गलत ठाउँमा पार्किङ गर्दा ३२ लाख जरिवानामा परेपछि...

२०७३ चैत्र २२ गते ११:२२ मा प्रकाशित


 

चैत २२ । बलमिच्याइँ गरी गलत ठाउँमा गाडी पार्किङ गर्नेहरुका लागि यो सबक बन्न सक्दछ । बेलायतमा एक महिला सवारी चालकले पटक पटक गलत ठाउँमा सवारी साधन पार्क गरेबापत एकमुष्ट २४ हजार ५ सय पाउण्ड अर्थात् झण्डै ३२ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

स्कटल्याण्डको डुन्डीमा २८ वर्षकी कार्ली म्याकीले आफ्नो गाडी गलत ठाउँमा पार्किङ गर्दा एक निजी कम्पनीले झण्डै २ सय पटक जरिवानाको रसीद थमाएको थियो । तर उनले स्कटल्याण्डमा प्राइभेट कम्पनीले लगाएको जरिवाना तिर्नु नपर्ने सोँचिन् ।

प्राइभेट कम्पनीले आफ्नो पार्किङ निषेधित क्षेत्रमा कार्लीले झण्डै २ सय पटक गैरकानूनी रुपमा गाडी पार्किंग गरेको भन्दै १६ महिनाको कुल १८ हजार ५ सय पाउण्डको बिल उनलाई थमाएको थियो । तर उनले उक्त रकम तिर्न अस्विकार गरेपछि भेहिकल कन्ट्रोल सर्भिस नामक कम्पनी अदालतमा गयो । अदालतले साँवा १८ हजार ५ सय र त्यसको ८ प्रतिशतका दरले हुन आउने ब्याज समेत गरी २४ हजार ५ सय पाउण्ड तिर्न कार्लीका नाममा आदेश दिएको हो । एजेन्सीउनको बलमिच्याइँको विरुद्धमा स्थानीय गैरन्यायिक निकाय शेरिफमा मुद्दा हालियो । शेरिफले कार्ली विरुद्ध फैसला गर्दै उनले एकमुष्ट २४ हजार ५ सय पाउण्ड जरिवाना तिर्नुपर्ने फैसला गरेको छ ।

You may also Like this

थप समाचार

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...