजनीतिक दलका साथीहरुसँग छलफल हुन्छ फेरी हाम्रो जिल्ला त्यस्तो विकासका हिसावले असजिलो पनि छैन । त्यसैले अबका दिनमा विकासका कार्यहरु हुँदै जान्छन अहिलेपनि धुलेबाटो छ बाटो भनेको विकासको खुड्किलो हो । त्यसको बिस्तार हुन जरुरी छ कम्तिमा पनि धुले नै भएपनि बाटो गएको कारण त्यहाँका जनताले काठमाडौँको भाउमा नुन तेल खान पाएका छन् । अबका दिनमा क्याटागोरी छुट्टाएर नगरी नहुने कुराहरुको लिस्ट निकालेर काम थालियो भने धेरै कुर्न पर्दैन ।

भोजपुरका जनताले तपाईबाट के आश गर्ने ?

मैले भन्दापनि हामीले भन्नुपर्छ, त्यहाँ म महिला भएको नाताले त्यहाँ महिला दिदिबहिनीहरू सुत्केरी हुनेवेलामा अत्यन्तै पीडा मैले देखेको छु हस्पिटल त छ तर सबै सुबिधाहरु छैन फेरी विमानस्थल छ तर जहाजको आउने जाने समय गतिलो छैन त्यसैले त्यहाँ एउटा सुविधा सम्पन्न हस्पिटलको खाँचो छ कि ति बच्चा जन्माउन नसकेर मर्नु नपरोस, त्यस्तै शिक्ष स्वस्थ्य जस्ता अन्य क्षेत्रमा पनि सुधार गर्न जरुरी छ त्यसको लागि तपाई हामी सबै लाग्नु जरुरी छ र म त लाग्ने नै भए ।

यस्तो व्यस्त समयमा हामीलाई समय दिनुभयो धेरै धेरै धन्यवाद ?

केटिएम खवर टिमलाई, मलाई आफ्ना बिचारहरु राख्ने मौका दिनुभएकोमा धन्यबाद ।

एमाले नेतृ जयन्ति राईसंगको भिडियो कुराकानी हेर्नका लागि तल क्लिक गर्नुहोस्:-

You may also Like this

थप समाचार

जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्
जिदान भन्छन्, रोनाल्डोले रियल मड्रिड छोड्दैनन्

८ साउन । क्रिष्टियानो रोनाल्डो अबको दुईदेखि तीन वर्ष रियल मड्रिडमै रहने प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् । स्पेनिस क्लब र ...

२ अमेरिकी अखबारविरुद्ध राष्ट्रपति ट्रम्पले लगाए गम्भीर आरोप...
२ अमेरिकी अखबारविरुद्ध राष्ट्रपति ट्रम्पले लगाए गम्भीर आरोप...

८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका प्रमुख संचारमाध्यममाथि गम्भीर आरोप लगाएका छन् । उनले अमेरिकी अखबार &ls ...

माओवादी केन्द्रको प्रमुख एजेन्डाः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख
माओवादी केन्द्रको प्रमुख एजेन्डाः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

७ साउन । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने भएको छ । स्थानीय चुनावको समीक्ष ...

चार अर्ब बढीको शेयर कारोबार !
चार अर्ब बढीको शेयर कारोबार !

७ साउन, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको छ । कूल १६५ कम्पनीको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...