ढुक्क हुनुहोस अव लोडसेडिङ हुदैनः ऊर्जा मंत्री शर्मा (भिडियो कुराकानी)

२०७३ माघ १७ गते ११:१० मा प्रकाशित


काठमाडौँ । घण्टौँ लोडसेडिङ भएर हैरान भईरहेको वेला एकाएक दियो जस्तै बनेर उदाएका नेपाल सरकारका उर्जामन्त्री हुन जनार्दन शर्मा (प्रभाकर) । नेपालको पानी जनताको लगानी भन्ने मान्यतालाई आत्मसाथ गर्दै उर्जा क्षेत्रको विकाशबाट मात्र राष्ट्रको भाग्य र भबिष्य चम्कन सक्छ भन्ने विचार सगर्व प्रस्तुत गर्ने मन्त्री प्रभाकरसंग केटीएम खबर डट कमका लागि रवि भट्टराईले विशेष भिडियो संवाद गरेका छन् । प्रस्तुत छ सोही भिडियो संवादको सम्पादित अंशः

Janardan-sharma
मन्त्री ज्यु विशेष संवादमा यहाँलाई स्वागत छ
धन्यवाद ।
पहिले पनि मंत्रीहरु आउनु हुन्थ्यो तर घण्टौ लोडसेडिङ हुन्थ्या,े अहिले तपाईको नेतृत्वदायी भुमिकाले लोडसेडिङ अन्त्य भएको हो ?
पहिलेको कुरा मलाई थाहा छैन तर मैले आएर ईमान्दारी पुर्ण प्रयत्न गरे एउटा चुनौती खडा गरे र त्यो चुनौतीलाई सामना गर्ने प्रयत्न गरे र सोही अनुरुप मन्त्रालय र प्राधिकरणलाई सञ्चालन गरे त्यसको परिणम स्वरुप जनताले उज्यालो पाएको छ । जनता खुशी हुनु भनौन मेरो सामान्य प्रयासबाट जनताले सुुबिधा पाउनु नै मेरो लागि त्यही ठुलो कुरा हो ।
तपाई भन्दा अगाडि धेरै मन्त्रीहरुले यो मन्त्रालय सम्हालेका थिए तर तपाई आउँदा के पाँऊनु भयो, के कारणले उज्यालो रोकिएको रहेछ ?
मुख्य कुरा काम गर्ने ईच्छा शक्तिको कुरा हो । काम गर्नु पर्छ भन्ने इच्छा शक्ति भयो भने हामीसंग जे श्रोत छ त्यसैलाई नै सदुपयोग गर्ने र व्यवस्थापन गर्ने कुरा हो । यो ब्यवस्थापन गर्ने कुरा पनि हो । त्यही ब्यवस्थापन गर्न नसक्दा हिजो वा अन्य व्यवस्थापकिय कमजोरीहरुले हुन सक्छ काम नभई रहेको थियो । मैले आएर केही सुधार गर्नु पर्ने ठाऊँमा सुधार गर्ने र केही कारबाही गर्नु पर्ने ठाऊँमा कारबाही गर्ने, एउटा काम गर्ने वाताबरण मिलाऊने काम र जिम्मेवारी बाडफाड गर्ने काम गरेको हुनाले यो काम भएको हो र मैले विगतमा किन भएन भनेर चाहिँ भन्न सक्दिन ।
जो अन्धकार चाहान्थे उनिहरुले उज्यालो चाहेक थिएनन् भन्ने तपाईको भनाई हो ?
