जथाभाबी टाँगिएका तार व्यवस्थापनको काम सुरु

२०७४ बैशाख २३ गते १२:३४ मा प्रकाशित


wire-mangemen t२३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदूषण नियन्त्रणका लागि बिजुलीका खम्बामा जथाभाबी टाँगिएका तार व्यवस्थापनको काम सुरु गरेको छ ।

अहिलेसम्म त्रिपुरेश्वर, कमलादी र कमलपोखरीका खम्बाका अव्यवस्थित र भुइँमा छाडिएका तार व्यवस्थापन सुरु गरिएको कामपा, वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार तार व्यवस्थापनका क्रममा अहिलेसम्म कामपाले १५ ट्रक अव्यवस्थित तार निकालेर टेकुमा सङ्कलन गरिसकेको छ ।


यसरी जथाभाबी तार छरिएर रहँदा सहर कुरुप हुनाका साथै आगलागीको समस्यासमेत उत्पन्न हुने हुँदा कामपाले यस्तो अभियान सुरु गरेको हो । व्यवस्थापनकै क्रममा कामपाका प्रतिनिधिले अव्यिवस्थित रुपमा तार टाँग्ने इन्टरनेट सेवा प्रदायक केही कम्पनीलाई कारबाही गरेको छ ।

ती कम्पनीलाई कारबाहीस्वरुप र २०र२० हजार जरिवानासमेत गरिएकोे छ । जथाभाबी रुपमा सडकलाई कुरुप बनाउन खोज्ने अन्यलाई पनि कामपाले यस्तो नगर्न चेतावनी दिएको छ ।

पछिल्लो समय कामपाले नमिलेको तार मिलाउने र अनावश्यक काट्ने, र फाल्ने तथा सडकमा रहेको धुलो राती पानीले पखाल्नेजस्ता कार्यलाई तीव्र रुपमा अघि बढाएको छ । रासस

You may also Like this

थप समाचार

रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?
रक्सी पिएपछि अंग्रेजी किन बोल्छन् ?

रक्सी पिएपछि कहिल्यै अंग्रेजी नबोलेका मानिसले पनि फरर यो भाषा बोल्न थाल्छन् । अरू बेला फिटिक्कै नबोल्नेले एक्कासी अंग्रेजी ब ...

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...