जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी

२०७४ भदौ ३० गते १६:१८ मा प्रकाशित


launch-mकाठमाडौं, भदौ ३० । उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि जवाफमा दक्षिण कोरियाले पनि निर्धारित् लक्ष्यमा दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।


उत्तरले गरेको परीक्षणको केही समयपश्चात् प्रतिक्रियास्वरुप दक्षिणले दुईओटा ‘ह्युन्मू–२’ नामक ब्यालेस्टिक मिसाइल निर्धारित् लक्ष्यमा सफलतापूर्वक प्रहार गरेको जोइन्ट चिफ्स अफ स्टाफको कार्यालयले बताएको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले उत्तर कोरियाले प्रहार गरेको मिसाइल हावामै रहँदा दक्षिण कोरियाले प्रतिक्रियास्वरुप दुईओटा ब्यालेस्टिक मिसाइल पूर्वी सामुद्रिक द्वीपमा प्रहार गरेर कडा जवाफ दिएको बताएको छ ।

उक्त मिसाइल २५० किलोमिटर पार गरेर सफलतापूर्वक निर्धारित् लक्ष्यमा पुगेको उल्लेख छ ।

उत्तर कोरियाले शुक्रबार सुनान जिल्लाबाट जापानतिर दोस्रोपटक हानिएको मिसाइल ७७० किलोमिटरको उचारसम्म पुगेको र झन्डै ३७०० किलोमिटर टाढा पुगेको दक्षिण कोरियाको सेनाले जनाएको छ । मिसाइल जापानको होकाइदो द्वीपलाई नाघेर गएको थियो ।

उत्तर कोरियाको परीक्षणलगत्तै जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तेजित बनाउने यस्तो कार्य उत्तर कोरियाले बन्द नगरे त्यसको दूष्परिणाम व्यहोर्नुपर्ने चेतावनी दिएका छन् ।

उनले यस्तो दुष्कार्य कुनै हालतमा पचाउन नसकिने भन्दै यही बाटो हिँडिरहे उत्तर कोरियाको भविष्य नरहने चेतावनी दिए ।

जापानले पनि आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।

त्यस्तै, अमेरिकी विदेशमन्त्री रेक्स टिलरर्सनले उत्तरको यो कार्यप्रति चीन र रुसले सही जवाफ दिनुपर्ने बताएका छन् ।

दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषदको आपत्कालीन बैठक पनि बोलाएको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध थप कडा नाकाबन्दी लगाएपछि जवाफमा यो परीक्षण गरेको बताइएको छ ।

सोमबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाविरुद्ध थप नाकाबन्दी लगाउने प्रस्ताव पारित गरेको थियो ।

आफ्नो अर्थतन्त्रमै असर पार्नेगरी लगाइएको नाकाबन्दीको विरोधमा कडा जवाफ दिने उत्तर कोरियाले जनाएको थियो । नाकाबन्दीको प्रस्ताव गर्ने अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी उत्तरले दिएको थियो ।

संयुक्त राष्ट्रसंघसहित विश्व समुदायले विरोध गर्दागर्दै पनि उत्तर कोरियाले सन् २००६ देखि नै निरन्तररुपमा आणविक क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । -एजेन्सी

You may also Like this

थप समाचार

मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह
मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह

काठमाडौं, असोज ३ । निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ ।  नेपा ...

निर्धक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा
निर्धक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा

काठमाडौं, भदौ ३१ । गृहमन्त्री जनार्दन शर्माले असोज २ गतेको चुनावमा ढुक्क भएर मतदान गर्न आव्हान गरेका छन् । सरकारले पर्याप्त श ...

जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी
जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी

काठमाडौं, भदौ ३० । उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि जवाफमा दक्षिण कोरियाले पनि निर्धारित् लक्ष्यमा दु ...

माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार
माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार

भदौ २९ । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १० गते हुने प्रदेश तथा संघको निर्वाचनमा मुगु जिल्लाबाट उठ्ने उम्मेदवारहरू ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...