म लोडसेडिङको विरुद्धमा उज्यालो नेपाल निर्माण गर्न लागि रहेको छु, हाम्रो सरकारका सम्माननिय प्रधानमन्त्रीको निर्देशन पनि उज्यालो नेपाल निर्माण गर्न लागि रहेको छ र सोही अनुसार मन्त्रालयमा पहल गरिरहेको छु । उज्यालो नेपालको अभियान हो । यो केवल बत्ती बाल्ने मात्रै अभियान हैन, यो राष्ट्रलाई आत्मनिर्भर बनाउनको लागि ऊर्जा क्षेत्रको विकास त्यसको प्रयोग कसरी गर्ने भन्ने प्रश्न महत्वपुर्ण छ । यसको लागि मैले सैत्तिस बुदे कार्ययोजना बनाएको छु र त्यसैको आधारमा म अगाडी बढिरहेको छु र त्यसले अबको पचास देखि सय वर्षसम्मको समस्यालाई समाधान गर्ने सुरुवात गर्छ भन्ने विश्वास लिएको छु । र तत्काल नेपाली जनताको खुशीको लागि लोडसेडिङ अन्त्य गरेर यसको सुरुवात गरेको हुँ र यसो गरिरहँदा कतैबाट रोकावट विरोध आउनु हुदैन थियो कही कतै आयो भने पनि उहाँहरुले वुज्नुहुनेछ र सदाका लागि लोडसेडिङको अन्त्य तिर उहाँहरु लाग्नुहुनेछ ।
अबका दिनमा फेरी जनताले लोडसेडिङ भोग्नु पर्छ कि पर्दैन ?
मैले म मंत्री भएर आए पछि पत्रकार साथीहरुले सोध्नु भएको थियो, कति घण्टा लोडसेडिङ गर्नुहुन्छ भनेर, मैले भनेको थिए म घण्टामा लोडसेडिङ गर्न आएको हैन उज्यालो दिन आएको हुँ भनेर भनेको थिँए । मैले कहिल्यै लोडसेडिङ अन्त्यको घोषणा पनि गरिन र स्विच अन गर्दा बत्ति आयो भने बत्ती आएछ भन्ने वुज्नुहोला, छैन भने लोडसेडिङ बुझ्नु होला भनेर भन्ने गरेको छु र यो विषय घोषणा नै गर्नुपर्ने विषय पनि हैन ब्यवहारिक रुपमा हेर्दा लोडसेडिङको तालीका जनता सामु फर्किएर आउदैन मैले भन्ने कुरा यत्ती हो ।
दावाका साथ भनिरहँनु भएको हो ?
मैले भनिसके अब लोडसेडिङको तालीका जनताले हेर्नु पर्दैन, पछ्याऊनु पर्दैन । लोडसेडिङ हुदैन ।
प्रमुख शहर बाहेकका केहि ठऊँमा थोरै मात्रामा लोडसेडिङ अझै बाकि छ, अब यसलाई पुर्ण रुपमा अन्त्य चाँही कसरी गर्नु हुन्छ ?
अहिले देशको थोरै भागमा मात्र एक, दुई घण्टा लोडसेडिङ छ । काठमाण्डौ लगायत अन्य ठुला शहरमा लोडसेडिङ छैन र ती भएका ठाऊहरुमा पनि छिटो भन्दा छिटो अन्त्य गरिने छ र काठमाण्डौ लगाएतका मुख्य शहरहरुमा लोडसेडिङ हुने छैन ।
राजनीतिक परिघटणामा आउन चाँहे, अहिले राजनीति संकटमा छ यसलाई फुकाउन सरकार के गरि रहेको छ ?
हाम्रो प्रधानमन्त्री ज्युले भनिरहँनु भएको छ विषय बस्तुमा सहमती गरौँ, प्याकेजमा सहमती गरौँ नभए विधिमा सहमति गरौँ भनेर प्रधानमन्त्री ज्यु लागिरहनु भएको छ र अबको एक हप्ता भित्र सहमति होला आशा गरौँ तर सहमति भएन भने प्रक्रिया अगाडि बढ्छ । सरकारले स्थानिय निकाएको चुनाव घाषणा गर्छ । अहिले जुन हिसाबबाट साथीहरुले वखेडा झिक्न खोज्नुभएको छ त्यसले पाएका उपलब्धि पनि गुम्ने खतराहरु देखिन थालेका छन् र म सम्पुर्ण साथीहरुलाई सहमतिमा आउन अपिल पनि गर्दछु ।

janardan sharma with rabi bhattarai
मधेसवादी दलहरु संशोधन प्रस्तावको टेबल नगरी अगाडी नबढ्ने, एमाले टेबल गर्नै हुन्न भन्ने यो अबस्थामा सरकार के गरिरहेको छ ?
वार्ता संवाद गरिरहेको छ, वार्ता र संवाद कै माध्यमबाट सरकारले सहमतिको खोजि गरिरहेको छ । यदि यो भएन भने संसदमा टेबल गर्छ र प्रक्रियाबाट यसलाई अगाडी लैजान्छ ।
फेरि ऊर्जा मै जोडिन चाँहे, अवका दिनमा ऊर्जा क्षेत्रको विकासमा तपाईका नयाँ योजना केहि छन् ?
अहिले सरकारले जेनेरेसन कम्पनि निर्माण गरेको छ । प्रसारण कम्पनि निमार्ण गरेको छ । टे«ड कम्पनि निमार्णंको अन्तिम चरणमा छ । ईन्जिनेरिङ कम्पनि अन्तिम चरणमा छ । यस्ता नया संमरचना नेपाल सरकारले बनाएको छ । हामीसंग प्राधिकरण छ र यसलाई नै आधार बनाएर उर्जा उत्पादन गर्ने र यसलाई उद्योगिकरण गरेर समुन्नत नेपालको श्रृजना गर्ने तर्फ हामी जुटेका छौ । ऊर्जा क्षेत्रमा सबैको ध्यान केन्द्रीत हुनु पर्छ भन्नेमा हामी जुटेका छौँ ।
फेरि मैले सोधे, जो बत्ती चाहँदैन थिए ऊनीहरुलाई तपाईले निस्कासन गर्नु भयो तर अदालतबाट फेरी पुनर्बाहालिको स्टे अर्डर आएछ नि ?
अदालतको निर्णयको विषयमा म केही भन्न चाहन्न । मैले उहाँहरुले पदिय जिम्मेबारी भन्दा बाहिर गएर बैठक गरेर प्रधिकरणलाई बन्धि वनाउन खोज्नु भएको थियो । त्यसलाई मैले हुन नदिएर उहाँहरुलाई निस्कासन गर्ने निर्णय गरेको थिए । त्यो निर्णय जनताको पक्षमा छ र त्यसलाई कार्यन्वयन गरेर जाने हो । अदालतको विषयमा म बोल्न चाहन्न ।
मलाई बताइ दिनुहोस उज्यालो नचाहँने पनि ब्यक्तिहरु छन् प्राधिकरणमा ?
जनताले नै देखिरहेका छन् । म केहि भन्न चाहान्न ।
अव अन्त्यमा भनिदिनुहोस अव लोडसेडिङको चपेटाबाट साच्चै जनताले उन्मुक्ति पाएका हुन त ?
मैले भनि सके अब लोडसेडिङ हुदैन । तर एउटा अनुरोध छ जुन हामी साझ बिहान पिक आवर भन्छौ यो समयमा धेरै बत्ती खपत हुने साधन चाँहि प्रयोग नगरी दिनुहोस यो जनतालाई मेरो अनुरोध पनि हो ।
समय र सम्वादको लागि धन्यवाद ।
धन्यवाद ।

उर्जामन्त्री जनार्दन शर्मासंगको भिडियो कुराकानीलाई हेर्नका लागि तलको लिंकमा जानुहोसः

You may also Like this

थप समाचार

जिराभवानी गाउँपालिकामा एमालेले बाजी मार्यो

७ असोज । पर्साको जिराभवानी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेका उम्मेदवार विजयी भएका हु ...

दुई पूर्व सभासदलाई हराउँदै २८ वर्षे युवक बने पोखरीयाको मेयर
दुई पूर्व सभासदलाई हराउँदै २८ वर्षे युवक बने पोखरीयाको मेयर

७ असोज, पर्सा । पर्साको दोस्रो सदरमुकामको रूपमा चिनिने पोखरीया नगरपालिकाको मेयरमा दुईजना पूर्व सभासदलार्इ पराजित गर्दै जनता द ...

एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिन्छः अध्यक्ष दाहाल
एमाले अब मधेसबाटमात्र होइन, देशबाटै बढारिन्छः अध्यक्ष दाहाल

काठमाडौं, असोज ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीको जितलाई अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् । श ...

कांग्रेसको गढमा फोरमले बाजी मार्यो
कांग्रेसको गढमा फोरमले बाजी मार्यो

७ असोज । कांग्रेसको गढ मानिएको पर्साको सखुवा प्रसौनी गाउँपालिकामा फोरम नेपाल विजयी भएको छ । फोरम नेपाल प्रदिप कुमार जयसवाल १० ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...